चन्द्र ढकालको नेतृत्वमा देशकै ठूलो बन्यो ग्लोबल आईएमई बैंक, यस्ता छन् वित्तीय सूचक



काठमाडौं । स्थापनाको १८ वर्ष पार गरेको ग्लोबल आईएमई बैंक चन्द्र ढकालको नेतृत्वमा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढेको छ । पुँजी, वित्तीय सेवा, ग्राहकको संख्या, शाखा सञ्जाल र प्रभावकारिताका हिसाबले अब्बल र सफल बैंक वित्तीय परिसूचकमा पनि अगाडि छ ।

व्यावसायिक उतारचढाव र विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै बनेको ग्लोबल आईएमई बैंक देशकै ठूलो र बिजनेसमा पनि अग्रस्थानमा रहन सफल भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
अब कुुरा गरौं, ग्लोबल आईएमई बैंक वित्तीय सूचकका आधारमा पनि कति अब्बल छ भन्ने ।

ग्लोबल आईएमई देशकै ठूलो ब्यालेन्स सिट भएको बैंक हो । बैंकको वासलातको आकार ७ खर्ब २७ अर्बको रहेको छ । जुन दोस्रो ठूलो ब्यालेन्स सिट भएको नबिल बैंकभन्दा ४३ अर्ब बढी हो ।

यता निक्षेपमा पनि सबैभन्दा अगाडि रहेको बैंक ग्लोबल नै हो । २०० असार मसान्तमा ५ खर्ब ४ अर्ब निक्षेप भएको बैंकको २०१ असोजसम्म आइपुुग्दा ५ खर्ब २९ अर्ब रुपैयाँ कायम भएको छ ।

सर्वाधिक रकमले १५ महिनाका अन्तरमा निक्षेप बढाउने बैंकको सूचीमा ग्लोबल आईएमई चौथो र निक्षेप वृद्धिदरका आधारमा छैठौं नम्बरमा आउँछ ।

यता कर्जा प्रवाहमा १५ महिना अघि दोस्रो स्थानमा रहेको बैंक हाल शीर्ष स्थानमा उक्लिएको छ । बैंकले २०० असारसम्म प्रवाह भएको ३ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको कर्जाको आकार हाल ४ खर्ब १० अर्ब पुर्याएको छ । १ वर्षको अन्तरमा करिब २ अर्ब रुपैयाँले कर्जा विस्तार गर्ने ग्लोबल आईएमई एक्लो बैंक हो । कर्जा प्रवाहको आधारमा दास्रो स्थानमा नबिल आउँदा भने १५ महिनाका अन्तरमा दोस्रो धेरै कर्जा प्रवाह गर्ने बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हो ।

यसरी कुल ९ खर्ब ४० अर्बको बिजेनस गरेर ग्लोबल आईएमई बैंक देशमै ठूलो बिजनेस आकार भएको बैंक बनेको छ ।
यति ठूलो बिजनेस आकार भएको बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ११ अर्ब ६६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । पहिलो त्रैमासको तथ्यांकअनुसार ब्याज आम्दानीमा शीर्ष स्थानमा रहेको बैंक ग्लोबल आईएमई नै हो । तर खर्च केही बढी हुँदा खुद ब्याज आम्दानीमा भने नबिल बैंकभन्दा थोरै पछि परेको छ । नबिलको खुद ब्याज आम्दानी ४ अर्ब १४ करोड हुँदा ग्लोबलको ३ करोड कम छ ।

यता बैंक गैरब्याज आम्दानीमा पनि दोस्रो स्थानमा छ । ३ महिनामा बैंकको यस्तो आम्दानी १ अर्ब ३१ करोड रहेको छ ।

शाखा सञ्जाल ठूलो, धेरै कर्मचारी, चुस्त दुरुस्त प्रशासन र प्रविधिका निमित्त खर्च बढी हुने भएकाले बैंकको कुल खर्च र अन्य सञ्चालन खर्च वाणिज्य बैंकहरुमध्ये दोस्रो बढी रहेको छ । यद्यपि बैंकको सञ्चालन नाफा पनि वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै हो।

