ईभी बिक्रेतालाई चार्जिङ स्टेसन बनाउन प्राधिकरणको प्रोत्साहन, १०० प्रतिशत नाफा दिने



काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारीसाधन (ईभी) व्यवसायीहरुलाई बिक्री अनुसारको चार्जिङ पूर्वाधार निर्माण गर्न निर्देशन दिएको छ ।

विद्युत प्राधिकरणले सबै ईभी बिक्रेतालाई आफ्ना सवारीसाधनलाई चार्ज गर्न पुग्ने पूर्वाधार निर्माण गर्न निर्देशन दिएको हो । चार्जिङ पूर्वाधार अभाव हुन थालेपछि प्राधिकरणले निजी क्षेत्रलाई चार्जिङ स्टेसन निर्माण गर्न निर्देशन दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ईभी बेच्ने कम्पनीले नै पूर्वाधार बनाउनुपर्ने बताए । त्यसका लागि प्राधिकरणले सहजीकरण गरिरहेको उनको भनाइ छ ।

विद्युत् प्राधिकरणले उपत्यकामा ७ सहित ५१ वटा फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंहदरबारभित्र ५ चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रसहित साना ठूला गरी करिब ४०० चार्जिङ स्टेसनले अनुमति लिएर सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । तर यो पूर्वाधार अभाव हुन थालेको प्राधिकरणको निष्कर्ष छ ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सधैं भरी प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गरेर बस्न नसक्ने बताए ।

‘प्राधिकरणले त बिजुली बेच्ने हो । हामीले प्रोत्साहन गर्नका लागि सुरुमा निर्माण गरेर सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘यसमा निजी क्षेत्र आउनुपर्छ । हामीले सहजीकरण गरिरहेका छौं । सहुलियत दिइरहेका छौं । पूर्वाधार निजी क्षेत्रले नै बनाउने हो । ‘

उनका अनुसार निजी क्षेत्रले एउटा चार्जिङ स्टेसन निर्माण गर्दा प्राधिकरणले २० देखि २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको छ ।

‘ २०० केभीको ट्रान्सफर्मर दिइरहेका छौं । लाइनहरु बनाइदिरहेका छौं,’ उनले भने, ‘अरुलाई १० रुपैयाँभन्दा प्रतियुनिट शुल्क लिइरहेका छौं । चार्जिङ स्टेसनलाई ५ रुपैयाँदेखि दिइरहेका छौं ।

उनका अनुसार प्राधिकरणले चार्जिङ स्टेसन प्रवर्द्धनका लागि यो भन्दा ठूलो भुमिका खेल्न सक्दैन । ‘यो हाम्रो मुख्य व्यवसाय होइन  । हामीले चार्जिङ स्टेसन थपिरहने होइन । हामीले त प्रवर्द्धनका लागि निजी क्षेत्रलाई सहुलियत दिने हो । ईभी बिक्रेताले नै पूर्वाधार बनाउनुपर्छ,’ उनले भने ।

‘निजी चार्जिङ सञ्चालकको मार्जिन बढाउन सिफारिस’

अहिले निजी ईभी चार्जिङ स्टेसन सञ्चालकले नेपाल विद्युत प्राधिकरणले तोकेको महसुलमा २० प्रतिशत मार्जिन पाउँछन्  अर्थात २० प्रतिशतसम्म बढी लिन पाउछन् ।

२० प्रतिशतले लगानी नै नउठ्ने गुनासो बढेपछि उपकार्यकारी निर्देशक सिलवालको संयोजकत्वमा कमिटी बनेको थियो । कमिटीले शतप्रतिशत मार्जिन दिनुपर्ने सुझाव दिएको छ । अहिलेको मूल्यमा २ रुपैयाँसम्म बढाउने र शतप्रतिशत मार्जिन दिए मात्रै निजी क्षेत्र आकर्षित हुने प्रतिवेदनको निष्कर्ष छ । शतप्रतिशत मार्जिन दिए ५ वर्षमा निजी क्षेत्रले आफ्नो लगानी उठाउन सक्ने उल्लेख छ ।

तल्लो भोल्टेजमा डिमाण्ड शुल्क नलाग्ने टायम अफ डे चार्जीङ स्टेसन यातायात उपभोक्ताको प्रस्तावित विद्युत महशुल

बैशाखदेखि मंसिरसम्मको विद्युत महसुल दर
विवरणइनर्जी शुल्क ( प्रति किलोवाट घण्टा युनिट रुपैयाँमा)
हालको विद्युत् महसुल दरप्रस्तावित विद्युत महसुल दर
तल्लो भोल्टेज  (२३०-४०० भोल्ट)    पिक समय (साँझ ५ वजेदेखि राती ११ वजेसम्म)   (राती ११ बजेदेखि विहान ५ बजेसम्म) अन्य समय (विहान ५ बजेदेखि साँझ ५ बजेसम्म) पीक समय (साँझ ५ बजेदेखि राती ११ बजेसम्म)राती ११ बजेदेखि विहान ५ बजेसम्म अन्य समय (विहान ५ बजेदेखि साँज ५ बजेसम्म)
७.२५४.३०५.७५९.२५७.८०
नोट: प्रस्तावित मुल्यमा १०० प्रतिशत मुल्य थप गरि त्यसलाई उच्चतम दर मानी निजि चार्जिङ स्टेसन संचालकहरुले उपभोक्ताहरुलाई प्रतिस्पर्धी मुल्यमा दर घटाएर विद्युत बेच्न सक्छन् । यसरी प्रस्तावित विद्युत महशुल दरको अन्य उपभोक्ता वर्गमा वेटेज एभरेज गर्दा ८.२५ रुपैयाँ प्रतियुनिट हुने देखिन्छ । चार्जिङ स्टेसन संचालकले अधिकतम  १६.५० रुपैयाँ प्रति युनिटमा उपभोक्ताहरुलाई विद्युत शक्ति बेच्न सक्छन् ।  यस प्रतिवेदनमा यहि मुल्य लाई आधार मानेर हिसाब गरिएको छ ।
मंसिरदेखि चैत्रसम्मको  विद्युत महसुल दर
विवरणइनर्जी शुल्क (प्रतिकिलोवाट घण्टा युनिट रुपैयाँमा)
हालको विद्युत् महसुल दर प्रस्तावित विद्युत् महसुल दर
तल्लो भोल्टेज (२३०-४०० भोल्ट )    पिक समय (साँझ ५ बजेदेखि राती ११ बजेसम्म )  अन्य समय (राती ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म)  पिक समय (साँझ ५ बजेदेखि राती ११ बजेसम्म )  अन्य समय (राती ११ बजेदखि भोलिपल्ट साँझ ५ बजेसम्म )  
७.२५५.७५९.२५७.८०
नोट: प्रस्तावित मुल्यमा १०० प्रतिशत मुल्य थप गरि त्यसलाई उच्चतम दर मानी निजी चार्जिङ स्टेसन संचालकहरुले उपभोक्ताहरुलाई प्रतिस्पर्धी मुल्यमा दर घटाएर विद्युत वेच्न सक्छन् । यसरी प्रस्तावित विद्युत महसुल दरको अन्य उपभोक्ता वर्गमा वेटेज एभरेज गर्दा ८.२५ रुपैयाँ प्रतियुनिट हुने देखिन्छ । चार्जिङ स्टेसन संचालकले अधिकतम  १६.५० प्रतियुनिटमा उपभोक्ताहरुलाई विद्युत शक्ति बेच्न सक्छन् ।  यस प्रतिवेदनमा यहि मुल्य लाई आधार मानेर हिसाब गरिएको छ ।
स्रोत: नेपाल विद्युत प्राधिकरण

यो प्रस्ताव प्राधिकरणको सञ्चालक समितिमा पुगेको छ । यो प्रतिवेदन कार्यान्वयन भए चार्जिङ स्टेसन सञ्चालकले प्रतियुनिट औसत ८.२५ रुपैयाँ लिन पाउछन् भने अधिकतम १६.५० रुपैयाँ लिन पाउनेछन् । प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेपछि विद्युत नियमन आयोगले स्वीकृति दिनुपर्छ । आयोगले स्वीकृति नदिएसम्म महसुल बढाउन पाइँदैन ।

थप समाचार

चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने

५०० वटा ईभी चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण, अर्थसँग २ अर्ब स्रोत सुनिश्चितता माग


दिनेश खड्का