कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?
अमेरिकाको ९/११ स्मारकमा अहिले नयाँ फुल देखिएका छैनन । अमेरिकामा यो यस्तो स्थान हो जहाँ हरेक समय गुलाफ र गुलनारका ताजा फुलहरु सजिएको देखिन्थ्यो । पोस्टकार्ड आकारमा अमेरिकी झन्डा, प्लास्टिकको एक अस्थायी पर्खालपछाडि यी सुनसान स्थानमा रहन्थे ।
अमेरिकाको न्यूयोर्क सहरमा जहिले पनि चमक–धमक हुने प्रसिद्ध क्षेत्र ‘ब्रोडवे’ जहाँ गोराहरुको वंशजको महानताको उदाहरण पनि मानिन्छ त्यहाँ जहिले पनि चलहपहल हुन्थ्यो । तर यहाँ पनि अहिले सन्नाटा जस्तै छाएको छ ।
त्यहाँको प्रसिद्ध ट्रेन स्टेसन भुतहा घर जस्तै बनेको छ । यद्यपि न्यूयोर्कको विश्वप्रसिद्ध म्यानहाटम क्षेत्रबाट स्टेटन आइल्यान्डमा आउने डुंगाहरु, स्ट्याचु अफ लिबर्टीहुँदै अहिले पनि न्यूयोर्कको खाडीबाट गइरहेको देख्न सकिन्छ ।
तर यदी त्यहाँ राम्रोसँग हेर्ने हो यात्रु भने देखिन्नन् । कुनै बेला यात्रुको चापले ठेलिँदै यात्रा गर्नुपर्ने टाइम्स स्वायर अहिले यस्तो देखिँदैछ मानै विश्वका मानिस अहिले अकाल भोगिरहेका छन् ।
हाम्रो पूरै ग्रहमा फैलिएको कोरोना भाइरसको महामारीको डलर यस्तो बढेको छ कि अब कोही पनि विश्वको चौराह मानिने यस क्षेत्रमा भेटघाट गर्न तयार छैनन् ।
न्यूयोर्क सहर जो आफ्नो जबरजस्त उर्जा र उत्साहका लागि प्रसिघ थियो, त्यो न्यूयोर्क सहर बडा गर्वका साथ भन्थ्यो कि कहिल्यै सुतेको छैन, त्यही न्युयोर्क सहर अब कुम्भकर्ण जस्तै सुत्न बाध्य भएको छ ।
आज न्यूयोर्क सहरमा कोरोना भाइरस संक्रमणका यति धेरै बिरामी छन् कि अमेरिकाका अन्य क्षेत्र सबैको जोड्ने हो भने पनि न्यूयोर्कभन्दा कम नै हुन्छ । यस्तोमा न्यूयोर्क सहर फेरि एक पटक ‘ग्राउन्ड जिरो’ भन्न थालिएको छ । यस्तोमा एक यस्तो उपाधि, जसबाट हर कोही बच्न चाह्नछ ।
अचानक आएको यो पागलपनले पूरा विश्वलाई नै एक पलमै जसरी उभ्याइदिएको छ जसरी अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको थियो ।
जसरी कुनै संकटमा कुनै मानिसको पहिचान हुन्छ, ठीक त्यसै गरी अगाडि आएको चुनौतीलाई देखेर कुनै पनि मुलुकको भूमिका देखिन्छ । यति ठूलो मात्रामा संकट अगाडि आएको अवस्था आउँदा कुनै पनि देश यस्ता चुनौती सामना गर्न कति तयार र सक्षम छ भन्ने थाहा हुन्छ ।
के डोनाल्ड ट्रम्पसँग यो आशा थियो ?
आज अब अमेरिका एक राष्ट्रव्यापी मात्रै होयन, वैश्विक संकटको सामना गरिरहेको छ । यस्तोमा हामीलाई अमेरिकाको कुन कुरा जानकारीमा आएको छ त ?
