चीनको ५०० अर्ब डलरको व्यापारमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय, यसरी हुँदैछ व्यापार युद्ध



काठमाडौं । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरुको संयुक्त समूह जी २० को शिखर बैठक अर्जेन्टिनामा सुरु हुन लागेको छ ।

विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका अर्थमन्त्रीहरु सो बैठकमा भेला हुन थालेका छन् । तर त्यसको खास कारण भने पछिल्लो दिनमा अमेरिकाले अगाडि सारेको व्यापार नीतिलाई नै लिएर केन्द्रीत हुनेछ ।

अमेरिकाले विश्वव्यापी रुपमा व्यापार युद्ध छेडेको विषयलाई लिएर सो बैठक आयोजना गरिएको हो ।

फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेयरले व्यापार युद्ध अहिले एउटा वास्तविक घटना भइसकेको बताएका छन् । त्यसले संसारभर नै प्रभाव पार्ने अनुमान गरिएको छ । पछिल्लो दिनमा व्यापार युद्धको आमने सामने रुपमा अमेरिका र चीन उभिएका छन् ।

विश्वको सर्वशक्तिमान ठानिएको अमेरिका र उसलाई पछ्याउँदै अगाडि बढीरहेको चीनका कारण व्यापार युद्ध एउटा नयाँ युद्धका रुपमा परिभाषित भइसकेको छ ।

एकतर्फी रुपमा कर लगाउने अमेरिकी व्यापार नीति ‘जङ्गली कानूनमा आधारित’ रहेको फ्रान्सेली अर्थमन्त्रीको आरोप छ । उनको यो आरोपले स्थिती के कति मात्रामा गम्भीर भइसकेको रहेछ भनेर बुझन् कुनै आइतबार पर्खनु नपर्ने भएको छ ।

तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अमेरिकी करको बचाउ गर्दै युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि आ–आफ्नो बजार खुल्ला राख्न आग्रह गरेका छन् ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारका लागि इयु एउटा शत्रु भएको बताएका थिए । यसले एक अर्काप्रतिको अविश्वस, घुणा र व्यापारका लागि सर्वशक्तिमान ठानिएकाहरु नै कुन हदसम्मको तल्लो व्यवहार गर्छन् भन्ने पुष्टि भएको छ ।

त्यसपछि ट्रम्पले अमेरिका पुग्ने ५०० अर्ब डलर बराबरका सबै चिनियाँ सामानमा कर लगाउने धम्की दिए । अमेरिकाले २८ सदस्य राष्ट्र भएको इयु र चीन दुवैसँगै ठूलो व्यापार घाटा बेहोर्दै आएको छ ।

व्यूनर्स आयर्समा दुई दिन चल्ने वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री तथा बैंकरहरु भेला भएका छन् ।

फ्रान्सका अर्थमन्त्री ल मेयरले समाचार संस्था एएफपीलाई भने, “विश्व व्यापार जंगली कानूनमा आधारित हुनसक्दैन र एकतर्फी रुपमा कर वृद्धि गर्नु जंगली कानून हो । उनले जंगली कानून, सक्नेका लागि कानून, विश्व व्यापार सम्बन्धको भविष्य यो हुनसक्दैन । हामी त्यसलाई स्वीकार गर्न सक्दैनौ ।

ल मेयरले थप अगाडि भने , जंगली कानूनले वृद्धिलाई कमजोर तुल्याउनेछ, कमजोर मुलुकहरूलाई गाह्रो पार्नेछ र त्यसको भयावह राजनीतिक परिणाम निस्कनेछ ।

उनले व्यापार युद्ध अहिले वास्तविकतामा परिणत भइसकेको बताउँदै अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता नलिएसम्म इयुले अमेरिकासँग स्वतन्त्र व्यापारबारे वार्ता गर्न नसक्ने उल्लेख गरे।

अमेरिकी अर्थमन्त्री मनुसिनले इयु र चीनसँगको व्यापारबारे ट्रम्पको अडानलाई समर्थन गर्दै ती दुवैले आ–आफ्नो बजार खुल्ला गर्नुपर्ने बताए।

