धितोपत्र बोर्डको नीति तथा कार्यक्रम

नेप्सेको पुँजी बढाउने, आईपीओ जारी गर्ने

224
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुँजी बढाउने घोषणा गरेको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।

बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली संशोधन गरी धितोपत्र बजार सञ्चालकको चुक्ता पुँजीमा एकरूपता कायम गर्ने घोषणा गरेको हो । नेपाल सरकारले बोर्डले २०७९ भदौमा स्वीकृत गरेको धितोपत्र बजार सञ्चालन नियमावली मार्फत धितोपत्र बजारको चुक्ता पुँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने उद्देश्यसहित उक्त नियमावली संशोधन गरी पुँजी ३ अर्ब रुपैयाँ पुर्याइएको थियो । तर, सोही नियमावलीमा उक्त नियम प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको धितोपत्र बजारलाई चुक्ता पूँजी ३ अर्ब पुर्याउन अनिवार्य नहुने व्यवस्था गरेको थियो ।

तर, त्यसको करिब ३ वर्ष पछि धितोपत्र बोर्डले नीति तथा कार्यक्रममा नै धितोपत्र बजार सञ्चालन नियमावली संशोधन मार्फत धितोपत्र बजार सञ्चालकको पुँजीमा एकरुपता कायम गर्ने घोषणा गरेको हो ।

बोर्डले नेप्सेको पुँजीवृद्धिसँगै आईपीओ जारी गर्नुपर्ने व्यवस्था गर्ने समेत घोषणा गरेको छ । ‘धितोपत्र बजार संचालन नियमावलीमा संसोधन गरी धितोपत्र बजार सञ्चालकको चुक्ता पुँजीमा एकरूपता कायम गर्ने तथा प्राथमिक निष्काशनको व्यवस्था समेत गर्ने,’ आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ ।

२०७९ भदौमा नै संशोन भएको नियमावलीमा धितोपत्र बजार सञ्चालनमा आएको २ वर्षभित्र जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्कानस गर्नुपर्ने व्यवस्था भएको थियो । तर, संशोधित नियमावली कार्यान्वयन हुँदा सञ्चालनमा रहेको धितोपत्र बजार अथात् नेप्सेले भने आईपीओ जारी गर्नुपर्ने व्यवस्था अनिवार्य थियो ।

नयाँ स्टक एक्सेचेञ्जको लाइसेन्स दिन लिक्षत गर्दै नियमावली संशोधन भएको ३ वर्षमा पनि बोर्डले आवेदन मागेर लाइसेन्स दिन सकेको छैन । तर, ३ वर्षपछि बोर्डलेलाई पुँजी बढाउनुपर्ने र आईपीओ जारी गर्नुपर्ने ब्यवस्था गर्ने घोषणा गरेको छ । बोर्डले नीति तथा कार्यक्रममा नेप्से र सिडीएस एण्ड क्लियरिङको पुनरसंरचना गर्ने घोषणा गरेको हो ।

Skip This