राज्यको नीतिलाई सहयोग गर्दा नम्बर १ बन्यो ग्लोबल आइएमई बैंक, अब रणनीति बदल्छौं: अध्यक्ष ढकाल



काठमाडौं । ग्लोबल आइएमई बैंक दशकै ठूलो वाणिज्य बैंक बनेको छ । स्थापनाको १३ वर्षमै ग्लोबल आइएमई मर्जरबाट सबैभन्दा ठूलो बैंक बनेको हो ।

मर्जर तथा एक्वायरको पर्यायवाची नै बनेको यो बैंक १८ बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भएर बनेको संस्था हो ।

पछिल्ला दुई दशकमा व्यवसायमा उल्लेख्य प्रगति हासिल गरेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल बैंकका पनि अध्यक्ष छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएटतर्फका उपाध्यक्ष पनि हुन् ।

विभिन्न संस्थाहरु मर्ज गरेर ग्लोवल आइएमई बैंकलाई नम्बर वान बनाउन ढकालले ठूलो मेहनत गरे । यो स्टोरीमा त्यो कथा पनि उल्लेख गरिएको छ ।

मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार

ग्लोवल आइएमई र जनता बैंक मर्ज भई शुक्रबार ग्लोवल आइएमई बैंकको नाममा एकीकृत कारोबार गर्दैछन् । अध्यक्ष ढकाल निकै खुसी छन् । भन्छन्, ‘आफूले गर्न खोजेको काम सफल हुँदा खुसी नहुने को छ र ? यसको मतलब यो होइन कि म धेरै एक्साइटेड छु ।’

मर्जसँगै बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन ।

त्यसैगरी, ७७ वटै जिल्लामा ३०० भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् ।

त्यसैगरी, बैंकमा ३२५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।

ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे

‘मर्जरमा जाने हो भने निर्णय क्षमता उच्च हुनुपर्छ, आफ्नो स्वार्थमा केन्द्रित नभई संस्थाको हित हेरेर बोल्ड डिसिजन गर्न सक्नुपर्छ, जुन हामीले गर्यौं,’ ढकालले क्लिकमाण्डूलाई सुनाए ‘जनता बैंकसँग २ दिनमा मर्जरको फाइनल डिल भएको हो ।’

मर्जरको कठिन प्रक्रिया

ढकालको बुझाइमा मर्जरको काम त्यति सजिलो छैन । यसका पछि ४/५ वटा कारण छन् । जुन काम व्यक्तिकेन्द्रित नभई संस्थाकेन्द्रित भएर गर्नसके मात्रै मर्जर अघि बढ्छ ।

१) बैंकको नाम के हुने ?

२) मर्जपछि कुन संस्थाका कतिजना सञ्चालक समितिमा बस्ने ?

२) सञ्चालक समितिमा को-को बस्ने ?

४) अध्यक्ष को बन्ने ?

‘यी ४ चरणमा औषत मान्छेहरु आफूकेन्द्रित हुन खोज्छन् । र, यस्तै साना विषयमा माथापच्ची हुँदा धेरै मर्जरहरु अघि बढ्न सक्दैनन्,’ ढकाल भन्छन् ।

माथि उल्लेखित ४ वटा कुराहरु सकिएपछि सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)को कुरा आउँछ ।

‘माथि उल्लेख गरिएका ४ वटा कुरामा चित्त बुझेको छैन भने स्वाप रेसियोमा कुरा अड्काइन्छ,’ ढकाल भन्छन्, ‘त्यसपछि प्रमुख कार्यकारी अधिकृत (सीइओ) को बन्ने भन्ने अर्को महत्वपूर्ण विषय छ ।’

ग्लोवल र जनताबीच यसरी भयो डिल 

‘मर्जपछि बैंकको नाम ग्लोबल आइएमइ राख्ने पहिलो सहमति भयो,’ ढकाल भन्छन्, ‘अध्यक्ष को हुने भन्ने विषयमा जनता बैंकका अध्यक्ष केशव रायमाझी सरले नै तपाईं अध्यक्ष हुनुपर्छ भन्नुभयो ।’

त्यसपछि सीइओ को हुने ? भन्ने प्रश्न आयो । ग्लोवल आइएमई बैंकमा सीइओ खाली नै थियो ।

‘त्यसैले मैले जनताका सीइओ पर्शुराम कुँवर सर सीइओ हुनुपर्छ भनेर प्रस्ताव गरेँ,’ उनले सुनाए ।

