अर्थमन्त्रालयमा विष्णु पौडेलको दोस्रो इनिङः खतिवडाको भूत पन्छाउँदै शिखर चुम्ने अवसर



काठमाडौं । सत्तारुढ नेकपाभित्रका चतुर राजनीतिक खेलाडी विष्णु पौडेलले पटक पटकको प्रयासपछि दोस्रो पटक राष्ट्रको ढुकुटीको चाबी हात पारे ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डको दुबैको विश्वस जित्न सफल पौडेलको दोस्रो इनिङ शुरु भएको छ ।

राजनीतिकरुपमा सँधै अब्बल मानिएका पौडेलको पहिलो इनिङ भूकम्पपछिको पुनः निर्माणको अवस्थामा भएको थियो । केही लोकप्रिय मानिएका कार्यक्रम अघिसारेर अघिल्लो पटकको कार्यकालमा सफल मानिएका पौडेलको दोस्रो इनिङ यस्तो बेलामा भएको छ, जतिबेला कोरोनाका कारण देशको अर्थतन्त्र गंभीर समस्यामा परेको छ ।

गत चैतदेखि गरिएको लकडाउन, त्यसपछिको निषेधाज्ञालगायतका कारण मुलुकको आर्थिक अवस्था असाध्यै विग्रहपूर्ण अवस्थामा पुगेको छ । अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले आम नागरिकको अपेक्षा विपरित करको भार बोकाएको तथा आफूभन्दा अरु कोही पनि जान्ने नभएको जसरी व्यवहार गरेका कारण उनी चरम आलोचनाको पात्र बने ।

फलस्वरुप खतिवडा अर्थमन्त्रीबाट हटेको दिन कठै भन्ने कोही भेटिएनन् । सबैको मुहारमा खुसीयाली देखिनुले पनि उनको अलोकप्रियता कुन हदसम्म पुगेको रहेछ भन्ने पुष्टि गर्छ । खतिवडाको बानी ब्यवहार र नीतिले सरकार मात्रै अलोकप्रिय बनेन, नेकपासमेत अलोकप्रियताको चक्रब्यूहुमा फस्यो । नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो चुनौति भनेको खतिवडाले सिर्जना गरेको अलोकप्रियता र नैराश्यताको भूत पन्छाउँदै आशाको सुनौलो किरण देखाउनु नै हुनेछ ।

लिँडेढिपी गर्ने स्वभावका खतिवडाको बहिर्गमनपछि ओलीको प्रियपात्रको रुपमा पौडेल अर्थमन्त्रीका रुपमा दोस्रोे पटक सिंहदबार प्रवेश गर्ने अवसर पाए । समस्यै समस्यामा फसेको अर्थतन्त्र तथा आम नागरिक निराश भएको अवस्थामा पौडेलको दोस्रो इनिङ खुकुरीको धारमा छ भन्दा अत्युक्ति नहोला ।

खतिवडा अढाई वर्षको अवधिमा कहिल्यै व्यवहारिक हुन सकेनन् । मानिसहरुलाई जान्ने भनिएका र डाक्टरका उपाधी लिएका मानिस झनै बज्रस्वाँठ हुन्छन् भनेर बौद्धिक जगतलाई नै अविश्वास गर्ने वातवरण बनाइदिए । संसद भवनमा सांसदहरुले पीएचडी गरेका अर्थमन्त्रीहरुले पीएचडी नगरेका अर्थमन्त्रीजति पनि काम गर्न सकेनन् । र, अलोकप्रिय भए भनेर त्यसै भनेका होइनन् ।

यतिबेला नवनियुक्त अर्थमन्त्रीका सामू कोरोनाको विशाल संकट ढोकैमा उभिएको छ । मानिसहरु ठान्छन् कि उनी सबैलाई मिलाएर जाने सक्ने स्वभाव भएका नेता हुन् । अघिल्लो पटक उनी अर्थमन्त्री हुँदा बजेटमार्फत् ल्याएको बहुवर्षिय ठेक्का तथा केही कार्यक्रमका आधारमा यस्तो टिप्पणी गरिएको हुनसक्छ ।

मानिसहरुलाई रिझाउने कला एउटा हो । त्यसमा कमै मान्छेको मात्र स्वभाव र व्यवहार हुन्छ । तर, विषम अवस्थामा टालटुल मिलाउने कुराले कुनै अर्थ राख्दैन । अर्थतन्त्रको आकार पातालमा भासिन थालेको बेला बोल्ड डिसिजन आवश्यक पर्छ । र, त्यसको कार्यान्वयन जरुरी रहन्छ ।

बिपक्षी पार्टीका अर्थशास्त्रीहरुलाई पनि बोलाएर सरसल्लाह गर्ने, अरुका कुरा सुन्ने, मिठो र नरम बोल्ने पौडेलको विषेशताले उनका धेरै कमी कमजोरीहरु पनि आलोचनाभन्दा दूर हुने संभावना छ ।

खतिवडाले बसालेको गलत विरासत तथा प्रणालीका कारण आम मानिसले नेकपा नेतृत्वको सरकारलाई जुन जोगी आएपनि कानै चिरेको विशेषण दिएका छन् । अब पौडेललाई कान कट्टा जोगी भन्ने कि देशका लागि केही गर्ने त्यागी साधु बन्ने भन्ने अवसर आएको छ ।

देशको आर्थिक विकास नहुनुमा विज्ञ र पीएचडीधारी अर्थमन्त्री नभएको भनेर विगतमा आम जनतामा भ्रम परेको रहेछ भनेर डा. खतिवडाले पुष्टि गरिसकेका छन् । फलस्वरुप पौडेलको शैक्षिक योग्यताको विषयलाई लिएर सायदै यो कार्यकालमा धेरै प्रश्न नउठ्ला । आलोचना नहोला ।

‘टेक्नोक्रेट’ले बिगारेको अर्थतन्त्र सुधार्ने जिम्मा राजनीतिका चतुर खेलाडी बिष्णु पौडेललाई

अर्थ मन्त्रालयमा एकसय एक काविल कर्मचारीहरु छन् । उनीहरुको उपयुक्त प्रयोग गर्न सकेको खण्डमा पौडेललाई सफल अर्थमन्त्री भएर निष्कन कुनै समस्या पर्दैन ।

तर त्यसका लागि खतिवडाले जसरी नियुक्ति भएकै दिन आफ्ना जोरीज्वाईंलाई अर्थ मन्त्रालय झिकाएर नाताबाद कृपाबादको बिऊ सिंहदरबारमा रोपेका थिए । पौडेल भने त्यसबाट मुक्त हुनैपर्छ ।

अर्थतन्त्रको सुधारसँगै नेपालीका चाडबाड मुखैमा आएको छ । कोरोनाका कारण बेरोजगारीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा गएका (भारत बाहेक) झण्डै डेढ लाख नागरिक स्वदेश फर्केका छन् । उनीहरुलाई देशभित्रै राख्ने गरी काम दिने दायित्व पनि उत्तिकै छ ।

वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन

नारामा समाजवादको गफ लगाए पनि व्यवहारमा भने एकाधिकार दलाल पूँजीवादको सैद्दान्तिक धरातल (क्रोनि क्यापिटलज्मि)मा उभिएको नेकपाको सरकारले कोरोनाका कारण खानाको खोजीमा रत्नपार्कमा छाक खोज्दै आएका नागरिकलाई कुनै वास्था गर्न सकेको छैन । एक गाँस भातका लागि घण्टौं लालाबाला बोकेर सडक नापेकालाई सरकार भएको र नभएको कुनै फरक परेको छैन ।

ठूला उद्योगीदेखि साना व्यापारी तथा नवउद्यमीहरु कोरोना र लकडाउनको भूंग्रोमा पिल्सिएर छटपटाइरहेका छन् । तर, खतिवडाको बजेटले कोरोना र लकडाउनको त्रासदीपूर्ण अवस्था नजरअन्दाज गर्दै रेल र पानीजहाज र नेतालाई पैसा बाँड्नमा केन्द्रित रह्यो । खतिवडाको बजेट ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ जस्तो छ । त्यसैले पूरक बजेट ल्याएर समस्याको भूंग्रोमा पिल्सिरहेका उद्योगी, व्यवसायीलाई विभिन्न वित्तीय तथा मौद्रिक उपकरणयुक्त राहतको दम्कलको फोरामार्फत् पूरानै अवस्थामा फर्काउनूपर्ने छ ।

कोरोनाका कारण रोजगारी खोसिएको र अनौपचारिकरुपमा व्यापार व्यवसाय गर्ने सबैभन्दा बढी मारमा परेका छन् । राष्ट्र बैंकले पुनरकर्जा तथा केही राहत घोषणा गरेपनि त्यसको कार्यान्वयन कस्तो हुने र अर्थतन्त्रमा कस्तो असर पर्ने हो भन्ने बारेमा अहिल्यै केही भन्न सकिने अवस्था छैन । मूल्यवृद्धि उच्च छ । आर्थिक वृद्धिदर गत आवमा जस्तै चालु आवमा समेत पूरा नहुने अवस्था छ ।

अर्थतन्त्रलाई चलायनमान बनाउने उपकरण तथा औजारहरुको प्रयोगमा खतिवडा जति रुढीवादी थिए, पौडेल त्यति जडसुत्रवादी नहोलान् भन्ने अपेक्षा छ । किनभने खतिवडा फगत एउटा कर्मचारी थिए । ओलीको आशीर्वादले अर्थमन्त्रीजस्तो पद प्राप्त गर्न सफल भएका थिए ।

तर, पौडेल राजनीतिक व्यक्ति हुन् । ओली नरहँदा पनि उनले आफ्नो करियर सोच्नुपर्छ ।

युवराज सर, राजदूत भएर अमेरिका उड्नुअघि तपाईंले गरेका उपलब्धि जानकारी गराइदिनोस् न प्लिज

तर, उखान टुक्का सुनाएर बेसार खाने सल्लाह दिने प्रधानमन्त्रीका सामू पौडेलको पोलिटिकल क्यालिबर कति चल्छ भन्ने नै उनको दोस्रो इनिङको अर्को चुनौती छ ।

किनकी अर्थतन्त्र विश्वासमा अगाडि बढ्छ, विश्वास भन्ने कुरा नै महत्वपूर्ण मात्रै नभई सबैभन्दा अहम् विषय हो । मानिसहरु भाषण र आश्वासनमा होइन परिणाममा खोज्छन् ।

किनकी भाषणले च्यूरा झिज्दैन भन्ने कुरा नेपालको इतिहासले सिद्ध गरिसकेको छ । भाषणले नै हुन्थ्यो भने त ओलीले यतिखेर नेपालाई राम राज्य मात्रै घोषणा गर्न बाँकी रहन्थ्यो ।

पानीजहाज र रेलको तत्काल पूरा नहुने सपना देखाएर साना मसिना कामै नगर्ने, जनताको दैनिक समस्यामा नजरअन्दाज गर्ने प्रवृत्ति नेकपाको सरकार गठन भएको ३ वर्ष पुग्न लाग्दा आम नागरिकले राम्रैगरी देखेका छन् ।

कोरोना प्रभावित नागरिकलाई राहत दिन पौडेलले कस्ता कार्यक्रममा जोड दिन्छन् भन्ने कुराले उनको पहिलो दिनदेखिको कार्यकाल कस्तो रहने भनेर संकेत गर्दछ ।

अर्थतन्त्रलाई चलायनमान बनाउने उपकरण तथा औजारहरुको प्रयोगमा खतिवडा जति रुढीवादी थिए, पौडेल त्यति जडसुत्रवादी नहोलान् भन्ने अपेक्षा छ । किनभने खतिवडा फगत एउटा कर्मचारी थिए । ओलीको आशीर्वादले अर्थमन्त्रीजस्तो पद प्राप्त गर्न सफल भएका थिए । तर, पौडेल राजनीतिक व्यक्ति हुन् । ओली नरहँदा पनि उनले आफ्नो करियर सोच्नुपर्छ ।

