एनएनबि र ओमको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, ओममा राजीनामाको लर्को



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले गत बिहीबार एनएमबि र ओम डेभलपमेन्ट बैंक मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

एनएमबि र ओमले असोजको दोस्रो सातासम्ममा एकीकृत कारोबार सुरु गर्ने जनाएका छन् ।

मर्जरपछिको कर्मचारी समायोजनमा असन्तुष्टी जनाउदै ओम डेभलपमेन्ट बैंकका कर्मचारीहरुले राजीनामा दिएका छन् । करिब १०० जना कर्मचारीले राजीनामा दिएका हुन् ।

ओमका कर्मचारीलाई सम्मानजनक समायोजन गर्छौंः एनएमबि बैंकका सीइओ केसीको अन्तर्वार्ता

मर्जरपछिको समायोजन प्रक्रियामा असन्तुष्टी जनाएर ओमका कर्मचारीलो राजीनामा गरेका हुन् । यसमा राष्ट्र बैंकले समेत चासो जनाएको थियो ।

राजीनामा दिनेको संख्या बढी भएपछि राष्ट्र बैंकले दिएको चासो अनुसार कतिपय कर्मचारीलाई बैंकले काममा समेत फर्काएको छ । कतिपय कर्मचारीले अन्य बैंक तथा वित्तीय संस्थामा नियुक्तीको लागि अफर लेटर समेत बुझेका छन् ।

ओमका सीइओले एनएमबि बैंकमा स्थान नपाउने, यसरी गरियो कर्मचारी समायोजन

ओममा ४३० जना कर्मचारी कार्यरत रहेका छन् । केही शाखाका शाखा प्रवन्धकले समेत राजीनामा बुझाएका छन् । मर्जरमा ओममा कार्यरत ७० जनाको समायोजन नहुने पहिला नै पक्का थियो ।


क्लिकमान्डु