कोरोनाको महामारीमा यस्तो छ अमेरिकामा नेपालीको व्यथा, नर्स भन्छिन्- अस्पताल नआउनू



बाल्टिमोर । कारोना भाइरसको कारण अमेरिकामा हालसम्म ३ नेपालीको निधन भएको छ । निधन भएकामध्ये सबै न्यूयोर्क राज्यका रहेका छन् ।

कति नेपाली संक्रमित भए भन्ने यकिन तथ्यांक नभएपनि हालसम्म न्यूयोर्कमा मात्रै सबैभन्दा धेरै १५ सयदेखि २ हजार नेपालीमा कोरोना भाइरसको संक्रमण भएको अनुमान गरिएको छ ।

अमेरिकास्थित नेपाली दुतावासले न्युयोर्कको म्यानाहट र क्विन्समा रहेका नेपाली सबैभन्दा धेरै प्रभावित भएको बताएको छ ।

त्यहाँ सामाजिक दुरी कायम राख्ने संभावना पनि कम छ । र, अरु छुट्टै आईसोलेसनमा बन्ने भन्ने पनि संभावना कम छ । साँघुरो फ्लाईट वा घरमा नेपालीहरुको सामुहिक बसोबास रहेको छ । त्यसैले त्यहाँ धेरै नेपाली प्रभावित भएको खबरहरु हामीलाई आईरहेको छ । तर यति नै नेपाली संक्रमित भए भन्ने तथ्यांक हामीसंग पनि छैन ।

किन लकडाउन हुँदैन अमेरिका ? यस्ता छन् ४ कारण

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की भन्छन् ‘अमेरिकाको कानूनले संक्रमितको परिचय गोप्य राख्नु पर्ने भएको कारण पनि हामीले बाध्यमकरुपमा तथ्यांक संकलनलाई जोड पनि दिईरहेका छैनौं ।’

यहाँको कानूनी जटिलताको कारण यकिन तथ्यांक नभए पनि अमेरिकामा रहेका स्थानीय अधिकारकर्मीले भने न्यूयोर्कमा मात्रै नेपालीको अवस्था भयावह रहेको बताएका छन् ।

कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?

केही समय अगाडि न्यूर्याेमै रहेका एक नेपाली अनिल लिम्बुको कोरोनाको कारण निधन भएको थियो भने अरु परिचय नखुलाईएका दुई नेपालीको पनि कोरोनाकै कारण निधन भएको छ । न्युयोर्क बाहिर न्युजर्सीमा रहेका नेपालीहरुको पनि अवस्था खतरामुक्त नरहेको त्यहाँका स्थानीय नेपालीहरु बताउँछन् ।

यता धेरै नेपाली रहेका टेक्सासमा पनि केही नेपालीमा कारोनाको संक्रमण देखिएको खबर प्राप्त भएको छ । कोरोनाको त्राससंगै धेरै नेपालीले रोजगारी छोडेर घरमै बसीरहेका समाचारहरु आएका छन् भने अत्यावश्यक सेवामा काम गर्ने केही नेपालीले जोखिम मोलेरै काम गरिरहेका छन् ।

कोरोना भाइरस: अमेरिकी क्षमताको मृत्यू, ट्रम्प प्रशासनले अकल्पनीय विश्वास गुमायो

कोरोना भाइरसको चपेटामा परेको अमेरिकामा अस्थायी तथा स्थायी बसोबास गरिरहेका नेपालीहरुमध्ये पनि सबैभन्दा धेरै विद्यार्थी र पर्यटक भिषामा रहेका नेपाली समस्यामा परेका छन् । स्थायी बसोबार गर्ने र नागरिकता समेत भएका नेपालीहरुलाई सरकारले केही सुविधामा दिएतापनि यहाँको विद्यार्थी तथा पर्यटक भिषामा रहेका नेपालीहरुको विषयमा भने ठोस निर्णय भईसकेको छैन ।

यता राजदुत कार्कीले भने कोरोनाको कारण न्यूयोर्क पुरै राज्य प्रभावित भएकोले नेपाली पनि प्रभावित नहुने अवस्था नरहेको र न्यूयोर्ककै नेपालीलाई हेरेर पुरै अमेरिकाभरका नेपालीको तुलना गर्न नमिल्ने बताउँछन् ।

सोमबार एक कन्फ्ररेन्स अन्तरवार्तामा कार्कीले नेपालीले चाहेर र वा नचाहेर आफूलाई संक्रमण भएपछि पनि धेरैले आफ्नो स्वास्थ्यको अवस्थाको विषयमा नबताएको कारण सामुहिक रुपमा बस्ने नेपालीमा संक्रमण फैलिएको जानकारी आएको बताए ।

अमेरिकामा सामाजिक दुरी कायम राख्ने नीति एक महिना थपियो

‘यो रोग लाज मान्नुपर्ने होईन, सबैलाई भईरहेको रोग हो त्यसैले खुलेर साथीभाईलाई भनौं भनेर हामीले प्रोत्साहन गरिरहेका छौं, यसले संक्रमण फैलिन रोक्न सहयोग पुग्छ’ उनले भने ।

विद्यार्थीलाई समस्या, राजदुत भन्छन्ः ‘तत्काल उद्धार हुँदैन’

अमेरिकामा कारोना भाइरसको संक्रमण मात्रै नभएर अन्य कारणले विद्यार्थी र पर्यटकको रुपमा आएका नेपालीहरुमा ठूलो संकट परेको दुतावासले जनाएको छ ।

अमेरिकाले अन्य देशमा रहेका आफ्ना नागरिकको उद्धार गरेर स्वदेश फिर्ता ल्याईरहेपनि नेपालले भने तत्काल अमेरिकाबाट नेपालीलाई उद्धार गर्ने योजना नरहेको बताएको छ । राजदुत कार्कीले विद्यार्थीको समस्याको प्रतिवदेन सरकारलाई पठाएको र सरकारबाट आधिकारीक रुप निर्देशन आएपछि मात्रै के गर्ने भन्ने विषयमा छलफल हुने बताए ।

‘उद्धार गर्नु पर्ने नेपाली देखेका छौं तर सरकारको निर्णय नआएसम्म यसै गर्छौं भन्ने अवस्था छैन,’ कार्कीले भने ।

सबैभन्दा पिडित विद्यार्थी नै हुन्ः शाह

यसैबीच गैरआवासीय नेपाली संघ अमेरिकामा अध्यक्ष सुनिल शाहले कोरोना भाइरसपछिको अवस्थाले अमेरिकामा रहेका विद्यार्थी वर्गमा सबैभन्दा ठूलो समस्या परेको बताउँछन् ।

अमेरिकामा ‘लकडाउन’ हुनुभयो ? यसरी घरमै बसेर पनि कमाउन सकिन्छ पैसा

विश्वविद्यालयले तोकेको भन्दा बाहिर गैर कानूनी रुपमा काम गर्ने नेपालीको रोजगारी गुमेको र नेपालबाट अविभावकले पैसा पठाउने संभावना कम भएका विद्यार्थीहरु सबैभन्दा पिडित भएको शाहले बताए ।

‘हामीले विद्यार्थीलाई विशेष फोकस गरेर कार्यक्रम बनाईरहेका छौं । हामीले आफ्नो हिसाबले काम गरिरहेका छौं । कस्लाई समस्या छ भनेर विभिन्न तरीकाले तथ्यांक संकलन गरिरहेका छौं ।’ उनले भने ।

न्यूयोर्कबाट बसाईँ सर्दै नेपाली

सोमबारसम्म अमेरिकाको कोरोना भाइरसको ईपिसेन्टरको रुपमा देखिएको न्यूयोर्कको अवस्था थप भयावह भएको छ । १ लाख ३१ हजार संक्रमित भेटिएको यो राज्यमा करिब ५ हजार व्यक्तिको निधन भइसकेको छ ।

अबको दुईहप्तामा न्यूयोर्कको अवस्था थप जटिल हुने देखेपछि त्यहाँ रहेका केही नेपालीहरु अन्यन्त्र बसाई सर्न थालेका छन् । शनिबार मात्रै न्यूयोर्क क्विन्समा बस्दै आएका एक परिवारले भर्जिनिया बसाई सरेको छ । उनीहरुले न्यूयोर्क अहिले अवस्थामा वस्न लायक शहर नरहेको प्रतिक्रिया दिएका छ ।