के अमेरिका सत्ताको केन्द्र, राजधानीमा हिलमा बसेका सांसद यो चुनौतीलाई सामना गर्नका लागि तयार छन् ? याद रहोस कि यी ती अमेरिकी सांसद हुन जो बर्षौदेखि विधायकी खेलको तालाबन्दीमा कैद छन् । यो अमेरिकी संसदिय व्यवस्थालाई आफ्नो पोल्टामा लिने यस्तो सत्ताको खेल हो जुन दुबै पार्टीबीचको आपसी दुश्मसीको प्रतिफल हो ।
यदी त्यसो हो भने यो महामारीबाट उत्पन्न भएको चुनौतीसँग लड्नका लागि कुन हदसम्म एकजुट हुनका लागि तयार छन् त ? र, त्यो मानिसका बारेमा के सोच्नुहुन्छ ? जो ह्वाइट हाउसको विश्व प्रसिद्ध ओभल आफिसमा विक्टोरियाको उपहारमा पाएको एतिहासिक र प्रसिद्ध ‘रिजोल्युट डेस्क’को पछाडि बस्छ ? साथै जसले आफूले आफैलाई ‘युद्धको दौरको राष्ट्रपति’का रुपमा मानेको छ ।
यी तीन प्रश्नमा आखिरी प्रश्न, सबैभन्दा कम रोचक हुनेवाला छ । यसको ठूलो कारण यो हो कि डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संकटसँग लड्नका लागि जस्तो व्यवहार गरेका छन्, हामीलाई त्यहाँ बढी आशा पनि थिएन । उनी अहिले पनि ठूला र समझदार भइसकेका छैनन । उनले आफ्नो गल्ती मान्न अहिले पनि सिकेका छैनन । उनमा बिनम्रता त एक चिम्टी पनि छैन ।
परन्तु डोनाल्ड ट्रम्पको शासनकालको उनमा जति समस्या थियो त्यो यस संकटमा अझ बढेर आएको देखियो । उनका ठूला ठूला दाबीमा पहिले हाँसो लाग्ने कुरामा अहिले हाँसो लाग्न छाडिसकेको छ ।
ट्रम्पले यस संकट समाधानमा आफूले चाहेका कदममा १० मा १० नम्बर नै दिएका छन् । उनले यस संकटले जसरी राजनीतिकरण गरेका छन् त्यो पनि एक उदाहरण हो । जबकी यो संकटसँग राजनीति जोड्न कुनै पनि हालतमा अर्थपूर्ण थिएन् ।
ट्रम्प जब सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी)को भ्रमणमा गएका थिए, तब उनले आफ्नो राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको टोली लगाएका थिए । जसमा ठूला अक्षरमा देखिएको थियो ‘किप अमेरिका ग्रेट’ अर्थात् अमेरिकालाई महान बनाइ राख्नुहोस् ।
सत्यलाई तोड मरोड गरी पेश गर्ने ट्रम्पको तरिका गोलमटोल छ । ट्रम्पको के दाबी छ भने उनले यस संकटको भयाभय अवस्थालाई पहिले नै सम्झेका थिए । जबकी सत्य ते को हो भने कैयन सातासम्म उनले यो सानोतिनो बिरामी भन्दै खारेज गरेका थिए ।
मजाक उडाउने नेता
ट्रम्पले आफ्नो लापरबाहीमाथि प्रश्न उठाउने मिडियालाई उनी ‘फेक न्यूज मिडिया’ भन्दै हरेक पटक जसो यस पटक पनि खारेज गर्न थालेका छन् । यस विषयमा एक पत्रकारले उनीमाथि गरेको कडा हमलाबारे चर्चा गर्न जरुरी छ ।
जब ह्वाइट हाउसका एक संवाददाताले ट्रम्पसँग सोधे कि डराएका अमेरिकी नागरिकका लागि उनको के सन्देश छ ? तब राष्ट्रपतिले भनेका थिए– ‘म उनीहरुलाई तिमी निकै घटिया संवाददाता हौ भन्न चाहन्छु ।’
ट्रम्पको छिछोरापना÷हल्कापना तथा चिडचिडाउने बानी त्यस बेला फेरि एकपटक उजागर भएको थियो । जब उनले सिनेटर मिट रोमनीलाई आफै आइसोलेसनमा जाने विषयलाई मजाक उडाएका थिए । मिट रोमनी एक मात्रै यस्ता रिपब्लिकन सिनेटर थिए, जसले ट्रम्पको विरुद्धमा महाभियोग लगाएर पदबाट बर्खास्त गर्नका लागि भोट गरेका थिए ।
