मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार



काठमाडौं । मर्जरमा एग्रेसिभ रुपमा प्रस्तुत भएको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई प्रस्ताब गरेको छ । बुधबार दिउँसो जनता बैंकका एक प्रभावसाली सञ्चालकलाई प्रस्ताब पठाएको हो ।

‘आजमात्रै हाीलाई ग्लोबल बैंकले मर्जरको प्रस्ताब पठाएको छ,’ जनता बैंक स्रोतले भन्यो, ‘सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत दिन्छौं भन्ने प्रस्ताबमा उल्लेख छ । हामी अत्यत्नै सकरात्मक छौं, प्रस्ताबमाथि छलफल गरेर मात्रै जवाफ दिन्छौं ।’

८० र ९० को स्वाप रेसियोमा ग्लोबल-मेगा बार्गेनिङ, चन्द्र ढकाल भन्छन्- सामान्य छलफल मात्रै भएको हो

पछिल्लो समय ग्लोबलले पछिल्लो पुस्ताका बैंकहरु मर्जरका लागि तीब्ररुपमा छलफल गरिरहेको छ । ग्लोबलले मेगा, कुमारी, सेञ्चुरी र जनतालगायत बैंकहरुसँग मर्जरको कुरा गरिरहेको छ ।

केही दिनयता ग्लोबल र मेगाको मर्जरको छलफल निकै अघि बढिसकेको थियो । तर, कर्मचारी समायोजनमा केही कुरा नमिलेपछि ग्लोबलले मेगाको बिकल्पका रुपमा जनतालाई प्रस्ताब गरेको हो ।

‘हामी सकेसम्म मौद्रिक नीतिअघि नै पार्टनर खोजेर मर्जरको सैद्दान्तिक सहमति गर्ने तयारीमा छौं,’ ग्लोबल बैंक स्रोतले भन्यो, ‘आधा दर्जन बैंकसँग कुराकानी भइरहेको छ, जुनसँग पहिला कुरा मिल्छ उसैसँग मर्ज भइहाल्छ ।’

जनता बैंकले पनि पछिल्लो समय मर्जरका लागि तीब्र छलफल गरिरहेको छ ।

मर्जरका लागि ग्लोबल बैंकले मेगा र जनता बैंकलाई उपयुक्त ठानेको छ । त्यसको कारण हो यी दुई बैंकमा कुनै एक व्यक्ति वा समूह बलियो छैन । १०००/११०० जना संस्थापक सेयरधनी छन् ।

‘ठूलो ग्रुपको होलिडङ नभएको हुँदा सजिलै म्यान गर्न सकिन्छ भन्ने लागेर हाम्रो रोजाइमा जनता र मेगा बैंक परेका हुन्,’ ग्लोबल बैंकका एक सञ्चालकले भने, ‘मेगालाई ८० दियौं, जनता मर्ज हुने हो भने ८५ दिन्छौं भनेर प्रस्ताब पठाएका छौं ।’

ग्लोबल आइएमइ र जनता दुबै बैंकसँग मर्जरको अनुभव छ। ग्लोबलले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई गाभिसकेको छ भने जनताले पनि पनि केही विकास बैंकसँग मर्ज गरिसकेको छ।

त्यतिमात्रै होइन, ग्लोबल बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पद खाली छ । भेट्रान बैंकर पर्शुराम कुँवर क्षेत्री जनता बैंकको सीइओ छन् । यी दुई बैंकबीच मर्ज हुँदा क्षेत्रीले चाहे भने उनी निर्विरोध सीइओ हुन्छन् ।

‘जनता बैंकसँग कर्मचारी व्यवस्थापन गर्न केही सहज देखेका छौं,’ ग्लोबल स्रोतले भन्यो ।

ग्लोबल बैंक पछिल्लो समय उल्लेख्य प्रगति गरेको आइएमइ समूहको लगानी छ । यो समूहको अध्यक्ष चन्द्र ढकाल हुन् । ढकाल निकट स्रोतका अनुसार उनको ठूलो बैंकको अध्यक्ष बन्ने महत्वाकांक्षा छ ।

‘चन्द्रजीसँग ठूलो बैंकको अध्यक्ष बन्ने म हत्वाकांक्ष छ, त्यसैले ग्लोबलले मौद्रिक नीति अघि नै कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्ने निशिचत प्राःय छ,’ स्रोतले भन्यो ।


पुष्प दुलाल