
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि महासचिव बलराम खतिवडाले प्यानल घोषणा गरेका छन् ।
वरिष्ठ उपाध्क्ष्यको लागि उम्मेदवारी घोषणा गर्दै खतिवडाले सदस्यसम्मको प्यानल सार्वजनिक गरेका हुन् ।
उनको प्यानलमा उपाध्यक्षका उम्मेदवारमा भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, दिपक पौडेल र महिला उपाध्यक्षमा सिर्जना खड्का छन् ।
इप्पानको महासचिवमा प्रकाश दुलालको उम्मेदवारी घोषणा भएको छ ।
सचिवहरूमा भने कृष्णप्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, बिरेन्द्रबहादुर मल्ल, महिला सचिवमा संगीता धमला र इशा श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ ।
यस्तै खतिवडा नेतृत्वको प्यानलले कोषाध्यक्षको उम्मेदवारका रुपमा मिथुन पौडेललाई अगाडि सार्दा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोष राज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी र सिए नारायण कँडेल, मुकुन्द ओझा, इन्दिरा पन्त र प्रदीप ओलीले उम्मेदवार घोषणा गरेका छन् ।
इप्पानको निर्वाचन जेठ २९ गते हुँदैछ । इप्पानको २४ औं बार्षिक साधारण सभाबाट हुने कार्य समितिको निर्वाचन हुन लागेको हो ।
इप्पानको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः हुनेछन् ।









प्रतिक्रिया