डोनाल्ड ट्रम्प लगातार ती अमेरिकी संस्थामा हमला गर्दथे जो यस संकटसँग लड्नका लागि सबैभन्दा अघिल्लो मोर्चामा थिए । जुन दिन राष्ट्रपति पदको मञ्चमा उभिएर अमेरिकाको सबैभन्दा कडा ट्राभल एड्भाइजरी जारी गरिएको थियो र अमेरिकी नागरिकलाई अन्तर्राष्ट्रिय यात्रा नगर्न भनिएको थियो, सोही दिन उनले आफ्नो विदेश विभाग अर्थात् स्टेट डिपार्टमेन्टको डिप स्टेट डिपार्टमेन्ट अर्थात बलियो क्षमताको गुप्तचर विभागलाई साधारण भनेका थिए ।
आँकडा तथा रेटिङमा ट्रम्पको रुचि यस्तो छ कि उनी यसका लागि कुनै पनि हदसम्म जान सक्छन् । कोरोना भाइरसको मामलाको कुरा गर्ने हो भने उनले पश्चिमी तटमा आएर अनुमति मागेको एक समुन्द्री जहाजलाई अनुमति दिएका थिएनन । र यो पन भनेका थिए कि मलाई नम्बर राम्रो लाग्छ, चाहे त्यो कुनै पनि प्रकारको किन नहोस् । तर यसका लागि हामीले कुनै जहाजको जिम्मेवारी लिन सक्दैनौं ।
किनभने त्यो हाम्रो गल्ती होइन । यसमा कोरोना भाइरस संक्रमित मानिसहरुको संख्या दोब्बर नै किन नहोस हामीलाई मतलब छैन ।
प्रचारको लोभमा ट्रम्प यतिसम्म मजबुर हुन्छन किन जे पनि बोल्छन् । अब कोरोना भाइरसको उपचारलाई नै हेर्ने हो भने ट्रम्पले यो ‘हाइड्रोक्सी क्लोरोक्विन र एजिथ्रोमाइसिन’लाई मिलाएर हामीले औषधिको इतिहासमा सबैभन्दा बढी गेम चेञ्जर उत्पादन गरेका छौं ।’ तथा ट्रम्पले यो दाबी स्वास्थ्य अधिकारीहरुले उनलाई यस्तो गलत आशा जगाउनुका साथै बचाउनका लागि प्रयास गर्ने सल्ला नदिँदासम्म गरिरहे ।
आफ्नो तारिफको पुलिन्दा
मानिसहरुको दया माया त ट्रम्पलाई छुँदापनि छुँदैन । जुन मानिसहरुले आफ्ना परिवार गुमाएका छन्, उनीहरुका लागि सहानुभुतिका लागि २ शब्द बोल्नुको साटो, संकटसँग लडिरहेका स्वास्थ्यकर्मीलाई ढाडस दिनुको साटो, उनीहरुको हौसला बढाउनुको साटो जब जब ह्वाइट हाउसमा प्रेस सम्मेलन हुन्छ आफ्नो मात्रै तारिफ गर्छन ।
जब ट्रम्प बोलिसकेपछि, उनको वफादार डेपुटी अर्थात् उपराष्ट्रपति माइक पेन्स राष्ट्रपतिको शानमा केही पुलिन्दा पढ्छन् । पछिल्लो तीन वर्षमा माइक पेन्सले ट्रम्पको प्रसंशा गर्न यसरी सिकेका छन् कि मानै उनी दरबारीया कवी हुन्, जसले राजाको शानमा कविता रच्न महानतम उपलब्धी हासिल गरेका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा गर्ने प्रेस कन्फरेन्स हेर्दा यस्तो लाग्छ कि तपाई अमेरिकामा होयन उत्तर कोरियामा हुनुहुन्छ जहाँ तानाशाहको चापलुसी गर्न अनिवार्य छ ।
उनलाई देखेर यस्तो लाग्छ कि ट्रम्पको आत्ममुग्धताको चमक उत्साहलाई बुझ्न करिब करिब असम्भव छ । यतिसम्म कि आफूलाई युद्धको अवधिको राष्ट्रपति नै घोषित गरे पनि उनको व्यवहार मानिसका लागि फ्रान्सका राजा लुई चौधौंको याद ल्याइदिन्छ । जो सुुकिला मुकिला तथा शान र शौकतसँग रहन्छन र आफ्नो तागतको समुन्द्रमा डुबुल्कि मारिरहनछन् ।