उनले भने, ‘मेरो सन्देश बिल्कुल स्पष्ट छ । हाम्रा राष्ट्रपतिले गत महिना जी सेभेन शिखर बैठकमा दिएकै सन्देश हो ।’

‘यदि युरोप स्वतन्त्र व्यापारमा विश्वास गर्छ भने हामी विना कुनै कर, आयात निर्यातमा विना कुनै निषेध र विना कुनै सहुलियत स्वतन्त्र व्यापार सम्झौता गर्न तयार छौँ ।’

चीनको चर्चा गर्दै मनुसिनले बेइजिङविरुद्ध कडा कर लगाउने विषय ‘एउटा वास्तविक सम्भाव्यता’ भएको बताए ।

उनले थपे, “हामी हाम्रा उद्देश्यबारे एकदम स्पष्ट छौं

ईयूले पनि ‘सबै आवश्यक उपाय’ अपनाइने चेतावनी दिएको छ

संयुक्त राज्य अमेरिकाले युरोपेली संघ मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा करहरू लागु गर्ने भएको छ ।

बिहीवार मध्यरातबाटै स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको आयातमा १० प्रतिशत कर लगाइएको छ ।

उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदारहरू प्रभावित हुनेछन्।

युरोपेली संघ र मेक्सिकोले अमेरिकी कदमप्रति असन्तोष व्यक्त गर्दै त्यसका बदलामा आफूहरूले पनि कदम चाल्ने बताए ।

अमेरिकी वाणिज्यमन्त्री रसले आफ्नो देशबाट अमेरिका निर्यात हुने स्टील र एलुमिनियमाथि कर लगाइने प्रावधानलाई रोक्ने प्रयास गरिरहेका ईयूका नेताहरूसँगको वार्तास्थल पेरिसबाटै त्यस्तो निर्णयको घोषणा गरेका हुन्।

उनले आफूहरूको वार्तामा पर्याप्त प्रगति नभएको बताउँदै सम्भावित प्रतिक्रिया अपेक्षित रहेको बताएका छन्।

‘हाम्रो कदमप्रति उनीहरूको प्रतिक्रिया कस्तो रहन्छ हामी त्यो हेर्नेछौँ ’अमेरिकी वाणिज्य मन्त्रीको भनाइ थियो।

उनले सबै पक्षसँग छलफल गर्न आफूहरू इच्छुक रहेको पनि बताए ।

उनले क्यानडा र मेक्सिकोसँग जारी उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्तामा पनि अनुमान गरिएभन्दा बढी समय लागेको बताएका छन्।

युरोपेली आयोगका अध्यक्ष ज क्लोड युंकरले कर लागु गर्नेबारे अमेरिकाले लिएको निर्णयलाई अस्वीकार्य भन्दै ईयूले त्यसविरुद्ध विभिन्न उपायहरू अपनाउने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र एलुमिनियममा कर लगाउने योजनाको घोषणा गरेका थिए।

चीनको अगुवाइमा विश्वव्यापी रूपमा नै स्टील र एल्मुनियमको आपूर्ति बढिरहेको तर्क गर्दै त्यसबाट अमेरिकाका लागि महत्वपूर्र्ण रहेका स्वदेशी स्टील र एल्मुनियम उत्पादकहरूलाई जोखिमपूर्ण अवस्थामा पु‍र्याएको उनको भनाइ थियो।

उक्त घोषणायता दक्षिण कोरिया, आर्जे्न्टिना, अस्ट्रेलिया र ब्राजिलले कर मिनाहाका बदलामा आफूहरूले अमेरिका निर्यात गर्ने स्टील र एल्मुनियम े परिमाण सीमा तोक्न सहमति जनाइसकेका छन्।

वार्ता जारी रहँदा अमेरिकाले ईयू, क्यानडा र मेक्सिकोका हकमा अस्थायी रूपमा कर मिनाहा गरिदिएको थियो । त्यस्तो कर मिनाहाको समयसीमा जुन १ तारिखमा समाप्त हुनेछ ।

बिबिसिको सहयोगमा


क्लिकमान्डु