सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना (तस्बिरहरु)



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । चार चिनियाँसहित ५ जनाले विमान दुर्घटनामा ज्यान गुमाए । हेलिकप्टर रुखमा ठोक्किएर आगो लागेको पाइएको छ ।

काठमाडौं विमानस्थलबाट उडेको ३ मिनेटमै हेलिकप्टरसँगको सम्पर्क विच्छेद भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ३ मिनेटपछि काठमाडौंको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दुर्घटनामा परेको पष्टी भएको प्राधिकरणले जनाएको हो ।

सम्बन्धित समाचार

लुक्लामा १६ वर्षअघि हेलि दुर्घटनामा बाँचेका क्याप्टेल मल्ल माओवादी अपहरणमा पनि परेका थिए
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु