
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा शनिवार साँझ सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा मशाल जुलुस प्रदर्शन भयो । त्यसक्रममा ‘नो केबलकार’ समूहले प्रहरीमाथि ढुंगामुढा मात्र गरेनन् सर्वसाधरणको घरमा बलिरहेको मसला फाले । प्रहरीले त्यस्तो कार्यमा संलग्न भएको भन्दै नो केबलकार समूहका १५ जनालाई नियन्त्रणमा लियो ।
पक्राउ पर्ने मध्ये एकजना स्थानीय र बाँकी १४ जना ताप्लेजुङ बाहिरका रहेको पाइएको छ । यसले नो केबलकार आन्दोलनमा जिल्ला बाहिरका (टुरिष्ट) प्रदर्शनकारीको बाहुल्यता रहेको पुष्टी भएको ताप्लेजुङ प्रहरीको भनाइ छ ।
माघ १२ गते काफ्लेपाटीमा भएको सुरक्षाकर्मीसँगको पहिलो झडपमा पनि सुरक्षाकर्मीको गोली लागेर घाइते हुने पाँचथर र तेह्रथुमवासी थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको नामावली अनुसार पक्राउ पर्नेमा चारजना महिला छन् । ताप्लेजुङको आठराई त्रिवेणी १ घर भएका ४५ वर्षीय नवीन पोमु, पाँचथर फिदिम नगरपालिका ११ का २२ वर्षीय एमन राई, फालेलुङ ८ घर भई हाल फिदिम वडा नं १ वस्ने ४० वर्षीय सुनिता केरुङ, हिलिहाङ ६ घर भई हाल झापा अर्जुनधार वस्ने ४८ वर्षीय मित्र लिङदेन, मिक्लाजुङ ५ घर भई इलामा ७ वस्ने ५१ वर्षीय योगेन्द्र लावती, आठराई ७ तेह्रथुम घर भएर हाल झापाको अर्जुनधारा ११ वस्ने ३० वर्षकी दीक्षा भन्ने निर्मला वराल दर्नाल पक्राउ परेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको शिवसतासी नगरापालिका २ का २० वर्षीय ईक्सा लिम्बु, झापाकै अर्जुनधारी ४ की २१ वर्षीय निहा चेम्जुङ, इटहरी उपमहानगर ३ सुनसरीका २३ वर्षीय विवेक लिम्बु, त्यहीका १९ वर्षीय जुरन राई इटहरी २ का ३२ वर्षीय अर्जुन भन्ने बिर्खवहादुर तामाङ, इटहरी २० का ३२ वर्षीय अनुप सुब्बा र इटहरी १० का १९ वर्षीय विशेष सुब्बा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी ग्रामथान ६ मोरङ घर भएर मोरङकै सुन्दरहरैचा नगरपालिका १० वस्ने ५८ वर्षीय तुलाराम तामाङ, उर्लावारी नगरपालिका १ मोरङका ३९ वर्षीय हरि लिम्बु पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मुलुकी अराध संघिता २०७४ को दफा ६३ बमोजिम हुलदङगा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजिम अपराधिक उपद्रो गर्न नहुने कसुरमा मुलुकी फौजदारी र्काविधि संहिता २०७४ को दफा १४ वमोजिम जिल्ला अदालतवाटा सात दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
शनिवार साँझ नो केवालकार समूहले सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा मसाल जुलुस निकाल्ने क्रममा प्रर्दशनकारीले आगोको मसाल सर्वसाधारणको घरमा फ्यालेपछि सुरक्षाकर्मीसँग झडप हुँदा ११ प्रहरी र १२ जना प्रर्दशनकारी घाइते भएका थिए । घाइते मध्ये एक प्रहरी र तीन प्रर्दशनकारीको उपचार भइरहेको छ ।
नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्रामा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालका नेता एवं पूर्वमन्त्री रकम चेम्जोङ कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषदका अध्यक्ष तथा पाथीभरा केबलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका राम मादेन, किराँत यक्थुङ चुम्लुङका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम याक्तेन लगायतले बिहीबार सहभागीता जनाउँदै उक्साएपछि ताप्लेजुङ थप अशान्त बनेको सुरक्षा समितिको भनाइ छ ।
उनीहरुको उक्साहट लगत्तै आन्दोलनरत पक्ष केबलकार निमार्ण स्थल तल्लोफेदी काफ्लेपाटीदेखि करिब एक किलोमिट पूर्वदक्षिण डडेलेमा पुगेर सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगा हान्न थालेपछि दोहोरो झडप भएको थियो ।
त्यसक्रममा ११ जना सुरक्षाकर्मी र एक प्रर्दशनकारी घाइते भए । घाइतेको उद्धार गर्न सदरमुकाम फुङलिङबाट गएको गाडीलाई प्रर्दशनकारीले बाटैमा तोडफोड गरेर त्यसका चालक राजकुमार पौडेललाई कुटपिट गरे ।
नो केबलकार समूहको आन्दोलनमा प्रदेश १ पुन नामाकरण अभियानका संयोजक डकेन्द्रसिंह थेगिम, मुक्कुम्लुङ सयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बु, फेम्बु, किराँत याक्थुङ चुम्लुङ संघीय समितिका प्रेम यक्तेन, नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष गोल्जे शेर्पा, राष्ट्रिय आदीवासी जनजाती महासंघका डिमी शेर्पा, याक्थुङ युवा मञ्चका राजेन्द्र इघिङगो, याक्थुङ चोम्जुङ सङजुम्भोका किरणकुमार सिंगु, याक्थुङ मन्चइत चोकसयङका सागर केरुङ र लिम्बु विद्यार्थी मञ्चका प्रदिप नेयोङ र लिम्बु थरगत सस्था याक्युङ सयङ सहजीकण समुहका संयोजक नन्द कन्दङवा लगायतको सहभागीता छन् । ति मध्ये श्रीप्रसाद लिम्बु र खगेन्द्र फेम्बु ताप्लेजुङवासी हुन भने अरु जिल्ला बाहिरका भएको ताप्लेजुङ सुरक्षा स्रोतको दाबी छ ।
नो केबलकार समूह चार दिनसम्म तल्लोफेदी काफ्लेपाटीमा प्रदर्शनगरी शनिबार सुदरमुकाम फुङलिङ झरेर मसाल जुलुस निकाल्ने नाममा सर्वसाधारणको घरमा मसाल फालेपछि झडप भएको थियो ।
त्यसपछि अहिले फुङलिङसहित काफ्लेपाटी तल्लोफेदी र वालुडाँडमा स्थानीय प्रशासनले निषेधज्ञा जारी गरेको छ ।







प्रतिक्रिया