सञ्चालक समितिमा कसको प्रतिनिधित्व कति हुने भन्ने कुरा आयो । ग्लोबलमै ५ जना सञ्चालक थिए । जनताले ३ जना सञ्चालक माग्यो । जुन तत्काल दिन असम्भव जस्तै थियो । परिस्थिति बुझाउँदै ढकालले २ जना सञ्चालक मात्रै दिने प्रस्ताव गरे । जनताले स्वीकार गर्यो ।

मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि सम्झौता आदानप्रदान गर्दै दुबै बैंकका अध्यक्ष

‘३ जना त अलि गाह्रो हुन्छ, २ जना मात्रै गरौं न भनेर प्रस्ताव गरेँ, उहाँहरुले हुन्छ भन्नुभयो,’ ढकालले भने ।

स्वाप रेसियो कति गर्ने भनेर सामान्य मात्रै छलफल भएको उनी सुनाउँछन् ।

‘ड्यु डेलिजेनस अडिट (डीडीए)मा ठूलो फरक परेन भने ८५ गर्ने भन्नेमा दुबैपक्ष सहमत भयौं,’ ढकाल भन्छन्, ‘यसरी २ दिनमै र २ वटा मिटिङमा ग्लोवल र जनताबीचको मर्जर फाइनल भयो । अनि गत असार २० गते समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।’

कतिपयलाई डीडीए गर्नै ५ महिना लाग्छ । तर, ग्लोबल र जनताले मर्जरको समझदारीपत्रमा हस्ताक्षर भएको ५ महिनापछि नै एकीकृत कारोबार गर्न सफल भए ।

‘यसरी छिटो-छिटो काम हुनु भनेको हाम्रो व्यवस्थापकीय कौशलता हो,’ उनले भने ।

राज्यको नीतिलाई सहयोग गर्दागर्दै नम्बर वान

ग्लोवल आइएमई बैंक अहिले सबैभन्दा ठूलो भयो भनेर हेर्नुभन्दा पनि यसको पृष्ठभूमि हेर्नुपर्ने बताउँछन् ढकाल । ग्लोवल बैंकभन्दा पहिला आइएमई फाइनान्सियल इन्स्टिच्युसन थियो ।

यो समूहले २००२ देखि इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का नाममा रेमिट्यान्स बिजनेस शुरु गरेका थियो । विदेशबाट आउने रेमिट्यान्स आफ्नै बैंक तथा वित्तीय संस्थामार्फत् भुक्तानी गर्ने उद्देश्यले बैंकिङ बिजनेशमा हात हालेको ढकालको भनाइ छ ।

जनता गाभेपछि ग्लोबल बैंक देशकै नम्बर वान, यस्ता हुन्छन् वित्तीय सूचक

‘फाइनान्सबाट मात्रै देशभर रेमिट्यान्स भुक्तानी गर्नसक्ने अवस्था देखिएन, त्यसपछि वाणिज्य बैंक नै चाहिने रहेछ भन्ने लाग्यो, अनि वीरगञ्जमा मुख्य कार्यालय रहनेगरी क्षेत्रीयस्तरको वाणिज्य बैंक स्थापना गर्ने योजना बनायौं,’ उनले भने, ‘किनभने त्यसबेला काठमाडौंमा केन्द्रीय कार्यालय राख्नेगरी वाणिज्य बैंकको लाइसेन्स रोक्का थियो ।’

यो समूहको अग्रसरतामा १३ वर्षअघि २ अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर ग्लोवल बैंक स्थापना भयो ।

‘जब हामीले ग्लोवल बैंक खोल्यौं, त्यसपछि राष्ट्र बैंकले ‘क्रश होल्डिङ’ भएका संस्थाहरु मर्ज गराउने नीति ल्यायो, हाम्रो आइएमई फाइनान्सियल इन्स्टिच्युसन र ग्लोवल बैंक दुबैमा लगानी थियो, राष्ट्र बैंकको नीतिलाई सहयोग गर्न हामीले आइएमई र ग्लोवल मर्ज गरेर ग्लोवल आइएमई बैंकको रुपमा सञ्चालन गर्यौं,’ ढकाल भन्छन् ‘त्यही क्रममा अन्य केही विकास बैंक र फाइनान्स कम्पनीलाई पनि मर्ज गर्यौं अर्थात् ग्लोवल आइएमई बैंकको मर्जरको शुरुवात भयो ।’

ढकाल भन्छन्, ‘तत्कालका लागि हामी यतिमै सीमित हुन्छौं । अबको हाम्रो रणनीति भनेको कन्सोलिडेट हो । चौतारीमा केही समय आराम गरेर पछि आफ्नो बाटोतर्फ अघि बढिन्छ, ग्लोवल आइएमई बैंकपछि २/३ वर्ष मर्जरको यात्रामा आराम गरेर शक्ति सञ्चय गर्छ । अनि फूर्तिलो भएर फेरि अघि बढ्छ ।’

त्यसको केही समयपछि कमर्ज एण्ड ट्रष्ट बैंकलाई ग्लोवल आइएमई बैंकले मर्ज गर्यो । कमर्ज एण्ड ट्रष्टसँगको मर्जर स्वतस्फूर्त मर्जर थियो । ग्लोवलसहित ग्लोवल आइएमई बैंकले ११ वटा संस्था मर्ज गरेको थियो । जनता बैंक त १२औं हो ।

तर जनतासँग पनि अन्य ७ वटा बैंक तथा वित्तीय संस्था मर्ज भएका छन् । यी सबैलाई जोड्दा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सहभागी भएर ग्लोवल आइएमई बैंक बनेको छ । अन्य कुनै पनि बैंकसँग यस्तो गौरवपूर्ण संख्या छैन ।

अध्यक्ष ढकाल

‘राष्ट्र बैंकले क्रश होल्डिङ भएका संस्थाहरुलाई मर्जरमा लाने नीति लियो, हामीले पहिलोपटक उक्त नीतिको कार्यान्वयन गर्यौं’ ढकाल भन्छन्, ‘राष्ट्र बैंकले सकेसम्म मर्जरबाटै पुँजी ८ अर्ब पुर्याउ भन्यो, हामीले त्यसको कार्यान्वयन गर्यौं । र, मर्जरबाटै ८ अर्ब होइन १९ अर्ब पुँजी पुर्यायौं ।’

पुँजी बढाउने नीतिः बैंक मर्जरमा छलाङ, वित्तीय स्थायित्वको ‘माइलस्टोन’

त्यतिमात्रै होइन, चालू आर्थिक वर्षको बजेटले वाणिज्य बैंकबीचको मर्जरलाई प्रोत्साहन गर्ने नीति लियो । र, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले असार १२ गते बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता ल्याउन निर्देशन दिए । ग्लोबल र जनताले त्यसको ८ दिनपछि अर्थात् असार २० गते मर्जर सम्बन्धी सम्झौता नै गरे ।

आफूहरुले असार तेस्रो साता नै जनता बैंकसँग मर्जरको सम्झौता गरेर सरकारको नीतिलाई सघाउन पहिलो संस्था बनेकोमा गर्व गर्छन् उनी । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बिग मर्जरलाई प्रोत्साहन दियो । ग्लोवल आइएमई तत्काल कार्यान्वयनमा उत्रियो ।

‘यसको अर्थ के हो भने राष्ट्र बैंक र सरकारले ल्याउने नीतिलाई हाामी सबैभन्दा पहिले कार्यान्वयन गर्छौं,’ उनले भने, ‘सरकारका नीति निर्देशनलाई सबैभन्दा पहिला कार्यान्वयन गरेर अघि बढ्दाबढ्दै हामी नम्बर वान बैंक बन्न आइपुगेका हौं ।’

सूचकका आधारमा ग्लोवल आइएमई सबैभन्दा ठूलो बैंक बनेपनि आफूहरु बैंकिङ व्यवसायमा नयाँ भएको र सिकिरहेको बताउँछन् उनी ।

‘हामी १ नम्बर बन्छौं भनेर १ नम्बर बनेका होइनौं, राज्यले लिएको नीतिलाई सहयोग गर्दागर्दै १ नम्बर भएका हौं,’ उनी भन्छन्, ‘बैंकिङमा हामी नयाँ छौं, सिक्दैछौं ।’

कतिपयले चन्द्र ढकाललाई ठूलो बैंकको अध्यक्ष बन्ने हुटहुटीले आक्रमकरुपमा मर्जरमा उत्रिएको आरोप लगाउँदै आएका छन् । तर, उनी यो कुरा स्वीकार्दैनन् ।

‘मलाई कहिल्यै पनि ठूलो बैंकको अध्यक्ष बन्ने हुटहुटी भएन, भोलिका दिनमा पनि हुँदैन,’ ढकालले सुनाए ।

सीइओ पर्शुराम कुँवर क्षेत्री

बैंकको पुँजी र आकार जति ठूलो भयो त्यति ठूलो जोखिम बहन गर्नसक्ने क्षमता बढी हुन्छ र उति नै बढी संभावनाहरु हुन्छन् ।

‘हामीले जोखिम र अवसर दुबै लिन चाहेका हौं,’ उनले भने ।

अब कष्ट इफेक्टिभ र गुणस्तरीय सेवा

ग्लोवलसँग यसअघि ११ वटा संस्था मर्ज गरेको अनुभव छ । यतिधेरै संस्था मर्ज गर्दा पनि कुनै समस्या नदेखिएको ढकाल दाबी गर्छन् ।

