जेनजीको प्रदर्शनलाई काठमाडौं प्रशासनले दियो अनुमति

294
Shares

काठमाडौं । भ्रष्टाचारविरुद्ध भन्दै जेनजी पुस्ताले सोमबार माइतीघरमा आयोजना गर्न लागेको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति दिएको छ ।

स्वतन्त्र नेपाली युवाहरूले भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा आयोजना गर्न लागेको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निश्चित सर्तसहित अनुमति दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार निषेधित क्षेत्र नाघ्ने गरी गतिविधि नगर्ने र तोडफोड नगर्ने शर्तमा प्रदर्शन गर्न स्वीकृति दिइएको हो ।

आइतबार प्रमुख जिल्ला अधिकारीसहित बसेको सुरक्षा समितिको बैठकले सुरक्षा परिचालन बढाउने निर्णय समेत गरेको छ ।

कार्यक्रम संयोजक सबल गौतम र पुरुषोत्तम यादवले युवाहरू स्वतन्त्र रूपमा सहभागी हुने जनाउँदै शान्ति–सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।

उक्त प्रदर्शनलाई काठमाडौं महानगरका मेयर बालेन शाह लगायतले समर्थन जनाएका छन् ।