कोरोनासँग लड्न सरकारलाई कर्पोरेट हाउसको साथ, कस्ले कति सहयोग गरे ?



काठमाडौं । विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरससँग लड्न नेपालका केही कर्पोरेट हाउसले दिल खोलेर सहयोग गरेका छन् । आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी अन्तगर्तत यही समाजमा व्यापार व्यवसाय गरेर कमाएको रकमबाट यही समाजलाई सहयोग गरेका हुन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ५० करोड रुपैयाँको कोष स्थापना गरिसकेको छ । कोषको खाता पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको छ।

नेपालमा हजारौंको संख्यामा उद्योगी व्यवसायीहरु छन्, दर दिलदार व्यवसायी भने औलामा मात्रै गन्न सकिन्छ ।

सरकारले कोषमा संकलन भएको रकम खर्च गर्न प्रधानमन्त्री दैवी उद्धार कोष संचालन नियामावली २०६३ अनुसार कार्यविधि तयार गरिसकेको छ ।

निजी क्षेत्रको टेटिकम सेवा प्रदायक एनसेल प्रालिले कोरोना रोकथामका लागि सबैभन्दा धेरै अर्थात् १० करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोनासँग लड्न भारतीय व्यवसायी रतन टाटाले ५ अर्ब सहयोग गर्ने, कता हराए विनोद चौधरी ?

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले १ करोड ५० लाख, हिमालयन बैकले १ करोड २५ लाख, कृषि विकास बैकले १ करोड २५ लाख, ग्लोबल आइएमइ बैंकले १ करोड १५ लाख, लक्ष्मी ग्रुपले १ करोड, भाटभाटेनीले १ करोड, विशाल ग्रुपले १ करोड, नेपाल बैंकले १ करोड, बसन्त चौधरीले १ करोड रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोगको घोषणा गरिसकेका छन् ।

त्यसैगरी, बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्तले साढे ५ लाख सहयोगको घोषणा गरेका छन् भने व्यवसायी हरिभक्त शर्माले आफ्नो उद्योगबाट उत्पादन भएक कोरोनाका लागि आवश्यक औषधि निःशुल्क सहयोग गर्ने घोषणा गरेका छन् ।

चेम्बरको सहयोगमा व्यवसायी दिपक मलहोत्राले मास्क उत्पादन गरेर लागत मूल्यमै बिक्री वितरण गरी कोरोनाको रोकथामका लागि सहयोग गरिरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले अहिलेसम्म १५/१६ लाख रुपैयाँ बराबरका सामाग्री सहयोग गरेको छ भने केही दिनमै ५०/६० लाख नगद र ४०/५० लाख रुपैयाँ बराबरको सामाग्री सहयोग गर्ने तयारी गरेको छ ।

नेपालमा हजारौंको संख्यामा उद्योगी व्यवसायीहरु छन्, दर दिलदार व्यवसायी भने औलामा मात्रै गन्न सकिन्छ ।


पुष्प दुलाल