
काठमाडौं । तीनकुनेसहितका क्षेत्रमा जारी भएको कर्फ्यु भोलिसम्मका लागि थपिएको छ । काठमाडौं जिल्ला प्रशासनले र्फ्युको समय थपेको हो । कर्फ्यु शनिबार बिहान ७ बजेसम्मका लागि थप गरिएको हो ।
राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
कर्फ्युका बीच पनि आन्दोलनकारीले विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका थिए ।
प्रतिक्रिया