दुर्गा प्रसाईं नेपाल ल्याइँदै

3k
Shares

काँकडभिट्टा । भारतको आसाममा पक्राउ परेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याउने तयारी भइरहेको छ । उनी चैत १५ गते काठमाडौंको तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार थिए ।

उनलाई नेपाल–भारत सीमास्थित मेची पुल हुँदै अबको केही क्षणमै नेपाल ल्याइन लागिएको हो । दुर्गाका दाइ लक्ष्मी प्रसाईंले ८ बजेतिर मेची पुलमा ल्याउने सूचना आएको जानकारी दिए ।

चैत १५ मा राजावादी प्रदर्शनको क्रममा तोडफोड, आगजनी र लुटपाटको नेतृत्व गरेको आरोप प्रसाईंमाथि लागेको छ । उनले निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीको ज्यानै लिने गरी गाडी कुदाएका थिए ।

त्यस्तै राजावादीहरुले सञ्चारगृह, व्यापारिक केन्द्र, निजी तथा सरकारी भवन गरी ४० वटा संरचनामा क्षति पुर्‍याएका थिए । त्यसैगरी ६९ वटा सवारी साधन तोडफोड र आजगनी गरेका थिए ।

उक्त घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । १२९ जना घाइते भएका थिए । त्यसक्रममा प्रहरीले कयौं राउण्ड गोलीसमेत चलाएको थियो ।

प्रसाईं फरार रहे पनि प्रहरीले राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणासहित १ सय बढी पक्राउ परेका छन्।