साधारण सेयरको कारोबार मात्रै गराएर अब बाच्न सक्दैन स्टक एक्सचेन्ज
पछिल्लो समय विद्युतीय मुद्रा बिटकोइनको बजार मूल्य प्रतिएकाइ १६ हजार अमेरिकी डलरसम्म पुगेको छ । धेरै मुलुकले अवैध घोषणा गरेको यो मुद्रामा आम लगानीकर्ताको आकर्षण बढ्दो छ । सिकागो बोर्ड अप्सन एक्सचेन्जले बिटकोइनमाथि फ्युचर कारोबार सुरु गरेसँगै यसले वैधानिकता हासिल गर्ने बाटो समाएको छ । सरकारहरुको चासो भने असंगठित तथा विकेन्द्रित विद्युतीय सञ्जालमा कारोबार हुने यो मुद्राले निम्त्याउन सक्ने जोखिममा छ । सरकारहरुका आगामी कदम जेसुकै हुन्, यो मुद्रामाथि सर्वसाधारणको स्वीकार्यता फैलँदै जाने संकेत देखापरेका छन् ।
परिपक्व बजारमा वित्तीय सम्पत्ति कुन रुपमा राख्ने र त्यसको स्वामित्व हस्तान्तरण गर्ने माध्यम कुन हुने भन्ने छनोट त्यस्तो सम्पत्तिको वैधानिक हकदारले निर्धारण गर्न पाउनुपर्ने माग जोडतोडका साथ उठिरहेको हुन्छ । यस्तो माग पुराना हुनुको अर्थ हुन्छ– कसैलाई कुनैपनि वित्तीय औजार (ऋणपत्र, सेयर लगायतका धितोपत्र) संगठित बजार (स्टक एक्सचेन्ज)मै किनबेच गर्न बाध्य पार्न सकिने छैन । खासगरी ‘ब्लक चेन’ पक्षधरहरुले यसको वकालत गरिरहेका छन र यिनीहरुको आवाज दिनप्रतिदिन चर्को हुँदै गइरहेको छ ।
पाँच वर्षअघि सिंगापुर स्टक एक्सचेन्जले अस्ट्रेलियन सेक्युरिटिज एक्सचेन्ज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुग्दा अस्ट्रेलियाली सरकारले ‘दीर्घकालीन आर्थिक प्रभाव पार्ने राष्ट्रिय चासो’को विषय भन्दै उक्त प्रक्रियालाई रोकिदियो । एउटा स्टक एक्सचेन्ज राष्ट्रिय चासोको विषय बनेको त्यो पहिलो घटना भने होइन । आधुनिक स्टक एक्सचेन्जको प्रादुर्भाव भएदेखि नैयसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैले यो राष्ट्रिय चासोको विषय बन्छ ।
संगठित दोस्रो बजारका सन्दर्भमा भएका पछिल्लो समयका केही प्रतिनिधि घटनाहरु माथि उल्लेख गरिएको छ । यी घटनाहरुले स्टक एक्सचेन्जको भविष्य, चुनौती तथा अवसरका सन्दर्भमा मिश्रित चित्र प्रस्तुत गरेका छन् । सत्रौं शताब्दीमा युरोपमा अस्तित्वमा आएको स्टक एक्सचेन्ज हामीले यहाँ बीसौं शताब्दीको उत्तराद्र्धमा देख्न पायौं । सन १९८० को दशकमा युरोप, अमेरिकालगायत प्रथम विश्वका मुलुकहरु कम्प्युटरकृत कारोबारमा गइसकेका थिए । हामीले २००७ सालमा मात्रै त्यस्तो पद्धति अपनायौं । कागजी सेयर प्रमाणपत्र त्यागेको मुस्किलले दुई वर्ष पुगेको छ । हामीले संगठित बजार सञ्चालनमा विश्वव्यापी प्रवृत्तिलाई पछ्याएका छौं । हाम्रो आफ्नै मौलिक अवधारणा छैन । त्यसैले संगठित बजारले विश्वव्यापी रुपमा जुन बाटो समाउँछ हामी ढिलो–चाँडो त्यहाँ पुग्नेछौं । अहिले विकसित मुलुकको संगठित बजारमा देखिएका चुनौती हामीले भोलिका दिनमा सामना गर्नै पर्छ ।
