कुमारीले ग्लोबललाई मर्जरको पूरानो छलफललाई फेरि अघि बढाउन प्रस्ताव पठायो



काठमाडौं । कुमारी बैंकले ग्लोबल बैंकसँगको मर्जरको छलफललाई फेरि अघि बढाउन प्रस्ताब पठाएको छ । यी दुई बैंकबीच यसअघि नै गम्भीर रूपमा ४ पटक मर्जरको विषयमा छलफल भएको थियो ।

धेरै कुराहरु मिलिसकेका पनि थिए । बैंकका सञ्चालक रहेका शोभकान्त ढकालले कुमारीका तर्फबाट मर्जरको इनिसिएशन लिएका थिए । अर्का सञ्चालक मिनबहादुर गुरुङ पनि ग्लोबसँग मर्जरमा जान अत्यन्तै सकरात्मक थिए ।

चन्द्रागिरी केबलकार लगायतका केही प्रोजेक्टमा चन्द्र ढकाल र मिनबहादुर श्रेष्ठ बिजनेश पार्टनर भएर काम गरिसकेका छन् ।

तर, पछिल्लो समय मिनबहादुर गुरुङ एकाएक समस्यामा परे । उता सञ्चालक शोभकान्त ढकाल बालुवाटार जग्गा काण्डमा मुछिए पछि सञ्चालक पद छाडे ।

बैंकको साधारणसभाले अमिरप्रताप राणालाई अध्यक्षमा निर्वाचित गर्यो । नवनिर्वाचित अध्यक्ष राणा ग्लोबसँग मर्जरमा जान त्यति सकरात्मक देखिएनन् । र, ४ पटक मर्जरका लागि बैठक बस्दा पनि निचोड निस्किएन ।

त्यसपछि ग्लोबल बैंकले अरु बैंकलाई मर्जरको प्रस्ताब गर्न थाल्यो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मर्जरमा जान निर्देशन दिएका थिए । गभर्नरको निर्देशनपछि ग्लोबल आक्रमकरुपमा अघि बढ्यो ।

पहिलो चरणमा मेगा बैंकसँग छलफल निकै अघि बढिसकेको थियो । मेगालाई स्वाप रेसियो ८० प्रतिशत दिन ग्लोब तयार थियो । मेगाले ९० मागेको थियो । बीचको बिन्दूमा मिल्नसक्ने अवस्था थियो ।

तर, कर्मचारी व्यवस्थापनमा केही उल्झन देखियो । र, प्रक्रिया अघि बढेन ।

मर्जरमा एग्रेसिभ बन्यो ग्लोबल आइएमइ बैंकः जनता बैंकलाई प्रस्ताब गर्यो, ८५ दिन तयार

त्यसपछि ग्लोबलले जनतालाई प्रस्ताब गर्यो । असार १८ गते ग्लोबलले जनतालाई स्वाप रेसियो ८५ दिन तयार रहेको भन्दै प्रस्ताब गर्यो । ग्लोबलको प्रस्ताब जनतालाई चित्त बुझ्यो । आज आपसमा मर्ज हुनका लागि समझदारीपत्रमा दुबै बैंकका अध्यक्षले हस्ताक्षर गरिसकेका छन् ।

ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने, दुबै बैंकका अध्यक्षले सहमतिमा हस्ताक्षर गरे

तर बिहीबार मात्रै कुमारी बैंकले घुमाउरो बाटोबाट ग्लोबलाई पूरानो छलफललाई निरन्तरता दिन प्रस्ताब पठाएको छ । यसअघिका छलफलमा ग्लोब कुमारीलाई ८० प्रतिशतको स्वाप रेसियो दिन तयार थियो ।

कुमारी बैंकका सञ्चालकहरुले ग्लोबलका अध्यक्ष चन्द्र ढकाल निकट व्यक्तिलाई पूरानो छलफललाई निरन्तरता गर्नका लागि चन्द्र सरसँग कुरा पुर्याइदिनु पर्यो भनेका छन् ।

‘हामी ग्लोबसँग मर्जरमा जान तयार छौं, पूरानो छलफलाई निरन्तरता दिँदै अघि बढौं भनेर प्रस्ताब आएको छ,’ चन्द्र ढकाल निकट स्रोतले भन्यो, ‘ग्लोबलको सञ्चालक समितिलाई होइन कि अध्यक्षज्यूले कुरा खाने व्यक्तिलाई यस्तो प्रस्ताब आएको छ । चन्द्रसरको सम्म कुरा पुर्याइदिनुपर्यो भनिरहेका छन् ।’

स्रोतका अनुसार कुमारीले प्रस्ताब गरे पनि ग्लोल र कुमारीबीच अब मर्ज हुन धेरै कठिन छ ।

के गर्छ त ग्लोबलले ?

बिग मर्जरका लागि ग्लोब बैंकले जनता बैंकसँग लसमझदारी गरिसकेको छ । यसअघि पनि ग्लोबलले कमर्ज एण्ड ट्रष्ट लगायत झन्डै दर्जन संस्थालाई गाभिसकेको छ ।

कुरा मिल्यो भने अरु एक/दुई वटा वाणिज्य बैंकलाई गाभेर अघि बढ्ने ग्लोबलको रणनीति छ ।

‘हामी ३-४ वटै बैैंक गाभेर पनि अघि बढ्न सक्छौं, कुरा भइरहेको छ, हेरौं निचोड के निष्कन्छ,’ बिहीबार साँझ चन्द्र ढकालले क्लिकमाण्डूसँग भनेका थिए, ‘जे होस् हामी मौद्रिक नीतिअघि नै कमिटमेन्ट होइन, मर्जरको एमओयू पठाउँछौं ।’


पुष्प दुलाल