आजको मौसम : सबै प्रदेशमा हल्का वर्षाको सम्भावना

98
Shares

काठमाडौं। पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राति पनि यही सिलसिलाले निरन्तरता पाउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन प्रकारको वायुकोको प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधरण बदली भइरहने अवस्था छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

Skip This