मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा


काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे ।

इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए ।

इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।