साधारणसभामा इन्भेस्टमेन्ट बैंकभन्दा एनआइसी राम्रो भनेपछि लगानीकर्ताबीच हात हालाहाल (भिडियोसहित)



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हातहालाहाल भएको छ । बैंकको सोमबार भएको वार्षिक साधारणसभामा बोल्दै गर्दा दुई लगानीकर्ताबीच हात हालाहाल भएको हो ।

बैंकका लगानीकर्ता शिवप्रसाद पौडेल र चन्दननारायण श्रेष्ठबीच बैंकले दिएको लाभांश र बैंकको खर्चबारे बहस हुँदा हात हालाहाल भएको हो । पौडेलले श्रेष्ठलाई हातपात गरेका हुन् ।

इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई सेयरधनीको प्रश्नः तपाईंको तलब किन नघटाउने ?

बैंकका शिवप्रसाद श्रेष्ठले बैंक ३३ वर्ष पुगेको उपलक्ष्यमा लगानीकर्ताले ३३ प्रतिशत नै लाभांशको आशा गरेको तर बैंकले कम लाभांश दिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

साधारणसभामा लगानीकर्ताको प्रतिनिधित्व गर्दैै श्रेष्ठले इन्भेस्टमेन्ट बैंकभन्दा एनआईसी एसिया राम्रो भएको बताएका थिए । यत्तिकैमा पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिँदै थिए ।

पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिदाँ श्रेष्ठले ल भयो ठिमीलेली अब कम बोल्छु भन्दै भाषण सकाए । भाषण सकिएपछि दुवै जना तल झरे । झर्दै गर्दा पौडेलले ठिमिलेली भन्दै ठिमिका मान्छेलाई होच्याउने भन्दै श्रेष्ठमाथि हातपात गरेका थिए ।

हात हाल्ने पौडेलले अर्को वर्ष बैंकले ४० प्रतिशत लाभांश दिन आग्रह गर्दै बैंकले जलविद्युत क्षेत्रमा लगानी गर्दा सचेत हुन आग्रह गरे । पौडेलले अन्तर्राष्ट्रिय कानूनमा ध्यान दिन आग्रह गर्दैै बैंक ग्यारेन्टी बस्ने कुरामा ध्यान दिन आग्रह गरे ।


क्लिकमान्डु