‘चौविसै घण्टा सडकमा एम्बुलेन्सको मात्रै आवाज आईरहन्छ । अस्पतालमा उपचारको लागि भर्ना पनि लिन मान्दैन । कोही अरु कारणले विरामी भएपनि घरमै मर्ने अवस्था आयो र हामी यता आयौं,’ उक्त परिवारका एक सदस्यले भने ।

यसरी बसाई सर्दा अन्यन्त्र रहेका नेपालीलाई पनि खतरा बढ्न सक्ने भन्दै विभिन्न समुदायका प्रतिनिधिले सचेत रहन आग्रह गरेका छन् ।

जब अस्पतालले नै घुमाउन्छ फनफनी

ओमाहा नेब्रस्का सुचना प्रविधि क्षेत्रमा काम गर्ने एक नेपालीलाई कोरोना भाइरसको संक्रमणको कारण भोग्नुपरेको नमिठो अनुभवलाई त्यही बस्ने अर्का नेपाली विमल अधिकारीले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।

अधिकारीका अनुसार ति नेपालीलाई निकै गाह्रो हुँदा समेत अस्पतालले भर्ना नलिएको र कोरोनाको टेस्ट समेत नगरि घर पठाईदिएको बताएका छन् । उक्त नेपालीलाई निकै गाह्रो भएर एम्बुलेन्सलाई बोलाउँदा समेत एम्बुलेन्समै ३ घण्टासम्म राखेर उपचार नगरेको र अस्पताल नै नपु¥याईएको कारण निकै समस्यामा परेको बताएका छन् ।

अमेरिकामा यो प्रतिनिधि घटना मात्रै हो । अहिले अमेरिकाको धेरै अस्पतालहरुमा विरामीको खचाखच भएको छ । जसको कारण धेरै अस्पतालले विरामी भर्ना लिन मान्दैनन् ।

‘हामीलाई अमेरिकामा छौं सुरक्षित छौं जस्तो लाग्थ्यो तर त्यस्तो होईन रहेछ ।’ अधिकारीले सबैलाई सचेत गराउँदै भन्छन् ‘दुई हप्तामा अवस्था हरु खराब हुँन सक्छ ।’

नेपाली नर्स भन्छिन्ः ‘घरमै बस्नुस्, अस्पताल नआउनुस्’

अमेरिकामा कोरोना भाइरसको उपचार अस्पतालको प्रक्रियाको विषयमा जानकार नेपाली नर्स रिसाङ ग्याल्सेनले कोरोनाको शंकाकै भरमा अस्पताल नजान सुझाव दिएकी छिन् ।

यदि कोरोना नभए अस्पतालबाटै सर्न सक्ने भन्दै उनले स्वास प्रस्वासमा समस्या नभएसम्म अस्पताल नजान र घरमै प्रर्याप्त पोष्टिक तत्व खान र नियमित क्रियाकलापमा ध्यान दिन आग्रह गरिन् ।

‘यहाँको अस्पतालको अवस्था सोचेको जस्तो छैन । ईमर्जेन्सीमै आएपनि दुई तिन घण्टा राखेर सामान्य औषधी दिएर घर पठाईने गरेको छ,’ उनले भनिन् ‘अहिलेको अवस्थामा अस्पताल भन्दा घरमै बढी सुरक्षित र सहज हुनसक्छ ।’

न्यूयोर्कको विजोगः एम्बुलेन्सभन्दा धेरै शव राख्ने कन्टेनर

कोरोनाको कारण संकटग्रस्त न्यूयोर्कमा शव राख्ने स्थानको अभाव भएको खबरहरु सार्वजनिक भएका छन् । त्यहाँको स्थानीय सञ्चारमाध्यमले अस्पतालको अगाडि एम्बुलेन्सको लाईन र पछाडी बरफ भरिएको शव राख्ने कन्टेनरको लाईन देखाएका छन् ।

शवको अन्तिम संस्कार गर्ने स्थान खचाखच भएको कारण सार्वजनिक स्थानमा अस्थायी शव भण्डार बनाईएको छ । हालसम्म न्यूयोर्कमा कोरोनाकै कारण ५ हजार व्यक्तिको ज्यान गईसकेको छ ।


पुष्प दुलाल