
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ घोषणा सम्बन्धी निर्णयमा ९० दिनको रोक लगाएका छन् । यसपछि एशिया-प्रशान्त क्षेत्रका सेयर बजारहरू बिहीबार वृद्धि सहित खुलेका छन् ।
जापान, दक्षिण कोरिया र अष्ट्रेलियाका सेयर बजारहरूको सुरुवाती कारोबारमा उछाल देखिएको छ ।
जापानको निक्केई २२५ सूचकांकमा ८ प्रतिशतभन्दा बढीको सुरुवाती वृद्धि देखिएको छ भने दक्षिण कोरियाको कोस्पी सूचकांक र अष्ट्रेलियाको एएसएक्स २०० मा करिब ५ प्रतिशतको वृद्धि भएको छ ।
यसअघि, बुधबार ट्रम्पले अधिकांश देशहरूका लागि ट्यारिफमा ९० दिनको ‘रोक’को घोषणा गरेपछि अमेरिकी सेयर बजारमा समेत उछाल आएको थियो ।
अमेरिकी सेयर सूचकांकहरूमा, एसएन्डपी ५०० मा ९.५ प्रतिशत, नास्डाकमा १२.२ प्रतिशत र डाउ जोन्समा ७.९ प्रतिशतको उछाल आएको थियो ।
जानकारीका लागि उल्लेखनीय छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा ट्यारिफ बढाएर १२५ प्रतिशत पुर्याएका छन् भने बाँकी देशहरूको लागि उनले उच्च ट्यारिफमा ९० दिनको ‘रोक’ दिने निर्णय गरेका छन् ।







प्रतिक्रिया