एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिलसहित १५ बैंकको मुद्दति निक्षेप बढ्यो (सूचिसहित)



काठमाडौं । एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिलसहित १५ बैंकले मुद्दति निक्षेप बढाएका छन् ।

नविल, इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घटेको बेला एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिललगायतका १५ बैंकले भने बढाएका हुन् ।

नविल, इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घट्दो (सूचिसहित)

आक्रमक बजार विस्तार गरिरहेको एनआइसी एशिया बैंकले एक महिनाको अवधिमै सबैभन्दा धेरै ५१ करोड ८१ लाख रुपैयाँले अर्थात् ७.५३ प्रतिशतले मुद्दति निक्षेप बढाएको छ । बैंकको यो वृद्धिदर गत फागुन महिनाको तुलनामा चैत महिनाको हो ।

०७५ फागुन महिनामा एनआइसी एशिया बैंकले ६ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेकोमा चैत महिनामा ७ अर्ब ४० करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यसैतरी, फागुनको भन्दा चैत महिनामा सानिमा बैंकले २.३२ प्रतिशतले अर्थात् ९ करोड ५४ लाख ४ हजार रुपैयाँले बढी मुद्दति निक्षेप संकलन गरेको छ । फागुनमा ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको सानिमाले चैतमा ४ अर्ब २१ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी, प्रभु बैंकले फागुनको तुलनामा चैत महिनामा १.४२ प्रतिशत अर्थात् ५ करोड ८८ लाख ८० हजार रुपैयाँले बढी मुद्दति निक्षेप संकलन गरेको छ । फागुनमा ४ अर्ब १५ करोड ८९ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको प्रभुले चैतमा ४ अर्ब २१ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी, एक महिनाको अवधिमा सेञ्चुरी बैंकले ५ करोड ८८ लाख ८० हजार रुपैयाँ अर्थात् १.४२ प्रतिशतले मुद्दति निक्षेप बढाएको छ । फागुनमा ३ अर्ब ४३ करोड रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको सेञ्चुरीले चैतमा ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ संकलग गरेको छ ।

त्यस्तै, नेपाल बैंकले एक महिनाको अवधिमा ५ करोड ७ लाख ६४ हजार रुपैयाँ अर्थात् २.३२ प्रतिशतले मुद्दति निक्षेप बढाएको छ । बैंकले फागुनमा २ अर्ब १२ करोड ८८ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको थियो भने चैतमा २ अर्ब २३ करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी, सिभिल बैंकले एक महिनाको अवधिमा १.२८ प्रतिशत अर्थात् २ करोड ९९ लाख रुपैयाँले मुद्दति निक्षेप बढाएको छ । फागुनमा २ अर्ब ३४ करोड रुपैयाँ मुद्दति निक्षेप संकलन गरेको सिभिलले चैतमा २ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, नेपाल एसबिआइ बैंकले एक महिनाको अवधिमा ०.७७ प्रतिशत अर्थात् ४ करोड १५ लाख रुपैयाँले मुद्दति निक्षेप बढाएको छ भने एभरेष्ट बैंकले एक महिनाको अवधिमा ०.४७ प्रतिशत अर्थात् २ करोड ५८ लाख ३६ हजार रुपैयाँले मुद्दति निक्षेप बढाएको छ ।

त्यसैगरी, लक्ष्मी बैंकले ०.६१ प्रतिशत अर्थात् २ करोड ३५ लाख ५८ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ करोड ३० लाख ३३ हजार रुपैयाँ अर्थात् ०.९८ प्रतिशतले मुद्दति निक्षेप बढाएको छ ।

त्यस्तै, एनसीसी बैंकले ०.७४ प्रतिशत अर्थात् २ करोड १३ लाख ७३ हजार र सिटिजन्स बैंकले ०.४० अर्थात् १ करोड ७२ लाख २० हजार रुपैयाँले मुद्दति निक्षेप बढाएको छ ।

त्यसैगरी, नेपाल बंगलादेश बैंकले ०.५४ प्रतिशत अर्थात् १ करोड ५४ लाख ७२ हजार रुपैयाँले बढाएको छ भने हिमालयन बैंकले ०.२७ प्रतिशत अर्थात् १ करोड ३१ लाख २२ हजार रुपैयाँले बढाएको छ ।

फागुको तुलनामा चैतमा मुद्दति निक्षेप सबैभन्दा कम बढाउने बैंकमा ग्लोबल आइएमइ बैंक हो । ग्लोबलले फागुको भन्दा चैतमा ०.२ प्रतिशत अर्थात् ८ लाख ८५ हजार रुपैयाँ मात्रै मुद्दति निक्षेप बढाएको छ । ०७५ फागुनमा ग्लोबलले ५ अर्ब ७३ करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेप संकलन गरोकोमा चैतमा ५ अर्ब ७३ करोड ३० लाख ८५ हजार रुपैयाँ मात्रै मुद्दति निक्षेप संकलन गरेको छ ।

२८ वटा वाणिज्य बैंकहरुमध्ये १३ वटाको मुद्दति निक्षेप यो अवधिमा घटेको छ । सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टड बैंकको घटेको छ । फागुनको तुलनामा चैतमा यो बैंकको १३.५२ प्रतिशत अर्थात् २९ करोड ८० लाख ८० हजार रुपैयाँले घटेको हो ।

The Fixed Deposit LCY (Rs. Million)
 Growth(Mid March-Mid April 2019) 
Mid Mar 19 Mid April 19  Growth 
Bank  Volume  Volume  Volume % Rank
NIC 68849 74031      5,181.24 7.53% 1
Sanima 41180 42134         954.04 2.32% 2
Prabhu 41589 42178         588.80 1.42% 3
century 34300 34882         582.20 1.70% 4
NBL 21888 22396         507.64 2.32% 5
NSBI 53772 54188         415.43 0.77% 6
Civil 23404 23703         299.08 1.28% 7
EBL 55396 55654         258.36 0.47% 8
Laxmi 38519 38755         235.58 0.61% 9
RBB 23427 23657         230.33 0.98% 10
NCC 28918 29132         213.73 0.74% 11
Citizens 43528 43700         172.20 0.40% 12
NBB 28867 29022         154.72 0.54% 13
HBL 47845 47976         131.22 0.27% 14
Global 57322 57330             8.85 0.02% 15
Kumari 40925 40884         (40.60) -0.10% 16
MBL 45396 45336         (59.44) -0.13% 17
Mega 35882 35783         (99.75) -0.28% 18
ADBNL 63965 63824       (140.40) -0.22% 19
Prime 38771 38562       (209.91) -0.54% 20
NMB 47530 47265       (264.96) -0.56% 21
Janata 36768 36491       (277.15) -0.75% 22
SBL 51628 51245       (383.22) -0.74% 23
NIBL 65022 64490       (531.58) -0.82% 24
BOK 46974 46214       (760.11) -1.62% 25
Sunrise 41814 40987       (827.15) -1.98% 26
NABIL 61138 60283       (855.19) -1.40% 27
SCBNL 21886 18928    (2,958.60) -13.52% 28


पुष्प दुलाल