युरोपका कफी हाउसहरुमा ‘फलानो कम्पनीको सेयर किन्ने भए सम्पर्क गर्नू’ भन्ने सूचनामूलक पोस्टर टाँसिएका हुन्थे । पछि तिनै कफी हाउस सेयर किनबेच गर्ने एजेन्टको भेटघाटस्थल बन्यो, मोलतोल हुन थाल्यो, एजेन्टहरु संगठित हुँदै गए । त्यो संगठित स्वरुपको नाम स्टक एक्सचेन्ज रह्यो ।
झन्डै ४ सय वर्ष लामो आधुनिक स्टक एक्सचेन्जको विश्व इतिहासमा अनेकौं उतारचढाव आएका छन्; स्टक एक्सचेन्जको स्वामित्व, संरचना तथा सञ्चालनका तौरतरिका बदलिएका छन् । तर, आर्थिक वृद्धिमा सहयोग पुग्ने गरी पुँजी परिचालनमार्फत यसले खेल्ने भूमिकाको महत्व घटेको छैन । स्टक एक्सचेन्जलाई अन्तर्राष्ट्रिय जगतले जुन अर्थ र महत्वका साथ बुझेको छ त्यही अर्थमा हामीले बुझ्न–बुझाउन सकेका छैनौं । यसलाई विशिष्ट व्यवसायका रुपमा भन्दा वित्तीय सेवा प्रदान गर्ने अन्य सामान्य व्यवसाय सरह बुझेका छौं । बैंक, बीमा वा अरु कुनै वित्तीय सेवा प्रदायक कम्पनीभन्दा यसलाई फरक अर्थमा लिएका छैनौं ।
सत्रौं शताब्दीमा इस्ट इन्डिया कम्पनीले व्यवसाय विस्तारका लागि सेयर जारी गरेको थियो । कालान्तरमा उसको सिको गर्दै सेयर जारी गर्ने कम्पनीहरु युरोपमा थुप्रै भए । ती कम्पनीहरुले सेयर जारी गर्न एजेन्टको प्रयोग गर्थे । लगानीकर्ताले किनेको सेयर बिक्री गर्ने ठाउँ थिएन । युरोपका कफी हाउसहरुमा ‘फलानो कम्पनीको सेयर किन्ने भए सम्पर्क गर्नू’ भन्ने सूचनामूलक पोस्टर टाँसिएका हुन्थे । पछि तिनै कफी हाउस सेयर किनबेच गर्ने एजेन्टको भेटघाटस्थल बन्यो, मोलतोल हुन थाल्यो, एजेन्टहरु संगठित हुँदै गए । त्यो संगठित स्वरुपको नाम स्टक एक्सचेन्ज रह्यो । आम्स्टर्डम र लन्डनमा सँगसँगै जसो स्टक एक्सचेन्ज खुल्यो । न्युयोर्क वालस्ट्रिटको चौतारीमा भेला हुने स्टक ब्रोकरहरुले पनि आफूलाई संगठित बनाए । पछि यसले न्युयोर्क स्टक एक्सचेन्जको रुप धारण ग¥यो ।
अहिले धितोपत्र बजारमा साधारण सेयरभन्दा निकै जटिल किसिमका वित्तीय औजारको कारोबार हुने गरेको छ । लगानीकर्ताले यी जटिल औजारहरुमा रहेका जोखिम र प्रतिफललाई बुझ्ने आफ्नो क्षमताअनुरुप त्यसलाई ग्रहण गर्न सक्ने बनाउने अभिभारा पनि स्टक एक्सचेन्जकै हुन आउँछ ।
