
काठमाडौं । अब सेयर लगानीकर्ताले बैंक खातामा रकम भएमात्रै सेयर किन्न पाउने भएको छन् । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने घोषणा गरेको हो ।
‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै धितोपत्रको प्राथमिक निष्काशन (आईपीओ)मा आवेदन दिनसाथ बैंक खाताको रकम रोक्का हुने व्यवस्था गर्ने भएको छ । बोर्डले नीति तथा कार्यक्रमा आईपीओमा आवेदन दिँदा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङबाट ‘एपीआई’ लिए आवेदकको आवेदन तत्कालै ‘सिस्टम भेरीफिलकेसन’ भई, आवेदन रकम रोक्का हुने तथा सोही अनुसार धितोपत्र बाँडफाट पश्चात फुकुवा हुने व्यवस्था गर्ने घोषणा गरेको हो ।
धितोपत्र बजारको प्रणालीगत जोखिम न्यूनिकरण गर्दै लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जनविश्वास बढाउन उक्त व्यवस्था गर्न लागिको बोर्डले उल्लेख गरेको छ ।
यस्तै इक्यूटी डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउनुका साथै कारोबार व्यवस्था मिलाउन सहजीकरण गर्ने घोषणा गरेको हो । बोर्डले मर्चेण्ट बैंकर, धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, सूचीकृत संगिठत संस्थाहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा लागू गर्ने भएको छ ।
जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने नीति तथा कार्यक्रम घोषणा गरेको छ । लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि आवश्यक समन्वयात्मक कार्य गर्ने, सूचीकृत कम्पनीहरू वर्गीकरण व्यवस्थालाई सुधार गरी समसामयिक बनाउन विद्यमान कानूनी व्यवस्थालाई सुधार गर्न आवश्यक व्यवस्था गर्ने घोषणा बोर्डले गरेको हो ।
चालु आर्थिक वर्षमा सार्वजनिक निष्काशन गरी संकलन गरिएको रकम निष्काशनको उद्देश्य बमोजिम परिचालन भए नभएको सम्बन्धमा अनुगमन सुरु गर्ने घोषणा गरेको छ । बोर्डले धितोपत्र कारोबार गर्दा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण व्याकअपको प्रभावकारी व्यवस्था भए नभएको सम्बन्धी अनुगमनको व्यवस्था गर्जे भएको हो ।








प्रतिक्रिया