पहिलो त्रैमासको तथ्यांकअनुसार बैंकको यस अवधिको अन्य सञ्चालन खर्च १ अर्ब ३ करोड र कुल खर्च १ अर्ब ९७ करोड रहेको थियो । साथै बैंकको सञ्चालन नाफा इन्डस्ट्रीकै दोस्रो बढी २ अर्ब ३९ करोढ रहेको छ ।

यो सञ्चालन नाफामा कर र डिप्रिसिएसन घटाएर बाँकी रहेको खुद नाफा १ अर्ब ५१ करोड रहेको छ । यो नाफा गत आवको सोही अवधिको १ अर्ब २३ करोडभन्दा २८ करोड अर्थात् २३.३६ प्रतिशत बढी हो । नाफाको आधारमा बैंक दोस्रो स्थानमा रहेको छ भने नाफाको वृद्धिदर वाणिज्य बैंकहरुमध्ये नवौं स्थानमा पर्छ ।

३ महिनाको तथ्यांकअनुसार ग्लोबल आईएमई बैंकको पुँजी पर्याप्तता अनुपात १२.४६ प्रतिशत, कर्जाको बेसरेट ७.२९ प्रतिशत तथा स्प्रेडदर ३.९६ प्रतिशत रहेको छ । यी दर इन्डस्ट्रीको १५, १२ र ९ औं स्थानमा पर्छन् ।

बैंकको लागत आय अनुपात ३६.३० प्रतिशत छ भने कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा ह्यान्डल हुने बिजनेसको आकार १००७ रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरुकै दोस्रो बढी रहेको यस्तो अनुुपातले बैंकको वित्तीय स्वस्थता र व्यवसायिक इफिसियन्सी पनि इंगित गर्दछ । यसैगरी बैंकले १ रुपैयाँ खर्च गरी ४७७ रुपैयाँ बिजेनस ह्यान्डल गर्दछ । यो दर छैठौं बढी हो ।

हालसम्मको तथ्यांकअनुसार बैंकको सञ्चित वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रहेको छ जुन वाणिज्य बैंकहरुमध्ये पाँचौं धेरै हो ।

बैंकको लाभांश इतिहास

आर्थिक वर्ष २०६८/७९: १३ प्रतिशत
आर्थिक वर्ष २०६९/७०: १५ प्रतिशत
आर्थिक वर्ष २०७०/७१: २५ प्रतिशत
आर्थिक वर्ष २०७१/७२: २३ प्रतिशत
आर्थिक वर्ष २०७२/७३: १५.७६ प्रतिशत
आर्थिक वर्ष २०७३/७४: २० प्रतिशत
आर्थिक वर्ष २०७४/७५: १६ प्रतिशत
आर्थिक वर्ष २०७५/७६: २५.५० प्रतिशत
आर्थिक वर्ष २०७६/७७: १६ प्रतिशत
आर्थिक वर्ष २०७७/७८: १३.५० प्रतिशत
आर्थिक वर्ष २०७८/७९: १३.६ प्रतिशत
आर्थिक वर्ष २०७९/८०: ९ प्रतिशत
आर्थिक वर्ष २००/१: ५.५ प्रतिशत

ग्लोबल आईएमई बैंकको उदय

वि.सं. २०६३ सालमा १८ औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आइएमई बैंक १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको ग्लोबल आईएमई अहिले देशकै ठूूलो बैंक हो ।
ग्लोबल आइएमईको मर्जरलाई देशकै उदाहरणीय मानिन्छ ।

तत्कालीन ग्लोबल बैंकले आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई २०६८ माघ २० गते मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभिएको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको हो ।

त्यसपछि बैंकमा सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, कमर्स एन्ड ट्रस्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंक पनि गाभिए । रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।

त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकमा गाभियो । त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई पहिलो बिग मर्जर भनिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मङ्सिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको छ ।


क्लिकमान्डु