
काठमाडौं । प्रहरीले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरेको छ ।
शुक्रबार दुर्गा प्रसाईंको कमाण्डमा भएको आन्दोल हिंसात्मक भएपछि सुवेदीलाई प्रहरीले नजरबन्द गरेको हो । सुवेदीको समितिले प्रसाईंलाई कमाण्डर तोकेको थियो ।
प्रहरीले आजै राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणालाई पनि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया