कालिमाटी तरकारी थोक बजार : तने बोडीमा प्रतिकिलो ७.९२ रुपैयाँ बृद्धि, अन्य तरकारीको मूल्य कति ?

189
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा शुक्रबार तने वोडीको मूल्य बढेको छ ।

बिहिबार प्रतिकिलो ६८.७५ रुपैयाँमा बिक्री भएको यो बोडीमा शुक्रबार प्रतिकिलो ७.९२ रुपैयाँ मूल्य बढेको छ । शुक्रबार यो तने वोडी प्रतिकिलो ७६.६७ रुपैयाँमा थोकमा कारोबार गरेको छ ।

यस्तै ठूलो गोलभेडा थोकमा प्रतिकिलो ३५ रुपैयाँमा कारोबार गरेको छ ।

त्यसैगरी सानो गोलभेडा लोकल १७.६७, रातो आलु ३२.६७, प्याज ४२, गाजर लोकल ३०, गाजर तराई २५, बन्दा लोकल १२.३३, बन्दा तराई १०, बन्दा नरिवल १७.६७, स्थानीय काउली ३५, स्थानीय काउली ज्यापु २५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा ३०, डल्लो भान्टा ३५, मटरकोशा ६५, घिउ सिमी लोकल ८५, घिउ सिमी हाइब्रीड ८५, घिउ सिमी राजमा ७५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला ६०, लौंका ४५, परवर लोकल ८५, परवर तराई ८५, घिरौला ६५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी ६५, बरेला ५०, पिडालु ८५, स्कुस ३५, रायो साग ५५, पालुङ्गो साग ७५, चमसुर साग ९५, तोरीको साग ३५, मेथीको साग ८५, प्याज हरियो ४५, बकुला ४५, तरुल ९५, कन्ये च्याउ १२६.६७, डल्ले च्याउ ३८३.३३, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ६५, सजिवन(मुन्गा) १६३.३३, बन्दा रातो ७५, जिरीको साग ५६.६७, सेलरी १५०, पार्सले २७६.६७, भेडे खुर्सानी ५५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य