नविल, इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घट्दो (सूचिसहित)



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घटेको छ । गत चैत महिनाको मासिक रिपोर्टमा १३ बैंकको मुद्दति निक्षेप घटेको हो ।

०७६ फागुन महिनामा २ अर्ब १८ करोड ८६ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैत मसान्तमा १ अर्ब ८९ करोड २८ लाख रुपैयाँ मात्रै मुद्दति निक्षेप संकलन गरेको छ । फागुनको भन्दा चैतमा २९ करोड ५८ लाख रुपैयाँ अर्थात् १३.५२ प्रतिशतले कम हो ।

एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिलसहित १५ बैंकको मुद्दति निक्षेप बढ्यो (सूचिसहित)

त्यसैगरी, यो एक महिनाको अवधिमा नविल बैंकको मुद्दति निक्षेपको वृद्धिदर पनि घटेको छ । फागुन महिनामा नविल बैंकले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेकोमा चैत महिनामा ६ अर्ब २ करोड ८३ लाख रुपैयाँ मात्रै मुद्दति निक्षेप संकलन गरेको छ । फागुनको तुलनामा नविलको मुद्दति निक्षेप ८ करोड ५५ लाख रुपैयाँ अर्थात् १.४० प्रतिशतले कम हो ।

त्यसैगरी, फागुनको तुलनामा चैत महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको मुद्दति निक्षेप ५ करोड ३१ लाख रुपैयाँ अर्थात् ०.८२ प्रतिशतले घटेको छ । फागुनमा इन्भेष्टमेन्ट बैंकले ६ अर्ब ५० करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको इन्भेष्टमेन्ट बैंकले चैतमा ६ अर्ब ४४ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ ।

फागुनको तुलनामा चैत महिनामा सनराइज बैंकको ८ करोड २७ लाख र बैंक अफ काठमाण्डूको मुद्दति निक्षेप ७ करोड ६० लाख रुपैयाँले घटेको छ । प्रतिशतका आधारमा यो क्रमशः १.९८ र १.६२ प्रतिशतले कमी हो ।

फागुन महिनामा ४ अर्ब १८ करोड १४ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको सनराइज बैंकले चैत महिनामा ४ अर्ब ९ करोड ८७ लाख रुपैयाँ मात्रै संकलन गरेको छ । त्यस्तै, फागुनमा ४ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको बैंक अफ काठमाण्डूले चैतमा ४ अर्ब ६२ करोड १४ लाख रुपैयाँ मात्रै संकलन गरेकोछ ।

फागुनको तुलनामा चैतमा सिद्दार्थ बैंकको मुद्दति निक्षेप ०.७४ प्रतिशत अर्थात् ३ करोड ८३ लाख रुपैयाँले घटेको छ भने एनएमबि बैंकको ०.५६ अर्थात् २ करोड ६५ लाख रुपैयाँले घटेको छ ।

त्यस्तै, जनता बैंकको ०.७५ प्रतिशत अर्थात् २ करोड ७७ लाख रुपैयाँले घटेको छ भने प्राइम बैंकको ०.५४ प्रतिशत अर्थात् २ करोड १० लाख रुपैयाले घटेको छ ।

त्यसैगरी, कृषि विकास बैंकको ०.२२ प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँले घटेको छ भने मेगा बैंकको ०.२८ प्रतिशत अर्थात् १ करोड रुपैयाँले घटेको छ ।

त्यस्तै, फागुनको तुलनामा चैत महिनामा माछापुच्छ्रे बैंकको मुद्दति निक्षेप ५९ लाख रुपैयाँले घटेको छ भने कुमारी बैंकको ४० लाख रुपैयाँले घटेको छ ।


पुष्प दुलाल