कोरोनासँग लड्न भारतीय व्यवसायी रतन टाटाले ५ अर्ब सहयोग गर्ने, कता हराए विनोद चौधरी ?



काठमाडौं । भारतीय व्यवसायी रतन टाटाले कोरोना विरुद्ध लड्न ५ अर्ब भारु सहयोग गर्ने घोषणा गरेका छन् । व्यापारिक घराना टाटा ग्रुप तथा टाटा टस्टका अध्यक्ष रतन टाटाले भारत सरकारलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

टाटाले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ), मेडिकल सामाग्री, टेस्टिंग किट्स, उपचार कक्ष निर्माण र उपचारमा संलग्न कर्मचारीहरुको तालिमका लागि खर्च गर्न उक्त सहयोगको घोषणा गरेका हुन् ।

कोरोनासँग लड्न सरकारलाई कर्पोरेट हाउसको साथ, कस्ले कति सहयोग गरे ?

‘मानव जगतकै लागि यो अत्यन्तै कठिन समय हो, यस्तो अवस्थामा अत्यावश्यक सामाग्रीको आवश्यकता पर्छ, मलाई विश्वास छ मैले गरेको सहयोगले कोरोनाविरुद्ध लड्ने अत्यावश्यक सामाग्रीको केही हदसम्म पूर्ति हुनेछ,’ सहयोगको घोषणा गर्दै टाटाले भने ।

अहिलेको अवस्थामा भारत र संसारलाई कोरोनाविरुद्ध तत्कालै एक्सन लिनुपर्ने आवश्यकता रहेको बताउँदै टाटा ग्रुपले देशका लागि सहयोग गरेको उनको भनाइ छ । टाटा ग्रुप भारतको ठूलो व्यापारिक घराना हो ।

विश्वकै धनी विल गेट्सको खुल्लापत्र: कोरोना भाइरसले आध्यात्मिक ज्ञान दियो, धन सबैथोक होइन

नेपालमा पनि केही व्यापारिक घराना र बैंकहरुले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरिरहेका छन् ।

तर, लामो समयसम्म राज्यसत्तामा पहुँच राखेर मनग्ये पैसा कमाएका विश्वविख्यात म्यागेजिन फोर्ब्सले डलर अर्बपतिको सूचिमा समावेस गरेका व्यवसायी विनोद चौधरीको उपस्थिति भने देखिएको छैन ।

कोरोना भाइरस उपचार कोषमा लक्ष्मी ग्रुपले १ करोड सहयोग गर्ने

नेपालका एकमात्र डलर अर्बपतिसँग आम सर्वसाधारणले ठूलो सहयोगको अपेक्षा राखेका थिए ।

निजी क्षेत्रका ग्लोबल आइएमइ र हिमालयन बैंकले करोडभन्दा बढी सहयोगको घोषणा गर्दा पनि चौधरीको मेजोरीटी लगानी रहेको नविल बैंक अहिलेसम्म चुपचाप बसेको छ ।

चौधरी ग्रुपको चौधरी फाउन्डेसनले केही थान व्यक्तिगत सुरक्षा उपकराण् (पीपीइ) वितरण गरेको छ । तर, करोडौंका सामान बाँडेजसरी प्रचार गरिरहेको छ ।

देउराली जनताले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि सरकारलाई निशुल्क दिने

लक्ष्मी ग्रुप, विशाल ग्रुपले १/ १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् भने टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

यसबाट यो निष्कर्शमा पुग्न सकिन्छ कि संकटका बेला सहयोग गर्न धन होइन, मन चाहिन्छ ।


पुष्प दुलाल