एनआइसी एशिया बैंकले कर्मचारीको तलब-भत्ता ४० प्रतिशतसम्म बढायो



काठमाडौं । अन्य क्षेत्रको तुलनामा बैंकको जागिर आफैंमा आकर्षकको केन्द्र हो । बैंकमा जति तलब सुविधा छ, त्योसँगै यसलाई एक ‘ग्लामर’को जागिरका रुपमासमेत लिइन्छ ।

तलबमात्र होइन, आकर्षक बोनस, भत्ता, कर्जा, बीमालगायत अन्य सुविधाले बैंकिङ क्षेत्र आकर्षक र सुरक्षित जागिर बनेको छ ।

बैंकमा काम गर्ने सुरक्षा गार्डदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मले यस्तो सुविधा पाउँछन् । त्यसैले त बैंकमा काम गर्नेहरुलाई सम्मानका साथ ‘बैंकर’ भनिन्छ ।

कतिपय बैंकमा सीइओको तलब र अन्य कर्मचारीको तलबमा धेरै अन्तरभयो भनेर बेलाबेलामा आलोचना नभएको होइन् । तर, सबै कर्मचारीमा उत्तिकै सेवा सुविधा दिने मामिलामा भने एनआइसी बैंक अग्रपंक्तिमा छ ।

बैंकले पछिल्लो पटक बढाएको सेवा सुविधाले यही कुरालाई पुष्टि गर्छ । बैंकले कर्मचारीको आवश्यकतालाई बुझेर समयसमयमा तलब र सुविधाहरु वृद्धि गर्दै आएको छ । पछिल्लो सयम पनि बैंकले आफ्ना सबै कर्मचारीका लागि उल्लेख्यरुपमा तलब र सुविधाहरु वृद्धि गरेको छ ।

बैंकले एनआइसी एशिया कर्मचारी संघका प्रतिनिधि र व्यवस्थापनका प्रतिनिधिकाबीच सामूहिक सौदाबाजी सम्पन्न गर्दै कर्मचारीहरुको तलब/भत्ता ४० प्रतिशतसम्मको बृद्धि गरेको छ ।

बैंकको अहिलेसम्मको सफलतामा सधै कर्मचारीको मेहनत र लगाव रहेको हुन्छ भन्ने मान्यताका साथ उनीहरुलाई थप हौसला प्रदान गर्न सुविधाहरु वृद्धि गरेको एनआईसी एशिया बैंकले जनाएको छ ।

‘कुनै पनि संस्थाको सफलताको कारक कर्मचारी हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै हरेक कर्म र प्रतिफलबीच यथोचित सन्तुलन कायम गर्नुपर्छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, ‘कर्मचारी वर्गले गरेको प्रयासको परीणामस्वरुप आज बैंक यस उचाइसम्म पुग्न सफल भएको छ ।’

यस सफलताको पहिलो श्रेय कर्मचारी वर्ग हो भन्ने तथ्यलाई सम्मान गर्दै बैंकले कर्मचारीहरुलाई यस्तो सुविधा दिएको सीइओ न्यौपानेले बताए ।

बैंकले मासिक तलबमात्र होइन, आफ्ना कर्मचारीको जीवनयापनलाई अझ सहज बनाउन अन्य सुविधाहरु पनि थपेको छ । जस्तो कि कर्मचारीको बस्ने सुविधा राम्रो होस् भनेर घर कर्जाको सुविधा दिएको छ ।

‘बैंकले कर्मचारीहरूलाई सधै बैंकको सफलताको संवाहकको रुपमा ग्रहण गरेको छ । बैंक हालको अवस्थासम्म आइपुग्न कर्मचारी वर्गकोे अतुलनीय योगदान रहेको तथ्यलाई बैंकले सँधै मनन गरेको छ,’ न्यौपानेले भने ।

साथै, दैनिक क्रियाकलापलाई अझ सहज र सरल बनाउन घर कर्जासँगै व्यक्तिगत कर्जा र सवारी कर्जामा समेत बैंकले उल्लेख्य सुविधा दिएको छ ।

बैंकले पछिल्लो समय वृद्धि गरेको तलब, भत्ता र अन्य सेवा सुविधासँगै एनआईसी एशिया बैंक नेपालको बैंकिङ क्षेत्रकै उत्कृष्ट तलब सुविधा दिने बैंकहरुमा पुग्न सफल भएको बैंकले जनाएको छ ।

यस सम्झौताले बैंकका आम कर्मचारी वर्गमा थप उत्साह एवं उत्प्रेरणाको सञ्चार हुनुका साथै सम्पूर्ण एनआइसी एशिया बैंक परिवार गौरवान्वित भएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

‘बैंकले कर्मचारीहरूलाई सधै बैंकको सफलताको संवाहकको रुपमा ग्रहण गरेको छ । बैंक हालको अवस्थासम्म आइपुग्न कर्मचारी वर्गकोे अतुलनीय योगदान रहेको तथ्यलाई बैंकले सँधै मनन गरेको छ,’ न्यौपानेले भने ।