त्यसो त बजेट खतिवडाले बनाएका छन् । त्यसलाई हुबहू कार्यान्वयन गर्ने वा कोरोनाकाललाई केन्द्रमा राखेर समीक्षा गरेर अगाडि बढ्ने भन्ने कुराको आगामी दिन निर्धारण गर्दछ । यसर्थ, कोरोना प्रभावितलाई राहतको महशुस गराउन प्रधानमन्त्री ओलीलाई कन्भिन्स गरेर पूरक बजेट ल्याउनुपर्ने चुनौति पौडेल सामू छ ।

किनभने ठूला उद्योगीदेखि साना व्यापारी तथा नवउद्यमीहरु कोरोना र लकडाउनको भूंग्रोमा पिल्सिएर छटपटाइरहेका छन् । तर, खतिवडाको बजेटले कोरोना र लकडाउनको त्रासदीपूर्ण अवस्था नजरअन्दाज गर्दै रेल र पानीजहाज र नेतालाई पैसा बाँड्नमा केन्द्रित रह्यो । खतिवडाको बजेट ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ जस्तो छ ।

त्यसैले पूरक बजेट ल्याएर समस्याको भूंग्रोमा पिल्सिरहेका उद्योगी, व्यवसायीलाई विभिन्न वित्तीय तथा मौद्रिक उपकरणयुक्त राहतको दम्कलको फोरामार्फत् पूरानै अवस्थामा फर्काउनूपर्ने छ ।

अघिल्लो पटक भूकम्प, भारतको नाकाबन्दी तथा मधेश आन्दोलनको विषम अवस्थामा कमाएको नामलाई अगाडि बढाउने कि केवल ओलीको उखानको बखानमा रमाउने नवनियुक्त अर्थमन्त्री पौडलको अर्को चुनौति छ ।

अर्थतन्त्रलाई सहयोग गर्ने ठानिएको विप्रेषण आगामी दिनमा घट्ने सम्भावना बढेर गएको छ । यद्यपी, गत आवमा झण्डै ९ खर्ब विप्रेषण भएको तथा गत साउनमा ९२ अर्ब विप्रेषण आप्रवाह भएको छ । वैदेशिक रोजागारीको गन्तव्यहरुमा कोरोना कहरले समस्यामा परेको छ । तत्काल विप्रेषणमा कुनै समस्या नदेखिए पनि आगामी दिनमा त्यसले नकारात्मक प्रभाव पार्ने अवश्यभावी नै छ ।

जे होस् देशको ढुकुटी सम्हाल्ने दोस्रो मौका पाएका पौडेलले कस्तो व्याटिङ गर्लान् त्यो भने एकाध दिनमा नै देखिने छ । किनकी दिनको संकेत बिहानी नै गर्ने भएकाले धेरै भनिरहनु पर्दैन ।

नयाँ संविधान जारी भएपछि बजेट कार्यान्वयनमा कुनै समस्या ननआओस् भनेर जेठ १५ गते नै बजेट ल्याउने परम्परा बसालियो । झण्डै दुइतिहाई जनमतप्राप्त नेकपाको सरकारले चालुसहित ३ वटा बजेट ल्याइसकेको छ । अब यो सरकारलाई मात्रै २ वटा बजेट ल्याउने अवसर छ । आर्थिक वर्ष शुरु हुनुभन्दा पहिल्यै बजेट ल्याइए पनि पूँजीगत खर्च गराइएको अवस्था विकराल रहेको छ । कुनै पनि आयोजना समयमा नै सम्पन्न भएका छैनन् ।

राष्ट्रिय गौरवका भनिएका आयोजनाको हालत दुरुहपूर्ण र रुग्ण आयोजनाको भन्दा फरक छैन । झन् यस पटक त कोरोनाको बहाना बनाएर कुनै पनि आयोजना अगाडि बढ्ने संकेत छैन ।

गत आवमा नै सम्पन्न हुने भनिएको माथिल्लो तामाकोशी, भैरहवा विमानस्थल, जलविद्युत् आयोजना तथा अन्य सडक पूर्वाधार आयोजनाको काम अगाडि बढ्न सकेको छैन । मेलम्ची खानेपानी आयोजनाको अवस्था उस्तै रहेको छ ।

