बैंकका लगानीकर्ताले इगो छाडेर बिग मर्जरमा जानुको बिकल्प छैनः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे



मेरो बैंकिङ यात्रा निकै लामो छ । यात्रा जति लामो छ, उत्तिकै रुचिकर पनि छ । यद्यपि म यसलाई सक्षिप्तमा भन्ने प्रयास गर्नेछु । ४२ वर्षे करिअरलाई कागजका केही पानामा समेट्नु निकै गाह्रो काम पनि हो ।

मैले बैंकिङ करिअर नेपाल राष्ट्र बैंकबाट सन् १९७८ अक्टोबरदेखि शुरु गरेँ । त्यही वर्ष ‘मे’ महिनामा चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेर फ्रेस नै थिए ।

केन्द्रीय बैंकमा काम गर्दा म कलिलो थिए । बैंकमा कार्यरत अन्य कर्मचारीले मेरा कलिला गालामा चिमोट्दै दुध नै आउँछ कि क्या हो भन्थे ।

मलाई राष्ट्र बैंकमा बैंकमा रहेर सार्वजनिक सेवामा काम गर्न पाउँदा म आफैंलाई निकै भाग्यमानी ठान्छु । मैले राष्ट्र बैंकमा बिताएका १२ वर्ष मेरा लागि सुनौला थिए । त्यहाँ काम गर्दा मैले आफ्ना लागि जग बसाल्ने मौका पाएँ । विभिन्न तालिम लिएँ, धेरै अवसर पाएँ, आत्मविश्वास र नेटवर्किङ बनाउने मौकासमेत पाएँ ।

जसले मलाई कमर्सियल बैंकरका रुपमा करिअर शुरुवात गर्न निकै सहयोगी बन्यो । आजका दिनमा म राष्ट्र बैंकप्रति कृतज्ञ छु । राष्ट्र बैंकमा बिताएका १२ वर्षमा मैले ८ वर्ष बैंकिङ सुपरभिजन हेडका रुपमा काम गरेँ । २ वर्ष अमेरिकाको वासिङटन डिसीमा आईएमएफका लागि काम गरे भने बाँकी २ वर्ष राष्ट्रिय वाणिज्यमा प्रबन्ध निर्देशक र सीइओ भएर काम गरेँ । आईएमएफमा काम गर्दा म आफूलाई अझ बलियो बनाउने मौका पाएँ ।

निजी बैंक खोल्दाको त्यो संघर्ष…

सन् १९८८ मा मैले नेपाल राष्ट्र बैंकको जागिर छाडे । र, नेपालमा पहिलो पटक जोइन्ट भेञ्चर बैंक खोल्नका लागि प्रक्रिया शुरु गरे । त्यो पञ्चायतकाल थियो । अर्थमन्त्रालय र केन्द्रीय बैंकबाट अनुमति पाए पनि मलाई फेरि राष्ट्रि वाणिज्य बैंकमा फेरि काम गर्न भनियो । तत्कालिन समयमा मलाई बुज एलेनसँग जो कन्सलटेन्ट पनि थियो, उसँग मिलेर काम गर्न भनिएको थियो ।

सन् १९९० मा नेपालमा प्रजातन्त्र पुर्नबहाली मुलुकका लागि टर्निङ प्वाइन्ट भइदियो । र, मेरा लागि पनि त्यो उपयुक्त मौका थियो । प्रजातन्त्रको पुर्नबहाली नेपाली फाइनान्सियल क्षेत्रका लागि अवसर भइदियो । र, आर्थिक विकासका लागि नयाँ मार्गको शुरुवात पनि भयो ।

