राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

742
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।

शुक्रबार राजावादीले गरेको कार्यक्रममा राप्रपाले समर्थन गरेको थियो । उक्त कार्यक्रममा सहभागी भएका उनीहरुलाई केहीबेर अघि प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुर्गा प्रसाईंको कमाण्डमा भएको प्रदर्शन हिंसात्मक भएको थियो । उक्त प्रदर्शनका क्रममा दुई जनाले ज्यान गुमाएका थिए । कयौं घर र गाडीमा आगो लगाइएको थियो ।

आन्दोलनकारीलाई उक्साउने र तोडफोड गर्न मिश्र र राणाले उक्साएको आरोप छ।