टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले पैसा बुझाउनै सकेनन्, सिल्भरले खोज्यो अर्को ग्राहक



काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने सम्झौता गरेका मलेसियाका नेपाली व्यापारी इन्द्रबहादुर थापाले सम्झौताअनुसार पैसा बुझाउन सकेका छैनन् ।

होटलको स्वामित्व रहेको सिल्भर हेरिटेज ग्रुप लिमिटेड कम्पनीका अनुसार थापाले अहिलेसम्म ‘इस्क्रो अकाउन्ट’ मा जम्मा गर्नुपर्ने ३० लाख अमेरिकी डलर अर्थात् करिब ३१ करोड नेपाली रुपैयाँ अझैसम्म बुझाएका छैनन् ।

नेपालमा नाम नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए ५ तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता

निर्धारित समयमा थापाले रकम नबुझाएपछि कम्पनीले अन्य खरिदकर्ताको खोजी सुरु गरेको जनाएको छ । झण्डै ४ अर्ब रुपैयाँमा बिक्री हुने भनिएको रिसोर्टमा जग्गा विवाद देखिएसँगै थापा बिच्किएको हुन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले भनेको छ, ‘इन्द्रबहादुर थापाले सम्झौता अनुसार बुझाउनुपर्ने इस्क्रो अकाउन्टमा ३० लाख अमेरिकी डलर सेप्टेम्बर १० सम्म बुझाएका छैनन, अब हामी नयाँ वैकल्पिक रणनीतिक लगानीकर्ता खोजीमा छौं ।’

यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

यद्यपि कम्पनीले थापासँग भने खरिदबिक्रीको प्रक्रिया अझै जारी राख्ने बताएको छ । कम्पनीले यसअघि पनि इस्क्रो अकाउन्टमा उक्त रकम जम्मा गर्नका लागि आपसी सहमतिमा समयसीमा थप गरी सेप्टेम्बर १० सम्ममा तोकेको थियो ।

कम्पनीले यसबीचमा विभिन्न समस्या सिर्जना भएको र उक्त समस्या दुबै पक्षका नभएको समेत उल्लेख गरेको छ ।

टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु !

रिसोर्ट बिक्रीको समाचारसँगै रिसोर्टले ओगटेको सार्वजनिक जग्गाको विवाद जिल्ला अदालत रुपन्देहीमा चुलिएको थियो । १० कठ्ठाभन्दा बढी जग्गा गैरकानूनी भएको थाहा पाएपछि थापा खरिद प्रक्रियाबाट पछाडि हटेको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारी जग्गा हडपेर टाइगर प्यालेस रिसोर्टले बनायो स्वीमिङ पुल र क्यासिनो

जिल्ला अदालत रुपन्देहीले सिल्भर हेरिटेज र टाइगर वान प्रालिको नाममा साविकको टिकुलीगढ–९ अन्तर्गतका ३८ वटा कित्ता र साविकको मधवलिया-५ ‘ख’ अन्तर्गतका ३ वटा कित्ताको जग्गामा निर्माण भएका संरचना हक हस्तान्तरण गर्न नपाउने गरी थपास्थितिमा राख्न आदेश दिएको थियो ।

टाइगर प्यालेस बिक्री रोक्का गर्न अदालतको आदेश, के गर्लान् इन्द्रबहादुर थापाले ?

होटलले कित्ता नम्बर १२०, १४८, १५२, १९० र ७३ को जग्गा मिचेर संरचना बनाएको छ । होटलले सार्वजनिक जग्गा हडपेर क्यासिनो र स्वीमिङ पुल बनाएको छ ।

टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुरले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने

थापाले टाइगर प्यालेस रिसोर्टबाहेक भैरहवामा निर्माणधिन अर्को होटल गौतम बुद्ध एयरपोर्ट होटल खरिदका लागि पनि चासो देखाएका थिए । त्यसका लागि थापाले ७२ लाखको चेक उक्त होटलका सञ्चारक डा. शिवभक्त पोखरेललाई दिएका थिए ।

तर चेक बाउन्स भए पछि पोखरेल रनभुल्लमा परेका छन् ।


पुष्प दुलाल