निजी क्षेत्रको पहिलो बैंक हिमालयन बैंक

मैले यसलाई अवसरका रुपमा लिएँ र बैंकको लाइसेन्सका लागि फेरि अप्लाइ गरेँ । र, जन्मियो निजी क्षेत्रको पहिलो ज्वाइन्ट भेञ्चर बैंक हिमालयन बैंक । हिमालयन बैंक नेपाली बैंकका लागि कोसे ढुंगा सावित भयो जसलाई पछि आउने बैंकहरुले पछ्याए ।
तत्कालिन समयमा वाणिज्य बैंक स्थापना गर्नु निकै चूनौतीपूर्ण थियो । तर मलाई के विश्वास थियो भने भेञ्चर नहुने हो भने केही पनि उपलब्धी हुँदैन । मलाई सरकारी जागिर छाडेकोमा कुनै पछुतो छैन । मलाई आफूले आफैलाई चुनौती लिएकाले गर्व छ ।

नेपालको बैंकिङ क्षेत्रले अहिले कैयन चुनौतिहरु भोगिरहेको छ । अहिले बैंकहरु पनि धेरै भइसके तर स्वस्थ र दिगो हुनका लागि चुनौति छ । यही कुरालाई मनन गर्दै राष्ट्र बैंकले मर्जरको प्रक्रिया शुरु गरेको हो । अहिले राष्ट्र बैंकले लिएको नीति ठीक छ । बैंकिङ क्षेत्रमा अहिले मर्जर र एक्विजिसनको आवश्यकता छ ।

१० वर्षसम्म हिमालयन बैंकको व्यवस्थापन गरेपछि मैले अब केही नयाँ गर्नुपर्छ भन्ने लागेर इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक स्थापना गर्ने सोचले हिमालयन बैंक छाडेँ । तर भाग्यले साथ दिएन ।

विश्वास गर्नुस् वा नगर्नुस् सन् २००१ मा बैंकको बोर्डले मेरो राजीनामा स्वीकृत गरेका भोलिपल्ट बजारमा समाचार आयो । त्यसपछि नेपाल इन्डोस्वेज बैंकका सीईओ मार्क डेमेजले मलाई यस्तो अफर गरे, जसलाई मैले अस्वीकार गर्नै सकिन् ।
उनले मलाई नेपाल इन्डोस्वेज बैंकको सेयर खरिदका लागि अफर गरे । त्यो पनि आधा मूल्यमा । पक्कै पनि त्यो अफर निकै राम्रो थियो ।

हिमालयन बैंक छाडेको ६ वर्षसम्म पनि मलाई इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक स्थापना गर्ने सोचले छाडेन, जुन देशका लागि समेत आवश्यक थियो । त्यसैले हिमालयन बैंक छाडेको ६ वर्षपछि मैले उक्त प्रोजेक्टको सुरुवात गरेँ ।

एक वर्षभन्दा बढी समयसम्म प्रयास गरेपछि मैले आईएफसी, एडीबी, जर्मनीको डीईजीसँग एमओयू गरेँ । साथै भारतको आईडीएफसी र बैंकर्स संघबाट १२ नेपाल बैंकसँग सम्झौता यही याक एन्ड यति होटलमा भयो । त्यो समयमा यो निकै सानो मात्रामा थियो ।

तर सन् २००८ मा आएको आर्थिक मन्दीले सम्झैतामा हस्ताक्षर गर्नेहरु पछाडि हटे । त्यो सोचले मूर्तरुप पाउन सकेन । तर २ वर्षपछि सोही आइडियालाई केही उद्यमीहरुले लिए । जसमा म निकै खुसी छु । र एआईबीएल इक्विटी पार्टनरका रुपमा छ ।

आर्थिक विकासका लागि पर्यटन, हाइड्रोपावर र शिक्षा

मैले नेपाल इन्भेस्टमेन्ट बैंकको कार्यकारी अध्यक्ष छाडेको ७ वर्ष भइसकेको छ । यस अवधिमा मैले मुलुकको दीगो आर्थिक विकासका लागि पर्यटन, हाइड्रो र शिक्षामा लगानीका लागि सुरुवाती काम गरे । मैले के अनुभव गरे भने, हामीसँग रणनीतिक र प्राकृतिकरुपमा यी क्षेत्रमा लगानी गर्नका लागि कैयन अवसरहरु छन् ।