फेरि विदेशी मानिसहरुप्रति ट्रम्पको रिस त सबैलाई थाहा भएकै कुरा हो । यो रिस त उनको राजनीतिक कारोबारको एक अटुट हिस्सा नै भएको छ । जसले पटक पटक कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनिरहे । ठीक उसै गरी जब सन् २०१६ को निर्वाचनमा अमेरिकाको औद्योगिक साम्राज्यलाई खतम पार्नका लागि चीन र मेक्सिकोका आप्रवासीलाई जिम्मेवार मानेका थिए ।
उसै गरी अब कोरोना भाइरसको प्रकोपका लागि चीनलाई उनले जिम्मेदार ठहर गरेका छन् । ताकी उनी यसलाई चुनावी फाइदा बनाएर फेरि राष्ट्रपति निर्वाचनमा जित दर्ता गर्न सकुन ।
आर्थिक मामिलामा उनको प्रबन्धन क्षमता, सार्वजनिक स्वास्थ्यको मामलामा ठीक उल्टो छ । पहिलेका आर्थिक झन्झट तथा खास गरी सन् २००८ को आर्थिक मन्दिको एक ठूलो सिकाइ के थियो भने अहिले शुरुदेखि नै ठूलो निर्णय लिनु जरुरी छ । ट्रम्प यस्तो गर्न कोसिस गरिरहेका छन् ।
तर यहाँ पनि उनी आफूलाई बेच्न कै लागि धेरै समय खर्चिरहेका छन् । कोरोना संकटसँग लड्नका लागि जुन आर्थिक प्याकेजको घोषणा गरिएको छ, त्यो आँकडालाई उनले गोलमटोल गरेर निकै ठूलो र बढाइ चढाइ पेश गरिरहेका छन् । किनभने आँकडा भन्ने र सुन्नमा निकै ठूलो लाग्छन् । उनले त यसलाई विश्वको आठौं आश्चर्य समेत भन्न बाँकी राखेनन् ।
हर लोक लोभ्याउन र जनवादी नेता जस्तै डोनाल्ड ट्रम्प पनि जटिल समस्याको साधारण समाधान होस भन्ने चाहन्छन् । उनले चीनबाट आउने मानिसलाई अमेरिकी सीमा बन्द गरिदिएका छन् । जसलाई हेर्दा यो समझदारीपूर्ण फैसला हो भन्ने लागछ । तर कोरोना भाइरसको प्रकोपको सामना गर्नका लागि बहुआयामी तथा दूरगामी सोच भएको रणनीति आवश्यक पर्छ । जुन सायद ट्रम्पको क्षमताभन्दा बाहिरको कुरा हो ।
उनको शासनकाल सधै भरी नै आज र अहिले नै जिउने खालको छ । ट्रम्पको प्रशासनमा त्यो क्षमता छैन जसले सार्वजनिक स्वास्थ्यको यति ठूलो चुनौती तथा आर्थिक संकटसँग जुध्न सकोस । जबकी यी दुबै चुनौतीहरु उनको बाँकी रहेको शासनकालमा चुनौती बनिरहने निश्चित छ । चो त्यो आगामी १० महिनाका लागि होस चाहे अर्को ४ वर्षका लागि राष्ट्रपति पदमा निर्वाचित हुने होस् ।
डोनाल्ड ट्रम्पको शासनकाल सधैभरी नै आफू मनमौजी ढंगले चालउनमा यकिन राख्ने खालको छ । जमिनी स्तरमा कुनै पनि प्रगति नभए पनि उनीहरु यसलाई ठूलो उपलब्धी मान्छन् । उत्तर कोरियाको तानाशाह किम जोग उनसँग परमाणु मामिलामा भएको शीखर वार्ता यसको एक प्रमुख उदारहण नै हो ।
तर ट्रम्पले के बुझ्नु जरुरी छ भने यस्तो मामिलामा एक जादूगरका उपाय यष प्रचारवादी मार्केटिङको क्षमता यहाँ काम लाग्दैन । यो एक राष्ट्रिय आपतकाल हो । जसमा अन्य धेरै विशेषज्ञ पनि बोलिसकेका छन् । र, यसलाई बेवल ट्विट गरेर मात्रै हल गर्न सकिन्न । जसलाई प्रचारले मात्रै पार पाउन सकिन्न भने काम गर्नु जरुरी छ । आँकडाको यथार्थताबाट पछाडि हट्न पनि सकिन्न । र, ती आँकडा अमेरिकी नागरिकको मृत्यु बढाइरहेको छ ।
यस संकटबाट अमेरिकाको बारेमा के जान्ने ?
अमेरिका निकै राम्रो देश हो । र, यो अचानक भएको पन िहोइन । अमेरिका पहिलेदेखि नै यस्तो थियो । ९÷११ मा आतंकवादी आक्रमण जस्तै एक पटक फेरि कुनै संकटको सामना गर्नैका लागि पहिलो मोर्चामा योद्धा जस्तै निस्वार्थ भाव र बहादुरीको प्रमाण पेश गरिरहेका छन् ।
जसमा नर्स, डाक्टर, मेठिकm सपोर्ट स्टाफ, तथा एम्बुलेन्स ड्राइभर सबै उनीहरु सबै बलियो आत्मविश्वास र उत्साहमा काम गरिरहेका छन् । ठीक त्यसै गरी जतिबेला न्यूयोर्कको ट्विट टावरमा भएको आतंकवादी आक्रमणपछि ज्ञभलाईको भावना देखाउँदै फायर ब्रिगेडका कर्मचारीले काम गरेका थिए ।
त्यसपछि पनि फेरि स्कुलहरु खुलेका थिए । कुनै पनि पल नगुमाइ हरेक छात्रले दुरुस्तै शिक्षा पाइरहेका थिए । तथा अनलाइन माध्यमबाट बाबाबालिकालाई पढाउने सिलसिला जारी राखिएको थियो ।
हामीले मानिसकोको संकटका बेलामा लड्न सक्ने उत्साह त्यो बेला देखिएका थियौं जतिबेला मानिसहरुले आफ्नो स्टोर खुला राखेका थिए । सामानको मात्रा पर्याप्त मात्रामा उपलब्ध थियो भने खाना भने मानिसका घरसम्म पुर्याइएको थियो । अर्को शब्दमा भन्दा अमेरिकी नागरिकहरुले ठीक त्यसतै गुण देखाएका थिए जुन भावना भाइरसको प्रकोपबाट ग्रस्त अन्य कुनै देशका नागरिकले देखाएका छन् ।
केही अमेरिकीहरुको गलत चिज पनि देखियो
हामीले केही अमेरिकीहरुबाट केही फरक व्यवहार पनि पाएका छौं । जसले गर्दा हाम्रो टाउको लाजले झुकेको छ । जसरी बन्दुकका पसल अगाडि लामो लाइन देखियो, हतियारको अनलाइन बिक्री जसरी अममो डट कममा ७० प्रतिशतसम्म बढ्यो । कैयन इसाइ कट्टरपन्थिहरुले यस महामारीको संक्रमण भएको कुरालाई अस्वीकार समेत गरे । अरंकसास राज्यका एक पादरीले त भाइरस नै होइन सम्म भन्न भ्याए । उनले त चर्चमा आउने सबै श्रद्धालुहरुलाई आफ्नो जिब्रोले चाट्न समेत तयार रहेको समेत बताए ।
एक पटक फेरि विकसित देशबासीसँग उही पुरानो प्रश्न उब्जिएको छ कि किन सबैभन्दा धनी देशहरुमा नागरिकलाई सार्वजनिक स्वास्थ व्यवस्था किन छैन । ओबामा केयर बिल पास भएपछि दशवर्षसम्म पनि साढे २ करोडभन्दा बढी अमेरिकी नागरिकको स्वास्थ्य बीमा भएको छैन ।
