राजावादीको हिंसात्मक प्रदर्शनपछि मन्त्रिपरिषद् बैठक जारी

651
Shares

काठमाडौं । मन्त्रिपरिषद बैठक बसिरहेको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि शुक्रबार राति आकस्मिक रुपमा मन्त्रिपरिषद बसेको हो ।

शुक्रबार राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

राजावादीले प्रदर्शनका क्रममा केही घरमा आगो लगाएका छन् भने कयौं सवारीसाधनमा आगजनी गरेका छन् । हिंसात्मक आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ ।