सरकारी जग्गा हडपेर टाइगर प्यालेस रिसोर्टले बनायो स्वीमिङ पुल र क्यासिनो



काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्टले सरकारी जग्गा हडपेर स्वीमिङ पुल र क्यासिनो निर्माण गरेको खुलेको छ ।

तत्कालिन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब १० कठ्ठा १८ धुर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको भन्दै रिसोर्ट विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा समेत परेको थियो ।

टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु !

भैरहवा लुम्बिनी भूमिगत जल सिँचाई परियोजना अन्तर्गत नलकुप उपभोक्ता संघका तर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले कम्पनी विरुद्ध सामूदायिक प्रयोगको सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काई सरकारी सम्पत्तिको संरक्षण गरिपाउँ भनि अदालतमा रिट दायर गरेका थिए ।

अदालतले गत असार २० गते सुनुवाई गर्दै रिसोर्टको संरचना तथा सम्पत्ति बिक्रीवितरण नगर्नु–नगराउनु भनी अन्तरकालित आदेश जारी गरेको थियो ।

नेपालमा नाम नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए ५ तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता

रुपन्देहीको साविक टिकुलीगढ ९ ‘घ’ (हाल तिलोत्तमा नगरपालिका-१३)स्थित नरहको (नलकुप)को कित्ता नम्बर १२०, १४८, १५२, १९० र कित्ता नम्बर ७३ को सरकारी जग्गामा कम्पाउन्ड लगाई होटलको संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा गरिएको थियो ।

घिमिरेका अनुसार सो सरकारी जग्गामा रिसोर्टले निर्माण गरेको स्वीमिङ पुल र क्यासिनोको केही भाग पर्दछ ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै तत्कालिन एक नम्बर इजलासका न्यायाधीश नरिश्वर भण्डारीले प्रतिवादीको नाममा ‘मुलुकी देवानी कार्यविधि संहिता २०७४’ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेका थिए ।

यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

जसमा बिक्रीका लागि प्रक्रिया सुरु गरेको कम्पनीले बिक्री गर्न नपाउने उल्लेख गरिएको घिमिरेले क्लिकमाण्डूसँग दाबी गरे ।

तर सिल्भर हेरिटेजले ९ अगस्ट २०१९ मा अष्ट्रेलियन स्टक एक्सचेञ्जमा बुझाएको पत्रमा सिल्भर हेरिटेजले कम्पनी र सहायक कम्पनीको स्वामित्वमा नरहेको बाहेकको जग्गा बिक्रीका लागि कुनै समस्या नभएको जनाएको छ ।

कम्पनीले उक्त नोटिसमा अन्तरकालिन आदेशले बिक्रीका लागि होटलको भवन, सञ्चालत तथा कानूनी प्रक्रियामा कुनै असर नगर्ने दाबी समेत गरेको छ । कम्पनीले अहिले आफ्नो तर्फबाट कानूनी प्रक्रिया अगाडि बढाएको समेत बताएको छ ।


पुष्प दुलाल