स्टक एक्सचेन्ज अस्तित्वमा आएका यी घटना जति रोचक छ, त्यत्तिकै चाखलाग्दो यिनको विकासक्रम छ । हाल आएर स्टक एक्सचेन्जहरुलाई बजार अर्थतन्त्रको मियोको रुपमा लिने गरिएको छ । ब्रोकर एसोसिएसनका रुपमा अब स्टक एक्सचेन्ज सीमित रहेनन् । वास्तवमा अब कुनै पनि स्टक एक्सचेन्ज म्युचुलाइज अर्गनाइजेसनका रुपमा रहने छैनन् । आफैं नीति–नियम बनाउने, आफैं कार्यान्वयन गर्ने, आफैं बजार सञ्चालन गर्ने, अन्यथा हुन गए आफैं कार्बाहीका लागि अघि सर्नुपर्ने विरोधाभाषपूर्ण स्थितिको अन्त्य हुनैपर्ने थियो । स्वार्थ बाझिने किसिमको स्टक एक्सचेन्जहरुको संरचना परिवर्तन गरी संस्थागत सुशासन कायम गर्नु आवश्यक थियो ।
समग्र अर्थतन्त्र, राजनीतिक, सामाजिक परिपाटीलाई नै उथलपुथल पार्ने किसिमका गतिविधिको उद्गम बिन्दु स्टक एक्सचेन्जहरु हुन थालेपछि यसको सुसञ्चालनमा सरकारहरुको चासो बढेको हो । सन १९३० दशकको महामन्दी, सन् १९८५, सन १९९७ र सन २००८ को वित्तीय संकटसँग स्टक एक्सचेन्जहरु जोडिएका छन् । खर्बौंको सम्पत्ति नाश भएको, लाखौंले रोजगारी गुमाएको, ठुल्ठूला संस्थाहरु धराशयी भएका यी घटनाले सरकारहरुलाई पुँजी बजार सञ्चालन अत्यन्तै संवेदनशील विषयका रुपमा ग्रहण गर्न र सोही अनुरुप व्यवहार गर्न बाध्य बनाएको हो ।
हाल संसारमा दुई–चार वटा स्टक एक्सचेन्जहरु मात्र म्युचुअलाइज अर्गनाइजेसनको रुपमा छन् भने केही सरकारी स्वामित्वका छन् । सबैजसो स्टक एक्सचेन्जले स्क्रिन बेस्ड ट्रान्ज्याक्सन प्रयोगमा ल्याएका छन् । कमिसनमा उदारीकरणले भने गति लिन सकेको छैन ।
यसरी स्टक एक्सचेन्जको इतिहासलाई केलाउँदा के देखिन्छ भने अर्थतन्त्र र सर्वसाधारणको पक्षमा यसले चार किसिमले भूमिका खेल्छ । त्यो भूमिकालाई पुँजी परिचालन, तरलता, मूल्य निर्धारण र जोखिम तथा प्रतिफल वितरणमा वर्गीकरण गर्न सकिन्छ । धितोपत्र जारी गर्ने निष्कासनकर्ता र खरिद गर्ने लगानीकर्ता दुवै पक्ष स्टक एक्सचेन्जका सेवाग्राही हुन । उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने पुँजीको व्यवस्था र स–सानो बचतलाई उचित प्रतिफल प्राप्त हुने साधनमा लगानी गर्न उपयुक्त अवसर पुँजी बजारले उपलब्ध गराउँछ । स्टक एक्सचेन्जबिनाको पुँजी बजार हामीले कल्पना गर्न सक्दैनौं ।