यो संकटको समयमा एकजुट हुनुको साटो आज अमेरिकी जनतालाई के महसुस भएको छ भने उनीहरु त पछिल्लो कैयन दशकदेखि राज्य संरचनासँग सोसल डिस्टेसिङ पालना गरिरहेका थिए ।
दुई ध्रुवमा विभाजित अमेरिकी समाज
एक पटक फेरि हाम्रा अगाडि अमेरिकी समाज दुई ध्रुवमा विभाजन भएको छ । यो संकटलाई लिएर हामी माझ त्यही अमेरिकी संक्रिण सोच हावी भएको छ । आज पनि रिपब्लिकन पार्टीका समर्थकहरु के मान्छन भने कोरोना भाइरसको संकटलाई बढाइ चढाइ पेश गरिएको छ ।
त्यस्तै, यस्तै विचार राख्ने डेमोक्रेटिक पार्टीका सदस्यको संख्या रिपब्लिकन्सको तुलनामा आधाभन्दा पनि कम छ । रिपब्लिकन पार्टीका समर्थकहरु दुई तिहाइ अमेरिकी नागरिकहरु राष्ट्रपतिबाट प्राप्त जानकारीमा पूरा भरोसा छ । त्यस्तै डेमोक्रेटिक पार्टीका समर्थहरुमा जम्मा ८ प्रतिशतले राष्ट्रपति ट्रम्पको कुरामा विश्वास राख्छन् ।
जस्तै कि रेवरेन्ड जोश किङले निराशाजक रुपमा वास्निटन पोस्टसँग भनेका थिए कि ‘तपाई सियासीका रुपमा रुढिवादी क्षेत्रको कुरा गर्नुहुन्छ भने त ती मानिसहरु यस तालाबन्दीलाई आफ्नो स्वास्थ्यलाई ख्याल राख्न हो भन्ने नै मान्दैनन, उनीहरुलाई यसलाई उदारवजाद हो भन्छन जुन ढोकामै आएर उभिएको छ ।’
यहाँसम्म कि जब १३ मार्चमा सीडीसीले २१.४ करोड अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण हुन सक्छ भन्ने आशंका गरिसकेको छ । तब दक्षिण पन्थी वेवसाइट ‘द फेडरलिस्ट’का संस्थापक शान डेविसले ट्विट गर्दै भनेका थिए, ‘कर्पोरेट सियासी मिडिया तपाईलाई घृणा गर्नन ती यो देशसँग घृणा गर्छन र उनीहरु तबसम्म रुक्दैनन जबसम्म सत्तामा फेरि कब्जा जमाउँदैनन । यदी यसको अर्थ यो हो कि डरको यस्तो माहोल बनाऔं कि जसले अर्थव्यवस्था तबाह होस् किनभने उनीहरुले कम्पयुनिष्ट देशको इराशामा यस्तो गरिरहेका छन्, जहाँबाट संकटको शुरुवात भएको थियो ।’
कहाँ छ ट्रम्पको लोकप्रियता ?
