तनहुँ हाइड्रोले डुबायो इन्भेष्टमेन्ट बैंकको २ अर्ब, इटालीको अदालतमा मुद्दा हार्यो



काठमाडौं । तनहुँ हाइड्रोपावरले नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब रुपैयाँ डुबाएको छ । इन्भेष्टमेन्ट बैंक तनहुँ हाइड्रोको ठेकेदार इटालियन कम्पनी सीएमसीको काउन्टर ग्यारेन्टी बसेको थियो ।

ठेकेदार कम्पनी सीएमसी नेपाल छाडेर भागेपछि बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम प्रोभिजनिङ गरिसकेको छ । ठेकेदार सीएमसीले काम नगरेपछि तनहुँहाइड्रोले काउन्टर ग्यारेन्टी बसेको इन्भेस्टमेन्टबाट करिव २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टी जफत गरेको थियो ।

तनहुँ हाइड्रोले काउन्टर ग्यारेन्टी जफत गरेपछि सीएमसीले इटालीको कोर्ट अफ बलोनमा मुद्धा दायर गरेको थियो ।

तर, इटालीको जिल्ला अदालतले तनहुँ हाइड्रकोको पक्षमा भनई ठेकेदार सीएमसीको पक्षमा फैसला गरेको छ । अदालतको यस्तो फैसलासँगै बैंकको २ अर्ब रुपैयाँ डुब्ने निश्चित भएको हो ।

काउन्टर ग्यारेन्टी बापतको रकम तनहुँ हाइड्रोले जफत गरेपछि इन्भेष्टमेन्ट बैंकले सो बराबरको प्रोभिजनिङ गरेको छ । जसले बैंकको नाफा ह्वात्तै घटाएको छ ।

बैंकको नाफा घट्दा गत वर्षको नाफाबाट सेयरधनीले एक दशकयताकै कम लाभांश पाएका छन् भने सञ्चालकहरु प्रमुख कार्यकारी अधिकृत ज्योति पाँडेसँग तीब्र असन्तुष्ट जनाएका छन् । आगामी केही महिनाभित्रै सीइओ पाँडेको कार्यकाल सकिँदैछ ।

बैंक बिगारेको भन्दै उनको कार्यकाल थप नगर्ने तयारीमा सञ्चालक समिति रहेको एक सञ्चालकले जानकारी दिए । बैंकका लगानीकर्ताहरुले पनि व्यवस्थापनप्रति रोस प्रकट गर्दै आएका छन् ।


पुष्प दुलाल