
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार दुई सय र चाँदी ३३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख आठ सय रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया