आफ्ना नागरिकलाई चीनको चेतावनी: अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउनू

490
Shares

एजेन्सी । अमेरिकासँग बढ्दो व्यापारिक युद्धबीच चीनले आफ्ना नागरिकलाई अमेरिकाको यात्रा गर्नुअघि सावधानी अपनाउन चेतावनी जारी गरेको छ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको छ । उक्त परामर्शमा मन्त्रालयले आफ्ना नागरिकहरूलाई ‘सावधानीपूर्वक यात्रा गर्न’, अमेरिका जानुअघि ‘जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न’ र ‘सोचविचार गरेर यात्रा गर्न’ सुझाव दिएको छ।

यसमा ‘चीन-अमेरिका आर्थिक तथा व्यापार सम्बन्धमा आएको गिरावट र संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षा अवस्था’ लाई कारण दिइएको छ।

यता, चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गर्दै अमेरिका पढ्न जान चाहने विद्यार्थीहरूलाई ‘सुरक्षा जोखिमको मूल्याङ्कन’ गर्न आग्रह गरेको छ ।

पछिल्लो समयम चीन र अमेरिका ट्यारिफ(कर) को विषयमा आमनेसामने छन्। चीनले अमेरिकी वस्तुहरूमा ८४ प्रतिशत ट्यारिफ घोषणा गरेको छ भने अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा १२५ प्रतिशत ट्यारिफ लगाएका छन् ।