पौडेलको दोस्रो इनिङमा कोरोनासँग जुध्दै पूँजीगत खर्च बढाउने चुनौती रहेको छ । अघिल्ला आर्थिक वर्षमा जे जे भने पनि पूँजीगत खर्चको अवस्था दुरुहपूर्ण रहेको थियो ।

प्राप्त सरकारले विकास निर्माणको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा विपरित हवाई कल्पनामात्रै बिक्री गर्ने साजिस गरियो ।

नवनियुक्त अर्थमन्त्री पौडेलमाथि लाग्ने गरेको गंभीर आरोप भनेको उनी आर्थिक मामिलामा अलि कमजोर छन् । राष्ट्र ढुकुटीको चाबी लिएका पौडेलले आफूलाई कसरी ‘निट एण्ड क्लिन’ राख्न सक्लान् त्यसले पनि आगामी दिनमा उनको खास मूल्यांकन हुनेछ । होइन भने ‘चोरलाई चाबी’ भन्ने उखानले सिंगो देशलाई गिज्याउँछ ।

आम रुपमा समाजमा व्याप्त निराशालाई आशामा बदलेर कोरोनाका कारण समस्यामा फसेका नागरिकलाई विश्वास दिलाएर अवसरमा बदल्न नवनियुक्त अर्थमन्त्रीले कस्तो कदम चाल्ने हो भन्ने अर्को संगीन चुनौती छ ।

खतिवडा कानूनमा चल्न खोजे, व्यवहारिक हुन सकेनन् । समस्या लिएर आउने मानिसलाई राम्रो मुखका साथ समस्या सुनिदिने र समाधानका लागि पहल गरिदिएर पनि मानिसलाई विश्वास दिलाउन सकिन्छ । जुन कला नवनियुक्त अर्थमन्त्री पौडेलमा छ । उनको वाक्कला सबैलाई मोहित र चकित पार्ने छ । जसकारण समस्या सुनाउन गएकाहरु हाँस्दै फर्काउन सक्ने ल्याकछ राख्छन् पौडेलले । तर अब आश्वासनका पोका बाँडेर होइन, ब्यवहार र कार्यान्वयनमा प्रमाणित गरेर जगत खुसी बनाउनु पर्ने हुन्छ ।

हाम्रा योद्दा अर्थमन्त्रीः न कान सुन्छन्, न आँखा देख्छन्, न त कुरा नै बुझ्छन्

खतिवडा अढाई वर्षको अवधिमा कहिल्यै व्यवहारिक हुन सकेनन् । मानिसहरुलाई जान्ने भनिएका र डाक्टरका उपाधी लिएका मानिस झनै बज्रस्वाँठ हुन्छन् भनेर बौद्धिक जगतलाई नै अविश्वास गर्ने वातवरण बनाइदिए । संसद भवनमा सांसदहरुले पीएचडी गरेका अर्थमन्त्रीहरुले पीएचडी नगरेका अर्थमन्त्रीजति पनि काम गर्न सकेनन् । र, अलोकप्रिय भए भनेर त्यसै भनेका होइनन् ।

पौडेलका लागि अर्थमन्त्रालयमा खतिवडाको भूतले समेत तर्साउन सक्छ । त्यो भूतलाई कसरी उनले परास्त गरेर राजनीतिक संस्कार देखाउलान् त्यो भने आगामी दिनले नै देखाउँछ ।

अर्थतन्त्रलाई भी सेपमा उकालो लगाउने वा डब्ल्यू सेपमा अगाडि बढाउने भन्ने नै सबैभन्दा ठूलो चुनौती हो पौडेलको दोस्रो इनिङ । किनकी संसारभर नै कोरोनाले पारेको प्रभावका कारण आगामी दिनमा अर्थतन्त्रको आकार कसरी अगाडि बढ्छ भन्ने बारेमा केही भन्न नसकिएको स्वयम् अर्थशास्त्रीहरुको टिप्पणी छ ।