पुँजी बजारमा आउने हरेक किसिमका धितोपत्रलाई आवश्यक परेको बेला नगदमा परिणत गर्न सकिने व्यवस्था स्टक एक्सचेन्जले गरेको हुन्छ । वित्तीय सम्पत्तिलाई जुन सहजता र तीव्रताका साथ तरलता उपलब्ध गराउँछ त्यत्ति नै चुस्त र सक्षम स्टक एक्सचेन्ज हुन्छ । तरलता उपलब्ध गराउने क्रमसँगै त्यस्ता वित्तीय सम्पत्तिको मूल्य निर्धारण पनि भइरहेको हुन्छ । वित्तीय सम्पत्तिको मूल्य निर्धारण सूचना प्रवाहसँग जोडिएको विषय हो । बजारमा कारोबार हुने वित्तीय सम्पत्तिसँग सम्बद्ध सबै खाले सूचना सरोकारवाला सबैको पहुँच स्थापित गर्ने संयन्त्र पनि स्टक एक्सचेन्ज नै हो । लगानीकर्तामाझ उपलब्ध सूचनाको प्रशोधनमार्फत वित्तीय सम्पत्तिको अन्तर्निहित र बजार मूल्यबीच तादात्म्य कायम गर्ने प्रयास निरन्तर भइरहेको हुन्छ । जबजब वित्तीय सम्पत्तिको अन्तर्निहित र बजार मूल्यको अन्तर बढ्दै जान्छ, तब बजारमा संकट देखा पर्छन् । त्यस्ता संकट रोकथाम गर्नेतर्फ बजार सञ्चालक सचेत रहनुपर्छ ।
जोखिम र प्रतिफल हरेक व्यवसायको अभिन्न पक्ष हो । यस विषयमा धेरै गहन अध्ययन भएका छन् । वास्तवमा इस्ट इन्डिया कम्पनीले सेयर जारी गर्नुको मुख्य उद्देश्य नै जोखिम र प्रतिफलको वितरण गर्नु थियो । वर्तमान वित्तीय प्रणाली इस्ट इन्डिया कम्पनीले देखेको जस्तो जोखिम र प्रतिफलमा मात्र सीमित छैन । अहिले धितोपत्र बजारमा साधारण सेयरभन्दा निकै जटिल किसिमका वित्तीय औजारको कारोबार हुने गरेको छ । लगानीकर्ताले यी जटिल औजारहरुमा रहेका जोखिम र प्रतिफललाई बुझ्ने आफ्नो क्षमताअनुरुप त्यसलाई ग्रहण गर्न सक्ने बनाउने अभिभारा पनि स्टक एक्सचेन्जकै हुन आउँछ ।
स्टक एक्सचेन्जहरुको छाता संगठन वल्र्ड फेडेरेसन अफ एक्सचेन्जेजले मूलभूत रुपमा स्टक एक्सचेन्जहरुको कर्पोरेटाइजेसन, कमिसनमा उदारीकरण र स्क्रिन बेस्ड ट्रान्ज्याक्सनमा जोड दिँदै आएको छ । स्टक एक्सचेन्जको प्रभावकारी सञ्चालनका लागि यी तीन विषयलाई न्यूनतम सर्त मानिएको छ । यिनै न्यूनतम सर्तको सेरोफेरोमा भिन्न स्तर र मात्रामा स्टक एक्सचेन्जहरु विकसित भएका छन् । हाल संसारमा दुई–चार वटा स्टक एक्सचेन्जहरु मात्र म्युचुअलाइज अर्गनाइजेसनको रुपमा छन् भने केही सरकारी स्वामित्वका छन् । सबैजसो स्टक एक्सचेन्जले स्क्रिन बेस्ड ट्रान्ज्याक्सन प्रयोगमा ल्याएका छन् । कमिसनमा उदारीकरणले भने गति लिन सकेको छैन । विकसीत र परिपक्व बजारले मात्रै कमिसनको दर निर्धारणलाई खुला छोडिदिएका छन् ।
