कमोडिटी मार्केटमा अनावश्यक चलखेल हुन नदिन यसो गरौं



हरेक ब्यापारिक कारोबारमा अनुशासनको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । कमोडिटी बजारको कारोबारको सन्दर्भमा त अनुशाशित हुन अझ धेरै आवश्यक छ । यही आवश्यकतालाई कमोडिटी बजारका सरोकारवालाहरुले आत्मसाथ गरेको पाइन्छ । बजारलाई अनुशासित पार्ने कुरो नियमन हो । हालमात्र आएर नेपाली कमोडिटी बजारको नियमान बन्ने तरखरमा छ । र, लागु हुने अवस्थामा छ ।

नियमनको दायरामा नहुँदा पनि हाम्रो कमोडिटी बजारले स्वयंमलाई अनुशासित राखेको थियो । किनभने विगतमा राज्यलाई बुझाउन पर्ने विभिन्न राजश्व वा करलाई स्वयंम निर्धारण गरेर स्वतह करको दायरामा ल्याएको उदाहरण भेटिन्छ । त्यसैगरी कर्पोरेट अनुपालनको उचित कार्यन्वयन गरिरहेको थियो ।

बस्तुबजारको कारोबारमा औजारको भूमिकामा रहेको टे«डिङ्ग सफ्टवेयरको उचित विकास गर्दै, समय समयमा नयाँ संस्करणहरु निकाल्दै आफ्ना लगानीकर्ताहरुलाई लाभान्वित गराउँदै आइरहेको पनि हामी महशुस गर्नसक्छौं । यसरी हेर्दा विश्व कमोडिटी बजार आधुनिकरणको धेरै हिस्सा नेपालका कमोडिटी बजारले पनि अनुशरण गरेको छ भन्दा अन्यथा नहोला । तथापि नियामक निकायको अभावको कारण विभिन्न गलत आरोपहरुको सामना यस बजारले गर्नु परेको देखिन्छ । प्रमाणहिन आरोपहरुको सामना बजारले गर्दै आउनु परेको छ । जुन अब चाँडै अन्त्य हुने आशामा सबै सरोकारवालाहरु छन् ।

अभिभाकीय भूमिकामा आउन लागेको नियामक निकायले यस्ता तथ्यहिन आरोपहरुलाई उचित सम्बोधन गर्ने छ भन्ने कुरामा बजार विश्वस्त छ । साथै लगानीकर्ताहरुको वास्तविक तथा उचित गुनासाहरुको पनि सम्बोधन हुने विश्वास गर्न सकिन्छ । बस्तु बजारको कारोबारमा सबै करारहरुमा मार्जिनको व्यवस्था हुने हुँदा यस्ता कारोबारहरु सबै लगानीकर्ताहरुलाई लगानी योग्य नहुन पनि सक्छ ।

तसर्थ यो लहडमा गरिने कारोबार होइन । विश्व अर्थतन्त्र, भूराजनैतिक प्रभाव, आपुर्तिको मात्रा आदिको प्रभावको प्रत्यक्ष असर यस बजारको मूल्यमा पर्ने हुँदा, पूर्णअध्ययनको आवश्यकता लगानीकर्ताहरुलाई पर्छ । मार्जिन कारोबारको राम्रो पक्ष भनेको नै थोरै लगानीमा ठूलो कारोबारको पहुँच प्राप्त गर्नु हो । यस्तै उल्लेखित कारणहरुको कारण नै यस्तो कारोबार सबै लगानीकर्ताहरुलाई उपयुक्त नहुन सक्छ । सामान्य अर्थमा भन्दा आफ्नो कारोबारको जोखिम पूर्णरुपमा आफैं व्यवस्था गर्न सक्ने कारोवारीहरुको लागि मात्र यो बजार लाभदायक सावित हुनसक्छ ।

अत्यमा बस्तु बजारको प्रमुख फाइदा भनेको यसले बस्तुहरुको मूल्य निर्धारण माग र आपुर्तिको सिद्दान्त अनुसार गर्छ । विश्व अर्थतन्त्र जोखिमा रहेको बेला यस बजारको कारोबारद्धारा लगानीकर्ताहरुले आफूलार्इृ सुरक्षित राख्न सक्छन् । भविष्यमा हुन सक्ने मूल्य वृद्धि बाट बच्न सकिन्छ । न्यून मार्जिनमा कारोबार गर्न सकिन्छ । मुद्रास्फिति बाट सुरक्षित हुन सकिन्छ । यस बजारको मूल्य विश्व अर्थतन्त्र, राजनिती तथा अन्य प्राविधिक कारण बाट हुने हुँदा यो बजारमा अनावश्यक चलखेल हुन सक्दैन ।

लेखक पुडासैनी क्यापिटल मार्केट विश्लेषक हुन् ।


पुष्प दुलाल