के साँच्चै चीनले वुहानको ल्यावबाट कोरोना भाइरस जानाजान लिक गरेको हो ?



बाल्टिमोर । कोरोना भाइरसले विश्वभर तहल्का मच्चाइरहेको बेला यहाँको राष्ट्रिय सञ्चार माध्ययमले भने कोरोना भाइरस प्राकृतिक रुपमा चमेरोबाट मानिसमा नसरेको बताएका छन् ।

चिनिया गोप्य स्रोतलाई उल्लेख गर्दै बुधबार यहाँको फक्सन्यूजले कोरोना भाइरस अहिले भनिएजस्तो जैविक हतियार नभएको तर यो प्राकृतिकरुपमा चमेरोबाट नसरेको दाबी गरेको हो ।

‘विस्वस्त आधारहरु तयार भइरहेका छन्, चीनले अमेरिकासँग प्रतिष्प्रर्धा गर्नका लागि जानजान यो भाइरस परिक्षण गर्ने ल्याबबाट लिक गराएको भन्ने आधारलाई बल पुग्ने प्रमाणहरु जुटिरहेका छन् ।’ समाचारमा भनिएको छ ।

जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?

चिनियाँ स्रोत जसले चिनियाँ सरकारलाई भाइरस रोकथामको विषयमा तत्काल ठोस कदम चाल्न आग्रह गरेको थियो । यसैसम्बन्धी प्रमाण भेटिएको भन्दै फक्सन्यूजले लेखेको हो ।

‘यो चिनियाँ सरकारले चालेको सबैभन्दा घातक कदम हुनसक्छ,’ स्रोत भन्छ ‘यस अगाडिका समाचारहरुमा जनाईएअनुसार यो भाईरस मानव निर्मित जैविक हतियार होईन । तर चमेरोबाट परिक्षणको लागि ल्याबमा ल्याइएको भाइरसलाई जानाजान फैल्याईएको हो ।’

कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)

जसले ल्याबमा काम गर्यो त्यसले वुहानका जनतामा फैलाएको हुनसक्ने दाबी समाचारमा गरिएको छ । यो विषयमा भरपर्दो र विश्वास गर्न बाध्य पार्ने कार्यपत्रहरु बाहिर आएको फक्सन्यूजको दाबी छ ।

‘हामीले हाम्रो स्रोतलाई प्रमाण दिनको लागि आग्रह गरेका छौं,’ समाचारमा भनिएको छ ।

यस विषयमा बुधबार भएको पत्रकार सम्मेलनमा फक्स न्यूजका समाचारदाता जोन रोबर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोधेका थिए ।

जवाफमा ट्रम्पले आफूले पनि धेरै भन्दा धेरै सुनेको तर यो गम्भीर अवस्थामा धेरै तबरबाट परिक्षण गरिरहेको बताएका थिए ।

कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?

चीनमा सबैभन्दा पहिला संक्रमित फेला परेको डाक्टर रिपोर्ट अनुसार चीनको त्यो स्थानमा कोरोना संक्रमित फेला परेका थिए । जुन स्थानमा चमेरोको विक्री वितरण प्रतिबन्ध लगाइएको वा बिक्री हुँदैन थियो ।

‘चीनले वुहानको मासु बजारबाट संक्रमण फैलिएको भन्नुलाई नै संस्कास्पद रुपमा लिईएको छ,’ फक्स लेख्छ ‘यो ल्याबबाट भएको कमजोरी लुकाउने वा ध्यान अन्त मोड्ने चालबाजी हुनसक्छ ।’

रिर्पोटमा चीनले अमेरिका र ईटलीलाई नै लक्षित गरेको र त्यसमा सफल भएको आरोप पनि लगाइएको छ ।

अमेरिकी दुतावासका अधिकारीले सन् २०१८ को जनवरीमै वुहानमा रहेको वायोजोजिकल ल्याबको सुरक्षाको विषयमा कुरा उठाएका थिए ।

प्राप्त जानकारी अनुसार उक्त ल्याबमा २०१८ देखि नै कोरोना भाइरस प्रजातिको अध्ययनको लागि चमेरोबाट नमुना संकलन गर्ने गरिएको थियो । यता वासिंटन पोष्टले पनि मंगलबार उक्त ल्याबमा यस अगाडिदेखि नै कोरोना भाइरसको अध्ययन हुने गरेको लेखेको छ ।