‘मर्जरपछि जुन सिनर्जी आउनुपर्ने हो त्यो आउन केही समय लाग्छ तर कर्मचारी नमिलेका, सञ्चालकहरु नमिलेका, लगानीकर्ताहरु नमिलेका भन्ने कुनैपनि समस्या अहिलेसम्म देखिएका छैनन्, मर्जरपछि एकढिक्का हुनु नै हाम्रा लागि ठूलो उपलब्धि हो,’ उनले भने, ‘कल्पना गर्नुहोस् त १८ वटा संस्थाहरु कन्सोलिडेट भएर एकढिक्का भएपछि आगामी दिनमा कस्तो सिनर्जी आउला ?’

ठूलो आकारको बैंकको कष्ट अफ फण्ड कम हुन्छ । र, उसले सस्तो ब्याजमै ऋण दिन सक्छ । त्यतिमात्रै होइन, ठूलो जोखिम बहन गर्न सक्छ ।

अबको पहिलो ध्यान भनेको ग्राहकलाई कसरी कस्ट इफेक्टिभ र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने हो ।

‘हामी रेमिट्यान्सको ब्यवसायबाट बैंकिङमा प्रवेश गरेका हौं, त्यसैले बढीभन्दा बढी रेमिट्यान्स औपचारिक च्यानलबाट भित्र्याउन र त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नमा उत्प्रेरित गर्नु हाम्रो अर्को उद्देश्य हो ,’ उनले सुनाए ।

यतिधेरै संस्था मर्ज गरेर पुँजीकरणमा ध्यान दिँदा पनि लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिन सफल भएकोमा गर्व गर्छन् ढकाल । प्रश्न गर्छन्, ‘आजको दिनमा कति वाणिज्य बैंकले २५ प्रतिशत लाभांश दिएका छन् ?’

अब नाफा बढाउनमा पनि विशेष ध्यान दिने र आगामी दिनमा लगानीकर्तालाई झन बढी लाभांश दिने उनले सुनाए ।

संख्या बढी भयो, पुँजी सानो भयो

ढकालका विचारमा विश्वका धेरै देशमा बैंकलाई कन्सोलिडेसन गरिएको छ । यो तथ्यलाई आधार मानेर विश्लेषण गर्ने हो भने नेपाल जस्तो सानो आकारको अर्थतन्त्र भएको देशमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै भएकै हो । र, अब राज्य र सरोकारवाला पक्षहरु संख्या घटाउनमा केन्द्रित हुन्छन् । हुनैपर्छ पनि ।

पुँजी बढाउने नीतिः बैंक मर्जरमा छलाङ, वित्तीय स्थायित्वको ‘माइलस्टोन’

ठूलो आकारको बैंकको कष्ट अफ फण्ड कम हुन्छ । र, उसले सस्तो ब्याजमै ऋण दिन सक्छ । त्यतिमात्रै होइन, ठूलो जोखिम बहन गर्न सक्छ ।

बैंक जति ठूलो हुन्छ, त्यति नै ठूला चुनौतीहरु पनि हुन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने सिस्टमको विकास र खर्चमा नियन्त्रण गर्न सकियो भनेमात्रै मर्जर सफल हुन्छ ।

‘हामी यसमा सजग छौं, प्रतिवद्ध छौं,’ उनले भने, ‘हामीले एकैपटक यतिधेरै संस्था मर्ज गरेका हौंइनौं, धेरै पटक मर्ज गरेर ल्याएका हौं, यसबाट हामीले धेरै ठूलो पाठ सिकेका छौं ।’

ग्लोवल आइएमई बैंकले शुरुदेखि सिस्टममा ध्यान दिएको उनको भनाइ छ । जसकारण बैंक बलियो भएको हो ।

वित्तीय क्षेत्रमा बलियो बैंक हुँदा त्यसको फाइदा ग्राहकलाई मात्रै होइन, समग्र वित्तीय क्षेत्र र अर्थतन्त्रलाई हुने भएकाले आफूहरुले मर्जरको अभियानमा लागेको उनले सुनाए ।

ग्लोबल फेरि मर्जरमा जान्छ ? यस्तो छ रणनीति

ढकाल भन्छन्, ‘तत्कालका लागि हामी यतिमै सीमित हुन्छौं । अबको हाम्रो रणनीति भनेको कन्सोलिडेट हो । हामीले मर्जरलाई सँधैका लागि स्थगित होइनौं । मर्जरको यात्रामा केही समयका लाथि थकाइ मारेका हौं ।’


पुष्प दुलाल