काठमाडौं । अर्थमन्त्री विष्णु पौडेले अध्यादेश कसरी निरंकुश ? भनेर प्रतिपक्षसँग प्रश्न गरेका छन् । प्रतिनिधिसभामा बोल्दै उनले संवैधानिक र कानून व्यवस्था अनुसार दुवै सदन नचल्दा अध्यादेश आउने भनाइ पनि संसदलाई सम्झाउँदै सरकारलाई केही काम गर्न आवश्यक भएकोले अध्यादेश आएको पनि उनले बताए ।
अर्थमन्त्री पौडेले संसदको दुवै अधिवेशन नचलेको हुँदा सरकारलाई केही काम गर्न आवश्यक भएको महसुस गरेर मन्त्रिपरिषदबाट स्वीकृत गरेर राष्ट्रपतिबाट अनुमोदन भएको बताए । उनले अध्यादेशको विषयमा नकारात्मक टिप्पणी नगर्न पनि संसदहरुलाई आग्रह गरे ।
अर्थमन्त्री पौडेलले संसद सदस्यले संसदको वैठकमा विचौलिया वा अन्य यस्तै शब्द प्रयोग गरेर आफूले शासन गर्दा जे गरेको त्यही स्मरण गरेको आरोप पनि लगाए । प्रतिपक्षीले ‘भूमाफिया’ भन्ने शब्द प्रयोग गरेपछि उनले प्रतिपक्षीले आफूले काम गर्दा जे गरेको छ त्यही बोलेको हुनसक्ने पनि अनुमान गरे ।
प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले अध्यादेश केही माफिया र भुमाफियालाई लाभ दिन ल्याइएको आरोप लगाएका थिए ।
‘भूमाफियाहरूको चाहनाअनुरूप किसानको जमिनको भूउपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र त्यसको परिवर्तन गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धाउनुपर्ने व्यवस्था लागु गर्न खोजिएको छ, प्रचण्डले भनेका थिए, ‘किसानहरूको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पु¥याउने वातावरण तयार गर्न खोजिएको छ ।’
आफूले नेतृत्व गरेको सरकारले यो आर्थिक वर्षमा पाँच लाख भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनको पूर्ण तयारीसहित बजेटको व्यवस्था गरेको भन्दै उनले अहिले तिनको व्यवस्थापनको बहाना बनाएर भूमाफियाका स्वार्थ पूरा गर्न अध्यादेश नै ल्याइएको आरोप लगाएका थिए ।
सत्ता कोशौं टाढा पुगेपछिको कुन्ठा प्रतिपक्षले पोखेको पनि उनले बताए । ‘ससद कुन्ठा व्यक्त गर्ने र फतुर आरोप लगाएको विषयमा पुष्टि गर्न नसके संसदकै रोस्टममा उभिएर माफी माग्नुपर्छ,’ उनले भने ।
उनले प्रधानमन्त्रीसमक्ष अनावश्यक लारोप लगाएकोले त्यसलाई पुष्टि गर्न नसक्ने र सदनबाटै माफी माग्नुपर्ने पनि बताए ।
तथ्यबिना जे पनि बोल्न नपाइने भन्दै प्रतिपक्ष लक्षित आक्रोशसमेत पोखे । उनले प्रतिपक्षले अर्थतन्त्रलाई भिरमै लगेर छोडेको र आफूले तानेर ट्रयाकमा ल्याएको पनि बताए । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पाहिलो ६ महिनामा बजेट खर्च नघटेको भन्दै उनले पुँजीगत खर्च ५६ अर्ब यो वर्ष खर्च भएको र गत वर्ष यस्तो खर्च ४९ अर्ब मात्रै भएको बताए ।
उनले प्रतिपक्षमाथि व्याङ्ग्य गर्दै भने, ‘५६ भन्दा ४९ करोड रुपैयाँ खर्च धेरै देखिँदो रहेछ, कुन विश्व विद्यालयमा पढेको ?’
उनले मूल्यवृद्धि समेत घटेको तथ्यांकलाई बढेको भनेर प्रतिपक्षले आरोप लगाएको पनि बताए । मन्त्री पौडेले थपे, ‘अघिल्लो वर्षको भुक्तानी म आएपछि दिएको हो, कसरी भएन भुक्तानी ?’
उनले रंगुन खोलामा टेण्डर गर्न पुग्ने बजेट विनियोजना नभएको विषयलाई समेत संसदमा प्रस्तुत गरेर थोरै बजेट राखेर किन धेरै हल्ला गरे भन्ने प्रश्न पूर्व अर्थमन्त्री वर्षमान पुनलाई सोधेका छन् । उनले अब यो खोलाको पुलसहित सबै पुल बनाउने काम यो सरकारले गर्ने पनि बताए ।
प्रतिक्रिया