
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले २०८३/८४ को बजेट सार्वजनिक पछिको विश्लेषण तथा मौद्रिक नीति अघिको छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
बजेटको प्रभावकारी कार्यसम्पादन र सन्तुलित मौद्रिक नीति मार्फत नतिजामूखी आर्थिक विकासमा जोड नारा दिइएको कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित रहेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा आर्थित नीति, संरचनात्मक सुधार र स्रोत परिचालन विषयमा छलफल भएको थियो जसमा संघका सदस्य जिवन कुमार कटुलालले स्वागत मन्तव्य राखेका थिए ।
संघका द्वितीय उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेको कार्यक्रममा पूर्व अर्थमन्त्रीहरू डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र प्रतिनिधि सभा सदस्य लीमा अधिकारीले प्यानलमा सहभागी भई आफ्ना सुझावहरू राखेका थिए ।
त्यसैगरी, आगामी मौद्रिक नीतिको दिशा र दृष्टिकोण नाम दिईएको दोश्रो सत्रमा संघका महासचिव ईन्द्र कुमार श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रपछि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा र पूर्व बैंकर अनलराज भट्टराईले आआफ्ना सुझाव राखेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै संघका अध्यक्ष हेमा कुमारी अधिकारीले प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरू तथा सहभागीहरूबाट संकलित सुझावहरू सबैलाई समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक निर्माणको लागि संकलित सुझावहरू नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई बुझाइने जानकारी दिए ।
नेपाल व्यवस्थापन संघले सरकारले मौद्रिक नीति सार्वजनिक हुनुपूर्व यो कार्यक्रम गर्दै आएको छ ।
सरकार तथा नेपाल राष्ट्र बैंकलाई सबै सरोकारवालाहरूको सल्लाह, सुुझाव पुर्याई एउटा प्रभावकारी मौद्रिक नीति ल्याउन मद्धत पुर्याउने हेतुले आयोजना गरिएको यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको संघले जनाएको छ ।









प्रतिक्रिया