दक्षिण कोरियाले कसरी जित्यो कोरोनाविरुद्धको लडाइ ? अरु देशका लागि हुन सक्छ उदाहरण

कोरोना सम्बन्धि रिपोर्टको प्रतिक्रिया दिँदै यहाँको स्टाफ प्रमुख जनरल मार्क मिल्लीले भने ‘यो कुनै सरप्राईज हुन सक्दैन, हाम्रो धेरै गुप्तचर विभागले यो विषयमा चासो राखेको छ । र, अहिलेको अवस्थामा हामी यति मात्रै भन्न सक्छौं । तर प्रमाणहरुले भाइरस प्राकृतिक भएको यो कसरी फैलियो भन्नेमा हामीलाई जानकारी भईसकेको छैन ।’

वास्तवमा अमेरिकाले यो भाइरसको सुरुवात हुनुभन्दा पहिला ‘प्रिभेन्ट’ नामको चीनिया कार्यक्रममा सहयोग गरेको थियो । फ्रान्स सरकारले वुहानमा रहेको र अहिले भाइरस लिक भएको भनिएको ल्याब बनाउन सहयोग समेत गरेको थियो ।

यता चीनमाथि कोरोना संक्रमितहरुको तथ्यांक लुकाएको आरोप पनि लगाइएको छ । चीनले सार्वजनिक हुनुभन्दा अगाडि तथ्यांकलाई प्रसोधन र परिवर्तन गर्ने गरेको र केही प्रारम्भीक संक्रमणको रिपोर्टहरु लुकाएको आरोप समाचारमा लगाईएको छ ।

‘त्यहाँ केही डाक्टर र पत्रकारहरु अहिले भुमिगत छन् जसले भाइरसको विषयमा पहिलो पटक मुख खोलेका थिए,’ समाचारमा भनिएको छ ।

जब भाइरस एक व्यक्तिबाट अर्कोमा सर्छ भन्ने जानकारी डाक्टरले दिए । तत्काल चीनले चीनभित्र नै वुहानसँग सम्बन्ध विच्छेद गरिदियो । तर अन्तर्राष्ट्रिय उडान रोकेन । चीनको उक्त कदमलाई पनि शंकाको घेरामा राखिएको छ ।

उता विश्व स्वास्थ्य संगठनलाई पनि कोरोना भाइरसको विषयलाई लिएर चीनलाई सहयोग गरेको आरोप लगाईएको छ । राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले विश्व व्यापार संगठनको जस्तो काम गरेको आरोप लगाए । अमेरिका संगठनको सबैभन्दा ठूलो सहयोगी राष्ट्र अमेरिका हो । कोरोना प्रकरणपछि अमेरिकाले संगठनलाई दिने सहयोग रद्द गर्ने घोषणा गरेको छ । अमेरिकाले वार्षिक ५ सयदेखि ६ सय मिलियन डलसम्म संगठनलाई अनुदान दिँदै आएको थियो ।

चीनबाट कम्पनीहरु फिर्ता गर्ने जापानको योजना

कोरोना भाइरसको कारण निर्यातमा समस्या परेपछि जापानले चीनमा रहेका आफ्ना कम्पनीहरुलाई चीनबाट बाहिर सार्न सहयोग गर्ने योजना अघि सारेको छ ।

जापानले घोषणा गरे अनुसार करिब २ अर्ब डलरको कोष बनाएर चीनमा रहेका कम्पनीहरुलाई चीन बाहिर जापान ल्याउन सहयोग गर्ने जनाएको हो ।

जापानले चीनबाहिर अरु कुनै देशमा सर्न चाहने कम्पनीलाई करिब २३ अर्ब डलर बराबरको सहयोग गर्ने योजना बनाएको छ ।

कोरोना भाइरसको कारण चीनिया राष्ट्रपतिले गर्ने भनिएको जापान भ्रमण रोकिएको केही समयमै जापानले उक्त निर्णय गरेको हो । जापान चीनको ठूलो निर्यात मुलुकमध्ये एक हो ।


पुष्प दुलाल