थर्मल गन कालोबजारी गर्ने सुलभ अग्रवाललाई पुनः ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति



काठमाडौं । कालोबजारी गर्ने व्यवसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय (जिप्रका)ले ५ दिनको म्याद थप गरेको छ ।

संकटका बेला ‘फिलांथ्रोपिस्ट’ बन्नुपर्ने अर्बपति सुलभ अग्रवालले कालोबजारी गरेर इज्जत गुमाए

प्रहरीले कालोबजारी गर्दा गर्दै अग्रवाललाई चैत २५ गते पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेपछि जिप्रकाले पहिलो चरणमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

कालोबजारी नगर्न सुझाव दिनेलाई ‘ओम्नीले लुट्दा हुने, मैले लुट्न नहुने?’ भन्थे अग्रवाल

उक्त ७ दिन समय सकिएपछि मंगलबार (हिजाे) दोस्रो चरणमा पुनः ५ दिन समय थपेको हो । ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गरेर बिक्री गरेपछि पक्राउ परेका अग्रवाललाई जिप्रकाले ५ दिन समय थपेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले बताए ।

‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित

जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि अग्रवाल थप ५ दिन प्रहरी हिरासतमा बस्नुपर्ने छ । ग्रवालको साथबाट प्रहरील्दे ६७ थान थर्मल गन नियन्त्रणमा लिइएको छ । ३ हजार ५ सय रुपैयाँमा पाउने उक्त गन उनले १५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ ।

कालोबजारीको आरोप लागेका शंकर ग्रुपका सुलभ अग्रवाललाई ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति

अग्रवाफ किर्गिस्तानको लागि अनररी कन्सुलर समेत रहेका अग्रवाललाई उलने प्रयोग गर्ने २०९ एचसिसि १ नम्बरको कुटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडीमा थर्मल गन बिक्री गर्न हिँडेको समयमा पक्राउ परेका हुन् । यस विषयमा प्रहरीले अनुसन्धानलाई कायम राखेको जनाएको छ ।


क्लिकमान्डु