निर्यात बढाउने पाम आयल वैधानिक तस्करीको माध्यम



काठमाडौं । भारत सरकारले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि यसको व्यापारमा संलग्न व्यापारीहरु यसलाई खुलाउन लबिङमा लागेका छन् ।

उनीहरुले मिडियादेखि सरकारी निकायसम्म अर्बौ लगानी डुब्न लागेको भन्दै लबिङ गरिरहेका छन् ।

भारतमा हुने कम भन्सार दरको फाइदा उठाउने व्यापारीको प्रचलन नौलौ होइन । सन् १९९० सम्म भारतमा कोटा प्रणाली थियो । त्यो बेलापनि नेपालको बाटो हुँदै कपडा भारततर्फ तस्करी हुन्थ्यो ।

सुन तस्करीको कथा सन् १९७० का दशकमा बन्ने हिन्दी फिल्मका कथाजस्तै अहिले पनि उस्तै अवस्था छ ।

नेपालमा उत्पादन नै नहुने पाम आयल सबैभन्दा बढी निर्यात हुने वस्तु, व्यापारीले वर्षदिनमा कमाए २ अर्ब

भारतले नेपाललाई दिने भन्साररहित बजार पहुँचको सुविधा निश्चित व्यापारीले मात्र उठाएका छन् । वनस्पतीको घिउको कथा अब इतिहास बन्यो । यस्तै अवस्था अब पाम आयलमा पनि हुँदैछ ।

भारततर्फ निर्यात व्यापार गर्न नेपाललाई धेरै नै कठिन छ । गैर भन्सार अवरोधहरु हाम्रा कृषि उपजले जहिले पनि भोग्नुपर्छ । यसमा कतिपय अवस्थामा फाइदा लिन खोज्ने व्यापारीले गर्दा यो समस्या आउने गरेको छ । नेपाली अदुवा भनेर चिनियाँ अदुवा ल्याएर बेच्ने होस् वा सुपारी नै किन नहोस् व्यापारीहरु भन्सार दरबाट फाइदा लिन जहिले पनि खोज्छन् ।

यस्तो धन्दा कहिले अवैधानिक रुपमा हुन्छ भने कहिले वैधानिक रुपमा हुन्छ । पाम आयल यस्तै वैधानिक तस्करीको एउटा स्वरुप हो ।

पाम आयलको आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको ३० अर्बको व्यापार प्रभावित

नेपालमा उत्पादन नै नहुने पाम आयल इन्डोनेसिया र मलेसियाबाट नेपालमा ल्यायो । सीमावर्ती क्षेत्रमा रहेको आफ्नो उद्योगबाट नेपालमा उत्पादन रहेको भनेर भारततर्फ निकासी गर्यो ।

पाम आयलजस्ता वस्तुको तथ्यांकले सरकारी अधिकारीलाई मख्ख पारेको हुन्छ । यो वर्षको ५ महिनामा नै निर्यात २६.९७ प्रतिशतले निर्यात बढेको भनेर सरकारी कर्मचारीदेखि मन्त्रीहरु आफ्नो सफलता सुनाउन लालायित नै छन् ।

पाम आयलले नेपाली अर्थतन्त्रमा केही रकमको राजस्व बाहेक अरु योगदान गर्दैन । यसबाट निर्यात बढ्यो भनेर रमाउनु र यस्ता उद्योगलाई प्रवद्र्धन गर्नु नेपालको औद्योगिक विकासको गतिलाई झन पछाडि धकेल्नु हो ।

भन्सार विभागको तथ्यांकलाई मान्ने हो भने ५ महिनामा १० करोड रुपैयाँको १४ करोड केजी पाम आयल आएको छ । नेपाल ल्याएर प्याकेजिङ गरेर ११ करोड किलो बराबरको साढे ११ अर्ब रुपैयाँको निर्यात भएको छ ।

वनस्पती घिउको नियती भोग्यो पाम आयलले, निर्यात वृद्धिको अल्पकालिन सफलतामा लाग्यो पूर्णविराम

यसले यो आयात गरेर बिक्री गर्दा व्यापारीलाई र सरकारलाई केही रकमको राजस्व बाहेक व्यापारघाटा घटाउन केही पनि फाइदा नभएको देखिन्छ ।

अहिलेको व्यापार प्रणालीमा सबै कच्चा पदार्थ त्यही देशमा उत्पादन हुन्छ भन्ने हुँदैन । उद्योगका लागि कच्चा पदार्थ बाहिरबाट नै ल्याउनुपर्ने हुन्छ । तर भ्यालु एड केही पनि न रोजगारी बढाउने उद्योगको फाइदा व्यापारीलाई मात्र हो ।

व्यापारीहरुको तस्करीको कथा पाम आयलमा मात्र सकिदैन । नेपालमा केही यस्ता व्यापारी छन् जसले पछिल्लो ३०/४० वर्षदेखि नै भारतको भन्सारदरको फाइदा उठाउने र त्यही सामानको आयात गर्ने र भारत पठाउने व्यापार गर्छन् । नेपालमा औद्योगिकरण हुन नसक्नुमा एउटा कारण यसरी अल्पकालिन रुपमा फाइदा उठाउने व्यापारी पनि हुन् ।

पाकिस्तानबाट अस्वभाविक रुपमा आयात बढ्यो, पाकिस्तानको छोकडा ल्याएर भारत निकासी

वैधानिक तस्करीको माध्यम अहिले पाम आयल मात्र होइन । भटमासको तेलमा पनि त्यही खेल चलेको छ । जसले गर्दा तेस्रो मुलुकबाट भटमास ल्याउने र भारतमा लगेर बिक्री गर्ने ।
नेपालमा वर्षेनी कति छोकडा खपत होला ? गत आर्थिक वर्षमा एकवर्षमा नआएको छोकडा यो वर्ष ३ महिनामै आइसकेको छ ।

कारण हो, भारतले पाकिस्तानबाट छोकडा आयात बन्द गर्नु । त्यसको फाइदा उठाउदै व्यापारीहरुले ५ महिनामा नेपालमा २ करोड किलो छोकडा आयात गरेका छन् ।

छोकडा आयातका लागि १ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ । यो वैधानिक रुपमा भारततर्फ निकासी हुँदैन । व्यापारीहरुले छोटी भन्सारबाट अवैधानिक तरिकाले भारतमा निकासी गर्छन् ।

यसको निकासी खोल्नको लागि सरकारले ठूलो लबिङ गर्न आवश्यक छैन ।

यस्ता उद्योगहरुबाट फाइदा नहुँने भएको हुँदा यस्ता खाले उद्योगलाई प्रोत्साहन दिनुको पनि आवश्यक्ता देखिएको छैन । भारतसँग हामीले हाम्रा उत्पादन निकासीमा हुने अवरोधलाई हटाउन ध्यान दिन जरुरी दिनुपर्छ ।

यस्ता उद्योगीले तत्कालको लागि लगानी डुब्ने ठूलो त्रास देखाएपनि वास्तविकता भने त्यस्तो हुँदैन । यस्ता उद्योगको भविष्य आज नभएपनि भोलि डुब्ने निश्चित नै थियो ।


क्लिकमान्डु