देउराली जनताले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि सरकारलाई निशुल्क दिने



काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाइरसको उपचारका क्रममा प्रयोग हुने ‘होइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याब्लेट’ सरकारलाई निशुल्क दिने भएको छ ।

कम्पनीले देशमा उत्पन्न यस जटिल परिस्थितिमा माथि उल्लेखित ह्याक्विन २०० ट्याब्लेट नामक औषधि तुरुन्तै उत्पादन गरी उपलब्ध गराउने जानकारी दिएको छ । ्

सरकारबाट माग भै आएको अवस्थामा करिव १५ हजार जना कोभिड–१९ का बिरामीहरुलाई उपचार गर्न पुग्ने गरी ४८ लाख मूल्य बराबरको ४ लाख ट्याबलेट औषधि निःशुल्क उपलब्ध गराउने भएको हो ।

विश्वभरी हालसम्म कोभिड–१९ को उपचारका लागि उपयोग गर्न सकिने विभिन्न शोधहरुले देखाइसकेका छन् । भारतले पनि यस औषधिलाई औपचारिक प्रयषेगमा ल्याउने निर्णय गरिसकेको छ ।


क्लिकमान्डु