आज कोरोना भाइरसको यस संकटका अगाडि अमेरिका कसरी विभाजित भएको छ यसको उदारहण हो हालिया गैलप पोल ।
यसका अनुसार रिपब्लिकन पार्टीका ९४ प्रतिशत समर्थ यो संकटसँग लड्नका लागि ट्रम्प प्रशासनको तरिकासँग सन्तुष्ट छ । त्यस्तै २७ प्रतिशत डेमोक्रेटिक समर्थकलाई पनि ट्रम्पप्रति विश्वास छ । तर कुल मिलाएर हेर्दा हरेक १० जनामध्ये ६ जना नागरिक यस मामिलामा ट्रम्प प्रशासनसँग सहमत छन् । जसले गर्दा आज पनि ट्रम्पको लोकप्रियता रेटिङ ४९ प्रतिशत छ । जुन उनको शासनकालमा उच्चतरमा स्तरको बराबरी हो ।
जस्तै पहिलेको संकट जस्तै ९/११ मा भएको थियो । जब आम अमेरिकी नागरिक कुनै पनि राष्ट्रिय संकटको समयमा आफ्नो राष्ट्रपतिका साथ नै हुन्छन् । जबकी डोनाल्ड ट्रम्प बिभाजनकारी नेताका रुपमा चिनिन्छन् । ११ सेप्टेम्बरमा अमेरिकमा भएको आक्रमणपछि जर्ज डब्ल्यू बुसको लोकप्रियता ९० प्रतिशतभन्दा पनि माथि थियो ।
अमेरिकाको राजनीतिक भूगोल रातो र निलो प्रान्तवादी विभाजनका रुपमा विल्कुल सफा देखिन्छ । साथै यस राजनीतिक विभाजनसँग यो पनि तय हुन्छ कि कुन पार्टीका समर्थकलाई कोरोना भाइरसको संक्रमण हुने सम्भावना बढी छ ।
डेमोक्रेटिक पार्टीका समर्थकहरु आमरुपमा सहरी क्षेत्रमा धेरै बस्छन् । डेमोक्रेटिक समर्थकको घना बस्तीमा उनीहरुबीच संक्रमणको खतरा बढी छ । त्यस्तै, रिपब्लिकन पार्टीका समर्थकहरु कम जनसंख्या भएको ग्रामीण क्षेत्रमा टाढा टाढासम्म फैलिएर बसेका छन् । जहाँ भाइरसको प्रकोप फैलने सम्भावना त्यति धेरेछ ैन । अर्थात यो महामारीको अवधिमा अमेरिकाका सियासी ध्रुविकरण भइरहेको स्वभाविक छ ।
एक मसिहाको उदय
यस संकटको समयमा अमेरिकी उदारवादीहरुका लागि डाक्टर एन्थनी फान्ची यस्तो मसिहाका रुपमा आएका छन्, जसले ट्रम्प प्रशासनको सत्तालाई चुनौती दिइरहेका लन् ।
डाक्टर फाँची नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजका निर्देशन हुन् । पोस्ट ट्रुथको अवधिमा ट्रम्प शासनकालमा डाक्टर फान्ची यसको औगाधि ल्याउने वाला विशेषणका रुपमा प्रसिद्ध छन् । जसले भाइरसको प्रकोपलाई लिएर ट्रम्पको ढुलमुल रवैयालाई पटक पटक कमजोरी बताएका छन् । साथै यसको भयंकरतालाई लिएर अमेरिकी जनतालाई जागरुक पनि बनाइरहेका छन् ।
आज डाक्टर एन्थनी फान्ची आम अमेरिकी नागरिकका बीच ठीक उसै गरी लोकप्रित भइरहेका छन् जसरी एक जमानामा सर्वोच्च अदालतका उदारवादी न्यायाधीश रुथ बैडेल गिंसवर्गको थियो ।
नयाँ कोरोना भाइरसको प्रकोपसँगै अमेरिकी संसदमा लामो समयसम्म चलिरहेको सियासी टवराव तथा व्यवधान अस्थायी रुपमामा नै सही खतम भएको छ । देशका सांसदसँग कानून बनाउनुको विकल्प छैन । किनभने कोरोना भाइरसको प्रकोपबाट जति ठूलो आर्थिक संकट भएको छ त्यसलाई २१औं शताब्दीको ठूलो आर्थिक मन्दि भएको बताइएको छ ।
फेरि पनि अमेरिकी अर्थव्यवस्थालाई सहयोग गर्नका लागि स्टिमुलस प्याकेजलाई सांसदहरुले मञ्जुरी दिनका लागि भएका २ वटा प्रयास असफल भइसकेका छन् । जसका कारणले सियासी गालबन्दी तथा राजनीतिक संघर्ष चलिरहेको छ ।
रिपब्लिकन तथा डेमोक्रेटिक पार्टीका सांसदहरु यस कुरामा विवाद गरिरहेका छन् कि यो प्याकेजको दायरमा बिदाका लागि भुक्तानी र बेरोजगारी भत्तालाई पनि सामेल गराउने वा नगराउने ? साथै डेमोक्रेछिक पार्टीका सांसदहरुले सरकारले दिएको सहयोग अमेरिकी कम्पनीका लागि सहज रुपमा फाइदा पुर्याउने खालको यस्तो फन्ड हो जसलाई सजिलै दुरुपयोग हुने सम्भावना बढी छ ।