लुक्लामा ११ वर्षअघि हेलि दुर्घटनामा बाँचेका क्याप्टेल मल्ल माओवादी अपहरणमा पनि परेका थिए



काठमाडौं । बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरूण मल्ल ११ वर्षअघि पनि दुर्घटनामा परेको पाइएको छ । क्याप्टेन मल्ल २०७० असोज १० सोलुखुम्बुको लुक्लामा भएको दुर्घटना परेका थिए ।

सो दुर्घटनामा एयर डाइनेस्टी हेलिसर्भिसेसको हेलिकोप्टरका चालक क्याप्टेन मल्लसहित ३ यात्रु सवार थिए ।

डाइनेस्टीको ९एन–एइएक्स (एएस–३५०) हेलिकप्टर अवतरणका क्रममा बिहान ८:२० बजे दुर्घटनामा परेका थिए ।

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ०७:२८ बजे सोलुखुम्बुका लागि उडान भरेको सो हेलिकप्टरमा तीन यात्रु सवार थिए।

त्यतिबेला अवतरणका क्रममा तारमा ठोक्किएर डाइनेस्टीको हेलिकप्टर लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो ।
अवतरण गर्न खोज्दा विमानस्थल वरपर बारिएको तारमा ठोक्किएको थियो ।

क्याप्टेन एन्डी थापाका अनुसार मल्ल साहसी पाइलट थिए । थापा भन्छन्, ‘लुक्ला दुर्घटनामा सर्भाइभ भएको पाइलट हुनुहुन्छ । सो दुर्घटना फेटल थिएन । अहिले उहाँको बिडम्बनापूर्वक निधन भयो ।’

बुधबार नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेन मल्लसहित ५ जनाको निधन भएको छ । हेलिकप्टरमा चार चिनियाँ यात्रु सवार थिए ।

लुक्लामा दुर्घटनामा पर्नुअघि मल्लले उडाएको हेलिकप्टरलाई तत्कालीन समयमा जनयुद्धमा रहेको माओवादीले अपहरण समेत गरेको थियो ।

डाएनेस्टी एयरका अपरेसन डाइरेक्टर बालकृष्ण पण्डितका अनुसार क्याप्टेन मल्ल ‘वान अफ सिनियर एन्ड ब्रेभ पाइलट’ (वरिष्ठ र सहासी) थिए । पण्डितले भने, ‘उहाँ धेरै अनुभवी हुनुहुन्थ्यो । ३५ वर्ष भन्दा बढी हेलिकप्टर उडाइ सक्नुभएको छ ।’

दिवंगत क्याप्टेन मल्लका परिवारमा श्रीमती र दुई छोरी छन् ।

सम्बन्धित समाचार

हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


राजु बास्कोटा