इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेको घोषणा- चाँडै नै वाणिज्य बैंक गाभ्छौं, अध्यक्ष छाड्न तयार छु



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले चाँडै नै अर्को एक वाणिज्य बैंकलाई मर्ज गर्ने बताएका छन् ।

इन्भेष्टमेन्ट बैंकको राजधानीमा आयोजित बैंकको ३३औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाँण्डेले लगानीकर्तालाई यस्तो जानकारी गराए ।

पछिल्लो समयमा खुलेका बैंकहरु पनि मर्जरमा गएर एकाएक ठूलो भएपछि इन्भेष्टमेन्ट बैंकजस्ता पूराना बैंकहरुलाई मर्जरमा जान तीब्र दबाब परेको छ ।

साधारणसभामा केही लगानीकर्ताले मर्जरको प्रगतिका विषयमा जानकारी गराउन आग्रह गरेका थिए ।

‘अहिलेसम्म हामीले स-साना संस्था मात्रै मर्ज गरेका छौं, अब चाँडै नै ‘क’ वर्गको वाणिज्य बैंकलाई गाभ्दैछौं,’ पाँडेले भने, ‘३ वटा वाणिज्य बैंकसँग मर्जरको कुराकानी भइरहेको छ, फाइनल नभएकाले ती नामहरु यहाँ भन्न मिल्दैन ।’

यसअघि बैंकले एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई गाभिसकेको छ। एक्लै हिँड्दा खर्चले पनि धान्न नसक्ने भन्दै मर्जरमा जानुको विकल्प नरहेको उनको भनाइ थियो ।

पाँडेले नेपालमा बैंकहरुको संख्या धेरै भएको भन्दै मर्जरमा जानुपर्ने आवश्यकता रहेको बताउँदै १४ वटा बैंक भए पुग्ने धारणा राखे ।

बैंकका लगानीकर्ताले इगो छाडेर बिग मर्जरमा जानुको बिकल्प छैनः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे

अहिले बैंकहरुमा मर्जरको चर्चा भएपनि प्रमोटरले नै मर्जर रोकेको उनको भनाइ छ ।

‘नेपालमा २८ वटा बैंक रहेका छन्, यसलाई मेगा मर्जर गराएर १४ मा ल्याउनुपर्छ, मर्जरमा जाने हो भने पदको लोभ गर्नुहुँदैन । म त राम्रोमा मर्ज गर्न पाएको खण्ड अध्यक्ष पद छोड्न तयार छु,’ पाँडेले भने ।

स्ट्यान्डर्ड चार्टर्डसँग होइन, नबिल, एभरेष्ट, एनएमबीसँग दाँज्नुहोस्

उनले बैंकले धेरै लाभांश दिन चाहेर पनि नसकेको बताए । उनले धेरै लाभांश दिने र आफूले पनि केही नयाँ काम गर्ने योजना भएको भएपनि त्यसो हुन नसकेको बताए ।

‘हाम्रो जस्तो देशमा १९ प्रतिशत लाभांश भनेको सानो कुरा होइन, वास्तवमा लाभांश हेर्दा ३० प्रतिशत हो, यसलाई अन्यको तुलनामा काम नमान्नु होला,’ पाँडेले भने ।

लगानीकर्ताहरुले स्ट्यान्डर्ड चार्टर्ड बैंक जस्तो राम्रो बन्न सुझाएका थिए ।

साधारणसभामा इन्भेस्टमेन्ट बैंकभन्दा एनआइसी राम्रो भनेपछि लगानीकर्ताबीच हात हालाहाल (भिडियोसहित)

कार्यक्रममा लगानीकर्ताले इन्भेष्टमेन्ट बैंकलाई स्टयाण्डर्ड चार्टर्ड बैंकसँग तुलना गरेका कारण अध्यक्ष पाँडे रिसाएका थिए । उनले आफ्नो बैंकलाई अन्य बैंकसँग तुलना नगर्न आग्रह गरे ।

उनले भने ‘हामी सँधै नबिल बैंक, एभरेष्ट, एनएमबी बैंकलाई हेर्छौं । नबिल धेरै राम्रो बैंक हो । राम्रो बैंकलाई राम्रो नै भन्नुपर्छ ।’