युरोपमा स्टक एक्सचेन्जहरु एकीकरणको प्रयास सन् १९६० को दशकबाटै सुरु भएको हो । उत्तर अमेरिकामा पनि स–साना स्टक एक्सचेन्जहरु ठूला स्टक एक्सचेन्जमा बिलय हुने क्रम त्यतिबेलैसुरु भएको हो । सन २००० मा पेरिस स्टक एक्सचेन्ज, आमस्टर्डम स्टक एक्सचेन्ज र ब्रसेल्स स्टक एक्सचेन्ज मिलेर बनेको युरोनेक्स्ट सबैभन्दा महत्वपूर्ण घटना हो ।
बजारलाई स्थायित्व प्रदान गर्न, पारदर्शिता कायम गर्न, चुस्त बनाउन, प्रभावकारी सञ्चालन, लगानी विविधीकरण एवं पुँजी परिचालनलाई व्यापक बनाउनुका साथै सञ्चालनको गति तीव्र बनाउन वल्र्ड फेडेरेसन अफ एक्सचेन्जेजले उल्लिखित तीन विषयमा जोड दिएको हो । यस क्रममा स्टक एक्सचेन्जको आम्दानी घट्ने तर खर्च बढ्नुका साथै इलेक्ट्रोेनिक कम्युनिकेसन नेटवर्क, ब्ल्याक पुलजस्ता वैकल्पिक कारोबारस्थल पनि देखा पर्न थालेपछि यस क्षेत्रमा एक अर्को प्रवृत्ति विकसित भएको छ ।
यो प्रवृत्ति स्टक एक्सचेन्जहरुको एकीकरण र रणनीतिक साझेदारी हो । वित्तीय उदारीकरण (पुँजी खाता पूर्ण परिवत्र्यता) र सूचना प्रविधिको विकासले पुँजी बजारको एकीकरणलाई तीव्र बनाएको छ । एकअर्का मुलुकमा धितोपत्र जारी गर्ने, कम्पनीहरु विदेशी बजारमा सूचीकरण गर्ने, विदेशी बजारमा सूचीकृत कम्पनीका सेयर तथा अन्य धितोपत्र किनबेच गर्ने चलन विस्तारित हुँदै गएको छ । मुलुकको आर्थिक नीति, प्रविधिको विकास, बजार सम्बद्ध ऐन–कानुन, नियमन तथा सुपरिवेक्षकीय क्षमता एवं बजार सहभागीको रणनीतिले स्टक एक्सचेन्जको एकीकरणलाई बल पुगेको छ ।
युरोपमा स्टक एक्सचेन्जहरु एकीकरणको प्रयास सन् १९६० को दशकबाटै सुरु भएको हो । उत्तर अमेरिकामा पनि स–साना स्टक एक्सचेन्जहरु ठूला स्टक एक्सचेन्जमा बिलय हुने क्रम त्यतिबेलैसुरु भएको हो । सन २००० मा पेरिस स्टक एक्सचेन्ज, आमस्टर्डम स्टक एक्सचेन्ज र ब्रसेल्स स्टक एक्सचेन्ज मिलेर बनेको युरोनेक्स्ट सबैभन्दा महत्वपूर्ण घटना हो । यसमा पछि लिस्बन स्टक एक्सचेन्ज र लन्डन स्टक एक्सचेन्ज थपिए भने सन् २०१३ मा न्युयोर्क स्टक एक्सचेन्जसँगको साझेदारीले यसलाई सबैभन्दा ठूलो अन्तरमहादेशीय सञ्जालका रुपमा स्थापित गरिदियो ।
मलेसिया, सिंगापुर र थाइल्यान्डको साझेदारी, अस्ट्रेलिया र न्युजिल्यान्डको साझेदारी, हङकङ र सांघाई तथा हङकङ र सेन्जेनको साझेदारी, पेरु कोलम्बिया र चिली मिलेर बनेको सञ्जाल तथा पूर्व अफ्रिकी मुलुकका स्टक एक्सचेन्जहरुको साझेदारीले बृहत् कारोबार मञ्च निर्माण गरेका छन् ।