छिमेकी देश भारतमा कूल ग्राहस्थ उत्पादनमा कोरोनाले २४ प्रतिशतको गिरावट देखिएको छ । चीन बाहेक अन्य विकसित भनिएका देशको अर्थतन्त्र नकारात्मक भएको छ । यस्तो अवस्था दातृ निकाय तथा बहुपक्षीय निकायलाई उनले कसरी विश्वासमा लिएर अगाडि बढ्लान् भन्नेमा पौडेल कति सफल हुने वा असफलताको टिका लगाएर निस्कने भन्ने कुरा अन्तरनिहित हुन जान्छ ।

यो पटक देश र जनतालाई केन्द्रबिन्दूमा राखेर जनताको वाहवाही जित्दै मुलुकलाई सम्मृद्ध बनाउन सके भने भोलि पार्टी वा सरकार प्रमुखले उनलाई हटाउँदा लाखौं सर्वसाधारण समर्थमनमा सडकमा उत्रिने छन् । जसरी विद्युत प्राधिकरणका प्रमुख कुलमानलाई पुनः नियुक्ति नगर्दा कोरोनाको प्रवाह नगरी हजारौं सर्वसाधारण उनको पुनः नियुक्तिको माग गर्दै सडकमा उत्रिएर प्रहरीको दमन सहन तयार भए ।

यस्तै, व्यापारघाटाको कोणबाट हेर्दा मुलुकको बजेटकै हाराहारीमा घाटा रहेको छ । सरकार निर्यात बढेको रटान लगाइरहँदा त्यसले अर्थतन्त्रमा खास प्रभाव पार्ने अवस्था देखिदैन । बरु दैनिक उपभोग्य वस्तुको आयात वर्षेनी बढ्दै गएको छ । आयातमूखि अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्र बनाउन मिठा भाषणले मात्रै हुँदैन । ठूलो दिल बनाएर स्वदेशी लगानीकर्ताप्रति उदारता देखाउन पनि सक्नुपर्छ ।

निर्यातका लागि उल्लेखनीय रहेका पाम आयललगायतमा भारतले लगाएको रोकावटका कारण समस्या ज्यूँका त्यूँ छन् । बढ्दो व्यापारघाटाका कारण अर्थतन्त्रमाथि निरन्तर दबाव रहँदै आएको छ । त्यो यसवर्ष पनि कायमै रहनेछ ।

यस्तै ठूला परियोजनाका लागि वैदेशिक लगानी नल्याइ नहुने अवस्था छ । तर कोरोनाका कारण सबैतिर समस्या परेको बेला हाम्रो जस्तो प्रभाव कम भएको देशले कसरी वैदेशिक लगानी आर्कषित गर्ला भन्ने अहम् प्रश्न पनि उत्तिकै उठेको छ ।

योद्धा अर्थमन्त्रीलाई खुल्लापत्र

स्वदेशी लगानी पनि आशातित रुपमा बढ्न सकेको छैन । किनकी कोरोना कहर तथा नीतिगत एवम् सरकारी कर्मचारीका कारण लगानी गर्न ठिक्क परेका व्यवसायीसमेत मैदानमा उत्रन तयार देखिँदैनन् । अघिल्ला अर्थमन्त्री खतिवडाको शैलीका कारण सरकारलाई विश्वास गर्न नसकेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई विश्वासमा लिनसक्नु पौडेलको अर्को चुनौति हो ।

कोरोनाको संक्रमणबाट जोगिन मुखमा मस्क लगाएर अर्थमन्त्रालय प्रवेश गरेका पौडेल मास्क खोलेर मन्त्रीबाट बाहिरिन सकुन् ।

औद्योगिक वातावरण बनाउनुको साटो सरकार आयातमा आधारित अर्थव्यवस्थालाई मात्रै मलजल गरिरहेको छ । यस्तो अवस्थामा अर्थमन्त्रीले के कस्तो नीति अगाडि सार्छन र त्यसलाई कसरी कार्यान्वयन गर्छन् भन्ने कुराले धेरै विषय निर्धारण गर्दछ ।

