मन्त्रिपरिषद्को आकस्मिक बैठक: राजावादीको प्रदर्शनबारे यस्तो निर्णय (भिडियो)

3.7k
Shares

काठमाडौं । राजावादीको आन्दोलनका क्रममा शुक्रवार भएको हिंसात्मक गतिविधिको छानबिनका लागि सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार निजी, सार्वजनिक, सरकारी सम्पत्ति अस्पताल राजनीतिक दलका कार्यलय एवं सञ्चार गृहमा भएको आगजनी, तोडफोड, लुटपाट र आगजनीको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही गर्न बैठकले गृहलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकले राजावादीहरूले आतंक फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।