यससँगै बैंक व्यवस्थापन र कर्मचारी एउटै उद्देश्यका लागि भिन्नभिन्न भूमिकाबाट समान योगदानकर्ता हुन भन्ने बैंकको मान्यतालाई पुनः प्रमाणितसमेत गरेको उनले उल्लेख गरे ।

तलबभत्ता बृद्धिपपछि बैंकको खुद मुनाफाबाट छुट्टाइएको कर्मचारी बोनस रकम, सहुलियतपूर्ण कर्जालगायतका सेवा सुविधाको अतिरिक्त कर्मचारीको तलब भत्तामा वार्षिक ३ अर्बभन्दा लगानी हुने अनुमान बैंकले गरेको छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको विश्वास, माया र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर पुग्न सफल भएको जनाएको छ ।

हाल मुलुकभर बैकका ३५८ शाखा कार्यालयहरू संचालनमा छन् । एनआईसी एशिया बैंकका हरेक ग्राहक आफ्नो टोलको नजिकैको शाखा कार्यलयमा गएर सेवा दिन सक्छन् ।

बैंकले आफ्ना ग्राहकको कारोबारमा अझ सकेसम्म धेरै सुविधा होस् भनेर मुलुकभर ४७३ एटिएम मेसिन संचलनमा ल्याएको छ ।

ती एटीएमबाट निःशुल्क कारोबार गर्न सकिन्छ । बैंकले आफ्नो एटीएमबाट मात्र होइन, मुलुकभर रहेको सबै बैंक तथा वित्तीय संस्थाका ४ हजारभन्दा धेरै एटीएमबाट पनि निःशुल्क कारोबार गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

ग्रामीण क्षेत्रका कुनै पनि ग्राहकले बैंकिङ सेवाबाट बन्चित हुन नपरोस् भनेर बैंकले ६८ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिमार्फत् बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

यी सबै सेवा सुविधा र उपलब्ध पूर्वाधारका आधारमा एनआइसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

यतिमात्र होइन, बैंकले घरमै बसिबसी बैंकिङ सेवा उपलब्ध गराउन भनेर अनलाइन सेवालाई प्राथमिकतमा राखेर काम गरिरहेको छ । उसले बैंकको वेवसाइटमा आइसर्भ भनेर अनलाइन सेवा उपलब्ध गराइरहेको छ भने मोबाइल एप (एनआईसी एशिया मोबैंक)बाट घरमै बसेर बैंकिङ सेवा लिनसकिन्छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

यसमा मुख्यगरी मोबाइल बैंकिङ सेवा, कस्टुमर, सर्भिस, टेलर सर्भिस र कार्ड सर्भिस छन् । यी सेग्मेन्टभित्र पनि विभिन्न ३५ वटा सेवा उपलब्ध छन् । यहाँबाट मोबाइल बैंकिङ रजिष्ट्रेसनसँगै, व्यालेन्स थाहा पाउन, चेक, स्टेटमेन्टको लागि अनुरोध गर्न, मेरो शेयर र सीआरएन लिन, लकर सेवा लिन, चेक, डिपोजिट र क्यास डिपोजिट अनुरोध गर्न, घरमै बसेर भौचर भर्न सकिन्छ ।

साथै, नयाँ डेभिड कार्ड अनुरोध गर्न, इ-कमर्स रजिष्ट्रेसन गर्न, डेभिड कार्ड ब्लक गर्न, डेभिड कार्ड परिवर्तन गर्न र प्रिपेड डलर कार्डको अनुरोध गर्न अनलाइनबाटै सकिन्छ । एनआईसी एशियाका यी विभिन्न कार्डको प्रयोग गर्दा, मोबाइल बैंकिङ चलाउँदा, आरटीजीएस, आइपीएस, डिम्याट, मेरो शेयरलगायतका कारोबारमा कुनै पनि शुल्क लाग्दैन ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व-पुँजीमा प्रतिफल, प्रति शेयर आम्दानी (निजी क्षेत्रको बैंकहरूमा), शाखा कार्यालय, एटिएम संख्या र ग्राहक संख्या (निजी क्षेत्रको बैंकहरूमा) को आधारमा देशका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान हासिल गरेको छ ।

हाल बैंकमा २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता र ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरू छन् । बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत् सेवा दिने बैंक बन्न सफलभएको छ । यो उमेर समूह भनेको आर्थिक रूपमा सक्रिय जनसंख्या हो । जसले मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्षरुपमा योगदान गरिरहेको हुन्छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

बैंक वित्तीय समावेशीकरणको विषयमा पनि सधैव सचेत रहेको छ । यसै विषयलाई ध्यानमा राखेर बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा आफ्नो सेला उपलब्ध गराइरहेको छ ।

साथै, कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दाबढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्लिकमान्डु