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

आफूपनि अन्य बैंकजस्तै ग्रोथ गर्ने योजनामा रहेको बताउँदै उनले भने ‘ हामी पनि बेकुफ त हैन नि । तर त्यसो गर्दा धेरै रिक्स हुन्छ, हेर्दैै जानुहोला ती बैंकहरु पनि । तर अहिले हामी प्राउड गर्ने ठाँउमा छौं ।’

डुबेको पैसा फिर्ता ल्याउन सरकार गुहार्यो

इटालियन ठेकेदार सिएमसीमा फसेको २ अर्ब रुपैयाँ ल्याउनका लागि सरकारलाई आग्रह गरेको उनने जानकारी दिए । त्यो पैसा उठेको खण्डमा बैंकको उचाइ बढ्ने उनको भनाई छ । बैंकमा काम गर्दा धेरै रिक्स लिन नहुने र कुनै कुनै ठाँउमा रिक्स लिन नसक्दा समस्या हुने उनको तर्क छ ।

तनहुँ हाइड्रोले डुबायो इन्भेष्टमेन्ट बैंकको २ अर्ब, इटालीको अदालतमा मुद्दा हार्यो

मेलम्ची र तनहुँको केसमा कसैलाई केही भन्ने आधार नभएको उनको तर्क छ । मेलम्चीको पैसा आउनेवाला भएपनि कसैको स्वार्थको कारण त्यो समयमा नै आउन नसकेको उनको तर्क छ ।

‘मैले खानेपानी मन्त्री बिना मगरलाई नै धेरै पटक भेटेको छु, उहाँले पनि धेरै प्रयास गर्नु भएको हो । तर पनि सफल हुन सकेन । मेलम्ची नआउँदा ८÷१० अर्ब राजश्वमा घाटा लागेको छ । त्यो नदेखिएपनि घाटा नै हो ।’ उनले भने ।

इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई सेयरधनीको प्रश्नः तपाईंको तलब किन नघटाउने ?

उनले इटालिका राजदुतसँग पनि बारम्बार छलफल गरेको, राष्ट्र बैंकका गमर्नर डा. चिरञ्जिवी नेपालले पनि त्यसमा प्रयास गरिरहेकोले त्यसको विषयमा पनि राम्रो प्रतिफल आउनेमा आफू आशावादी भएको बताए ।

स्प्रेडको नयाँ व्यवस्थाले डिजास्टर ल्याउँछ

उनले बैंकको स्प्रेडदर राष्ट्र बैंकले परिवर्तन गरेको खण्डमा ३.४ मा आउने बताए ।

‘त्यो विषयमा कु्रा गर्न म चन्द्र ढकाले लिएर राष्ट्र बैंकमा गएको थिए, त्यो बेलामा आरओई घटाउन भनेको थिए । अहिले घटेर १४/१५ प्रतिशत छ । यो भयो भने हाम्रो १२ छ अरुको १० भन्दा तल हुन्छ । १० प्रतिशतभन्दा कम भयो भने गाह्रो हुन्छ । मैले त बरु हाम्रो सेयर किनीदिनु भने । त्यो सेयर किनिदिए अन्यत्र लगानी गर्ने थिए ।

असारमसान्तसम्म परिवर्तन नभएको खण्डमा बैंकिङ क्षेत्रमा डिजास्टर हुन्छ,’ उनले भने ।

विदेश भ्रमण रोकियो

साधारणसभामा उनले समयमा नै साधारणसभा नभएको कारण आफ्नो विदेश भ्रमण रोकिएको बताए । आफु ६५ वर्ष भएको र जाडो मौसममा थाइल्याण्ड जाने गरेकामा यो वर्ष ढिला भएको उनको भनाइ छ ।

‘तनहुँ र मेलम्चीको कारण ढिला भएको हो,’ उनले भने ‘श्रीमतीले पनि ढिला भयो भनिरहेकी छिन्, पर्सी नै विदेश जान्छु, साधारणसभा ढिला हुँदा मेरो धेरै योजना चौपट भयो ।’


पुष्प दुलाल