युरोनेक्स्टको सिको गर्दै स्टक एक्सचेन्जको एकीकरणले तीव्रता पाएको छ । क्यानडा, हङकङ, जापान, जर्मनी, बाल्टिक तथा नर्डिक मुलक र ब्राजिलमा एकीकरणमार्फत ठूला स्टक एक्सचेन्जहरु खडा भएका छन् । सार्क क्षेत्रमा गत वर्ष कराँची, इस्लामावाद र लाहोर मिलेर पाकिस्तान स्टक एक्सचेन्ज बनेको छ । झन्डै १५ वर्ष लामो प्रयासपछि पाकिस्तानमा स्टक एक्सचेन्जको एकीकरणले मूर्त रुप लिएको हो ।
एकीकरण हुन नसकेको अवस्थामा रणनीतिक साझेदारीमार्फत बृहत् कारोबार सञ्जाल निर्माण गर्ने क्रम पनि वर्तमान विश्वमा चलिरहेको छ । खासगरी मलेसिया, सिंगापुर र थाइल्यान्डको साझेदारी, अस्ट्रेलिया र न्युजिल्यान्डको साझेदारी, हङकङ र सांघाई तथा हङकङ र सेन्जेनको साझेदारी, पेरु कोलम्बिया र चिली मिलेर बनेको सञ्जाल तथा पूर्व अफ्रिकी मुलुकका स्टक एक्सचेन्जहरुको साझेदारीले बृहत् कारोबार मञ्च निर्माण गरेका छन् । यसबाहेक सूचीकरण वा कारोबार मात्रै गराउने अथवा एकअर्काको मुलुकमा धितोपत्र जारी गर्ने गरी थुप्रै सम्झौता भएका छन् ।
यो एकीकरण र साझेदारीको विश्वव्यापी लहरले पुँजी बजारलाई सुदृढ र व्यापक बनाउँदै लगेको छ । विभिन्न कालखण्ड र भूखण्डमा भएका प्रयोगसिद्ध तथ्यलाई हामीले पनि अंगीकार गर्नुपर्छ । हाम्रो प्रयास पुँजी बजारलाई खण्डीकरण गर्ने होइन, एकीकरण गर्नेतर्फ लक्षित हुनुपर्छ । यसो हुन सकेको अवस्थामा मात्र आकारको मितव्ययिताको लाभ पाउन सक्छौं, कारोबारको लागत न्यून भएर जान्छ, बजारले स्थायित्व प्राप्त गर्छ, जोखिम न्यूनीकरण हुँदै जान्छ, कार्यक्षमतामा वृद्धि हुन्छ, प्रभावकारिता बढ्छ, पारदर्शिता तथा संस्थागत सुशासनको प्रवद्र्धन हुन्छ । हाम्रो नीतिगत निर्णय र व्यवहारिक कार्य यसतर्फ केन्द्रित हुनुपर्छ । यसबाट मुलुकको आर्थिक समृद्धि तथा सर्वसाधारणको आर्थिक हित सुनिश्चित गर्न सकिन्छ ।
सेक्युरिटी खरिद–बिक्री केन्द्रबाट सुरु भएको हाम्रो इतिहास ओपन आउट क्राई सिस्टम हुँदै सेमी अटोमेटेड ट्रेडिङ प्लेटफर्मलाई फुल्ली अटोमेटेड ट्रेडिङ सिस्टमले प्रतिस्थापन गर्ने चरणमा पुगेको छ । काठमाडौंमा सीमित बजार पूर्वमा झापादेखि पश्चिममा कैलालीसम्म पुगेको छ । देशभरका २२ सहरमा कारोबारका लागि ९२ टे«डिङ टर्मिनल उपलब्ध भएका छन् । साधारण सेयरको कारोबारमात्र भइरहेको अवस्थाबाट माथि उठ्नै पर्ने भएको छ । यस सम्बन्धमा विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरुसँग प्रारम्भिक छलफल भएको छ । नेप्सेको यो प्रयासमा सबैको सहयोग अपेक्षित छ ।
(नेप्सेका बरिष्ठ अधिकृत पराजुलीको यो लेख नेपाल स्टक एक्सचेन्जको २५औं वार्षिकोत्सव स्मारिकाबाट साभार गरिएको हो ।)