जे होस् देशको ढुकुटी सम्हाल्ने दोस्रो मौका पाएका पौडेलले कस्तो व्याटिङ गर्लान् त्यो भने एकाध दिनमा नै देखिने छ । किनकी दिनको संकेत बिहानी नै गर्ने भएकाले धेरै भनिरहनु पर्दैन ।

आरोप गलत सावित गर्ने अवसर

नवनियुक्त अर्थमन्त्री पौडेलमाथि लाग्ने गरेको गंभीर आरोप भनेको उनी आर्थिक मामिलामा अलि कमजोर छन् । राष्ट्र ढुकुटीको चाबी लिएका पौडेलले आफूलाई कसरी ‘निट एण्ड क्लिन’ राख्न सक्लान् त्यसले पनि आगामी दिनमा उनको खास मूल्यांकन हुनेछ । होइन भने ‘चोरलाई चाबी’ भन्ने उखानले सिंगो देशलाई गिज्याउँछ ।

पौडेलको विगत राम्रो मानिएको भएपनि पछिल्ला दिनका बालुवाटार जग्गा प्रकरणमा मुछिए । त्यस्तै, प्रदेश नं ५ को राजधानी मन्त्री पदसँग साटेको जस्ता आरोप पनि लागेको छ । झट्ट हेर्दा त्यस्तै देखिन्छ पनि । यो आरोपमा बुटवलबासीलाई विश्वासमा लिन नसके २ वर्षपछिको चुनावमा उनले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

आफूलाई कुनै समय बुटवलको सुकुम्बासी बताउँथे पौडेल । तर बालुवाटार जग्गाकाण्डमा नाम जोडिएका र शक्तिको प्रभावमा अख्तियारको कारवाहीबाट जोगाएको जस्ता विषयले उनको नैतिकतामाथि सँधै गंभीर प्रश्न उठिरहेने छ ।

खासगरी उनको सम्बन्ध केही विवादास्पद व्यापारी तथा विचौलियासँग पनि जोडिएको छ । नेपालका जलविद्युत् आयोजना कब्जा गर्ने र काम भने नगर्ने भनेर परिचित दीपक भट्टका दाजुभाइसँग उनको नाम जोडिनु दुखद पक्ष हो ।

राजनीति गर्नेहरुका सामू यस्ता प्रश्नहरु उठ्छन् । विवादास्पद व्यक्तिसँग नाम पनि जोडिन्छ । तर, पदमा पुगिसकेपछि केही जनमूखी र राम्रा कामहरु गर्न सकेको खण्डमा जनताले पूराना कुरा बिर्सिदिन्छन् ।

नेपालमा एउटा समस्या छ सार्वजनिक पद प्राप्त गरेपछि आफू, आफ्नो परिवार-आफन्त, आफ्नो गुट, आफ्नो पार्टीलाई केन्द्रविन्दूमा राखेर काम गर्ने चलन छ । विगतमा पौडेलले यस्ता काम गरेनन् भन्न सकिँदैन ।

दोस्रो इनिङ भनेको उनको करियरको उत्तरार्धमा आएको ठूलो अवसर हो ।

त्यसैले यो पटक देश र जनतालाई केन्द्रबिन्दूमा राखेर जनताको वाहवाही जित्दै मुलुकलाई सम्मृद्ध बनाउन सके भने भोलि पार्टी वा सरकार प्रमुखले उनलाई हटाउँदा लाखौं सर्वसाधारण समर्थमनमा सडकमा उत्रिने छन् । जसरी विद्युत प्राधिकरणका प्रमुख कुलमानलाई पुनः नियुक्ति नगर्दा कोरोनाको प्रवाह नगरी हजारौं सर्वसाधारण उनको पुनः नियुक्तिको माग गर्दै सडकमा उत्रिएर प्रहरीको दमन सहन तयार भए ।

कोरोनाको संक्रमणबाट जोगिन मुखमा मस्क लगाएर अर्थमन्त्रालय प्रवेश गरेका पौडेल मास्क खोलेर मन्त्रीबाट बाहिरिन सकुन् भन्ने कामना ।


पुष्प दुलाल