
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्रको पक्षधरहरुको आलोचना गर्दै संवैधानिक राजाको एजेन्डा अघि सारेर देशको समय खेर नफाल्न आग्रह गरेका छन् ।
बिहीबार कांग्रेसको दोस्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाल स्मरण गर्दै जति सफा पारेर देखाए पनि ज्ञानेन्द्र शाहलाई राजा बनाउन नसकिने बताए ।
‘जति नै सफा पारेर देखाए पनि ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बनाउन सकिँदैन । निर्मल निवासमै हुँदा उनले जुन प्रकारको उत्पात मच्चाए, त्यसपछि त नारायणहिटी पुगेको भए के गर्थे होला?’ उनले भने।
थापाले राजाविरुद्ध किताब लेख्ने नवराज सुवेदीलाई राजावादी अभियानको अगुवा बनाइएको बताए ।
उनले लोकतान्त्रिक मूल्य–मान्यता र गणतान्त्रिक व्यवस्थाबाटै अघि बढ्नुपर्ने बताए ।
देश जनताले चुनेका प्रतिनिधिमार्फत चल्नु पर्ने बताए ।







प्रतिक्रिया