राजनीतिक स्थायित्व आवश्यक

नेपाल गरिब देश होइन । तर व्यवस्थापनमा अनेकन उतारचढावले स्थायित्व पाउँदैन । वास्तविक संसारमा सबै क्षेत्रमा स्थायित्व आवश्यक हुन्छ । स्थायित्व भयो भने राम्रोसँग काम गर्न सकिन्छ भन्ने विश्वास पनि छ ।

सरकार स्थायित्व हुँदा नीतिगत रुपमा काम गर्न सजिलो हुन्छ । नतिजा पनि राम्रो आउँछ । सबै नीतिहरु प्रभावकारी बनाउनु आवश्यक छ । तर प्रजातन्त्रको पुर्नबहाली भएयताका ३० वर्षमा एउटा सरकारको कार्यकाल १३/१४ महिना औसत मात्रै छ ।

स्थायित्व हुने हो भने विदेशी लगानी ल्याउन पनि निकै सहज हुन्छ । र, बैंकिङ क्षेत्र पनि सरकारको स्थायित्वसँग जोडिएको छ । स्थायित्व हुने हो भने विकासले गति पाउँछ भने बजारमा पनि तरलता अभाव हुँदैन । जसले यस क्षेत्रको विकासमा सहयोगी काम गर्छ । अहिले हामीले स्थायी सरकार पाएका छौं । यो हाम्रा लागि राम्रो विषय पनि हो ।

बैंकिमा चूनौतिका चाङ

नेपालको बैंकिङ क्षेत्रले अहिले कैयन चुनौतिहरु भोगिरहेको छ । अहिले बैंकहरु पनि धेरै भइसके तर स्वस्थ र दिगो हुनका लागि चुनौति छ । यही कुरालाई मनन गर्दै राष्ट्र बैंकले मर्जरको प्रक्रिया शुरु गरेको हो । अहिले राष्ट्र बैंकले लिएको नीति ठीक छ । बैंकिङ क्षेत्रमा अहिले मर्जर र एक्विजिसनको आवश्यकता छ ।

तर यो तब मात्रै सम्भव छ जब बैंकका प्रमोटरहरुले आफ्नो इगो छाडेर आफ्नो लागि भन्दा पनि यस क्षेत्रको विकासका लागि सोच्छन् । सानो संख्यामा बैंकहरु हुँदा त्यो बलियो पनि हुन्छ । र, विविधताका हिसाबले पनि राम्रो हुन्छ ।

पक्कै पनि सरकार र राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई अझ बढी प्रोत्साहन गर्नुपर्छ । र, यो छिटो गर्नुपर्छ । अहिले हामीहरु २८ वटा वाणिज्य बैंक, २५ वटा विकास बैं र २२ वटा फाइनान्ससँग कैयन चुनौतिहरु थपिएका छन् ।

म अझै थोकेको छैन, केही सुस्त भने जरुर भएको छु । तर म रिटायर हुने कुनै योजना छैन । मसँग अझै केही प्रोजेक्ट छन् । म पछि आएका बैंकरहरुलाई भन्न चाहन्छु कि म कुनै पनि तपाईसँग ऋणका लागि आउन सक्छु । नम्रता देखाउनु होला र अरुलाईभन्दा केही सस्तो ब्याजदरमा दिनु होला । र, शुल्कमा पनि केही हेरिदिनुहोला ।

खर्चको मात्रा निकै बढेको छ । मार्जिन साँघुरिँदैै गएको छ । बैंकका लागि मुलुकको विकास तथा स्टेक होल्डरलाई रिर्टन दिने होडका बीचमा ब्यालेन्स बनाउनु पनि चुनौति छ । खर्च बढ्नुका पछाडि कैयन कारण छन् ।

त्यो समय अहिले छैन जतिबेला यो क्षेत्र उच्च स्प्रेड दरमा रमाइरहेको थियो । अहिले लगानीकर्ताले पाउने रिटर्न औसतलाई हेर्दा पहिलेको भन्दा निकै कम छ । यस क्षेत्रले करको क्षेत्रमा ठूलो योगदान गरेको छ जुन निकै पारदर्शी समेत छ ।

सिलिकन भ्यालीमा मैले जे देखेँ…

म केही समयअघि अमेरिककाको सिलिकन भ्यालीमा पुगेको थिए । जहाँ मैले प्रविधिको विकासबारे जान्न मौका पाएँ । यदी हामीले बैंकिङ क्षेत्रलाई राम्रो बनाउने हो भने प्रविधिको उच्चतम प्रयोगलाई आत्मसाथ गर्नैपर्छ ।

यदि तपाई प्रविधिमैत्री हुनुहुन्न भने व्यवसाय गर्न गाह्रो हुन्छ । परम्परागत बैंकिङले भविष्यमा समस्या पर्न सक्छ । त्यसैले प्रविधिको प्रयोगलाई बढावा दिनु अति जरुरी भइसकेको छ ।

नेपालका लागि पहिलो प्राथमिकतामा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक हुनुपर्छ । जुन अहिले छैन । मुलुकको आर्थिक विकासका लागि इन्फ्रास्ट्रक्चर विकास बैंक पूर्वसर्त नै हो । यस विषयमा निकै आशावादी छु । किनभने नयाँ जेनेरेसन आँटिलो छ, उद्यमी छ, शिक्षित र क्षमतावान छन् । र, यिनै गुणले यस क्षेत्रलाई सही दिशामा लैजान्छ भन्नेमा म विश्वस्त छु ।

जीवनका तीन पक्ष, लर्निङ, अर्निङ एन्ड गिभिङ

म फेरि आफ्नै बारेमा फर्कन्छु । कुनै पनि मानिसको जीवनमा तीन पक्ष हुन्छ । लर्निङ, अर्निङ र गिभिङ । पहिलो फेज ३० वर्षसम्म हुन्छ । जुन समयमा हामीले पढ्छौं र बढ्छौं । जीवनको दोस्रो फेजमा ३० वर्षदेखि ६० वर्षसम्म हो भन्छु जुन समयमा हामी संघर्ष गर्छौ, काम गर्छौ र कमाउँछौं । मैले यी दुबै फेज अहिले पार गरिसकेँ ।

म अहिले तेस्रो फेजमा प्रवेश गरेको छु । र, यो समय ‘गिभिङ ब्याक’ समय हो ।

मेरो रुचि पनि तपाईहरु धेरेलाई थाहा छ कि म पुरातात्विक संरचनामा, नेपालको कला र संस्कृतिमा रमाउँछु । यस क्षेत्रमा हामी धनी छौं । बैंकिङ क्षेत्रका लागि म यही अनुरोध गर्न चाहन्छु कि यस क्षेत्रमा पनि लगानी गर्नुहोस् ।

नेपालको कला र संस्कृतिको प्रबद्र्धन गर्नु मेरो जीवनको तेस्रो फेजको काम हो । जसले राष्ट्रले गर्व गर्न सकोस र पर्यटनको विकासमा अगाडि बढ्न सकोस । त्यसैले मसँग भएको उर्जा यस्तै क्षेत्रमा लगाउन चाहन्छु ।

अन्तिममा सुझाव

म अझै थोकेको छैन, केही सुस्त भने जरुर भएको छु । तर म रिटायर हुने कुनै योजना छैन । मसँग अझै केही प्रोजेक्ट छन् । म पछि आएका बैंकरहरुलाई भन्न चाहन्छु कि म कुनै पनि तपाईसँग ऋणका लागि आउन सक्छु । नम्रता देखाउनु होला र अरुलाईभन्दा केही सस्तो ब्याजदरमा दिनु होला । र, शुल्कमा पनि केही हेरिदिनुहोला ।

तर सुझावका शब्दका रुपमा काम गर्नुहोस्, जे काम गर्नुहुन्छ त्यसमा रमाउन सिक्नुहोस् । समय आउँछ जान्छ निकै छिटो गतिमा । थाहै हुँदैन ।

(नेपाल बैंकर्स संघको साधारणसभामा सम्मानित भएका पाँडेले अंग्रेजीमा राखेको मन्तव्यको अनुवाद)


पुष्प दुलाल