कोरोना भाइरस नियन्त्रणका लागि विशाल ग्रुपले १ करोड सहयोग दिने



काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि विशाल ग्रुपले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

विशाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरस विरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन सो सहयोगको घोषणा गरेको हो ।

भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध भएको छ । जसका लागि अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।


क्लिकमान्डु